अवरुद्ध मेलम्ची-पाँचपोखरी सडक सञ्चालनमा « Khabarhub

अवरुद्ध मेलम्ची-पाँचपोखरी सडक सञ्चालनमा


१७ भाद्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिन्धुपाल्चोक– पहिराका कारण विगत दुई हप्तादेखि अवरुद्ध मेलम्ची पाँचपोखरी सडक पुनः सञ्चालन भएको छ । मेलम्ची–९ राम्चे डाँडामा सडक भासिँदा सडक अवरुद्ध भएको थियो । जोखिम मोलेरै सर्वसाधारण यात्रा गर्न थालेपछि दुर्घटना हुनसक्ने जनाउँदै मेलम्ची नगरपालिकाले र पाँचपोखरी थाङ्पाल गाउँपालिकाले जोखिम मोलेर यात्रा नगर्न आग्रह गरेको थियो ।

 ठूला सवारी साधन बन्द गराएर नगरपालिकाले जाली भर्ने तथा मर्मतको कार्य गरेको नगरप्रमुख आइतमान तामाङले जानकारी दिए ।

आज बिहानबाट सडक पूर्णरुपमा सञ्चालनमा आएको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक उत्तमसिंह भण्डारीले जानकारी दिए ।  सडक बन्द हुँदा चाडपर्व मनाउन आउजाउ गर्नेलगायतलाई समस्या भएको थियो ।

प्रकाशित मिति : १७ भाद्र २०७९, शुक्रबार  १२ : ३४ बजे

नेपाली बलरको घातक बलिङ: ७२ रनमै समेटियो कर्नाटक, नेपाल ११६ रनले विजयी

काठमाडौँ – उत्कृष्ट बलिङ प्रदर्शनको मद्दतले अभ्यास खेलमा नेपाली राष्ट्रिय

संसदका दुवै सदनको बैठक बस्दै : के छ कार्यसूची ?

काठमाडौँ – सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ ।

लगातार पहिरो खसेपछि टोखा–छहरे सडक बन्द

नुवाकोट – वर्षाका कारण सडकमा पहिरो र गेग्रान खस्ने क्रम

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमय

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल भदौ ३ गते बुधबार सन् २०२६