अवरुद्ध मेलम्ची-पाँचपोखरी सडक सञ्चालनमा | Khabarhub Khabarhub

अवरुद्ध मेलम्ची-पाँचपोखरी सडक सञ्चालनमा


१७ भाद्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिन्धुपाल्चोक– पहिराका कारण विगत दुई हप्तादेखि अवरुद्ध मेलम्ची पाँचपोखरी सडक पुनः सञ्चालन भएको छ । मेलम्ची–९ राम्चे डाँडामा सडक भासिँदा सडक अवरुद्ध भएको थियो । जोखिम मोलेरै सर्वसाधारण यात्रा गर्न थालेपछि दुर्घटना हुनसक्ने जनाउँदै मेलम्ची नगरपालिकाले र पाँचपोखरी थाङ्पाल गाउँपालिकाले जोखिम मोलेर यात्रा नगर्न आग्रह गरेको थियो ।

 ठूला सवारी साधन बन्द गराएर नगरपालिकाले जाली भर्ने तथा मर्मतको कार्य गरेको नगरप्रमुख आइतमान तामाङले जानकारी दिए ।

आज बिहानबाट सडक पूर्णरुपमा सञ्चालनमा आएको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक उत्तमसिंह भण्डारीले जानकारी दिए ।  सडक बन्द हुँदा चाडपर्व मनाउन आउजाउ गर्नेलगायतलाई समस्या भएको थियो ।

प्रकाशित मिति : १७ भाद्र २०७९, शुक्रबार  १२ : ३४ बजे

मेलमा खाना तथा हस्तकला मेला

काठमाडौं – काठमाडौंको प्रमुख पर्यटकीय गन्तव्य ठमेल क्षेत्रको पर्यटन प्रवर्द्धनका

दश किलोमिटर टाढाबाट मान्म बजारमा खानेपानी

कालिकोट – कालिकोटको सदरमुकाम खाँडाचक्र नगरपालिका–१ को मान्म बजारमा खानेपानीको

प्लेअफमा पुग्न चेन्नईले पायो २१९ रनको लक्ष्य

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत रोयल च्यालेन्जर्स बैंगलोरू

टीओआरका संयोजक गिरी भन्छन् : कार्यदलमा कानूनका जानकार हुनुहुन्छ, न्यायोचित सुझाव दिन्छौँ

काठमाडौं– सत्ता पक्षका दल र प्रतिपक्षका दलबीच सहकारी प्रकरणबारे छानबिन

चोरीमा संलग्न रहेको अभियोगमा ६ जना पक्राउ

काठमाडौं – काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ललितपुर महानगरपालिका–२१