ढुक्क हुनुहोस्, आलमलाई उम्मेदवार बनाउँदैनौँ : महामन्त्री थापा   « Khabarhub

ढुक्क हुनुहोस्, आलमलाई उम्मेदवार बनाउँदैनौँ : महामन्त्री थापा  


१७ भाद्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कारागारमा रहेका कांग्रेस नेता अफताव आलमलाई प्रदेश सभा र प्रतिनिधि सभा चुनावमा सांसदको उम्मेदवार नबनाउने बताएका छन् ।

शुक्रबार लेखक रामलाल जोशीको आख्यान बाआमा लोकार्पण समारोहलाई सम्बोधन गर्दै थापाले कुनै ठाउँबाट आगामी चुनावका लागि आलम सिफारिस भए पनि कांग्रेसले उम्मेदवार नबनाउनेमा विश्वस्त रहन आग्रह गरेका हुन् ।

महामन्त्री थापाले आफूहरू पार्टीमा रहुन्जेल छाती ठोकेर मैले निर्णय गरेको हुँ भन्ने हैसियत नभएका कुराहरू पार्टीबाट नहुने दाबी गरे । उनले संविधानले वर्जित गरेको काम पार्टीबाट नहुने बताए ।

‘इँटाभट्टामा मान्छे जलाएको अभियोग लागेकालाई कांग्रेसले उम्मेदवार बनाउँदै छ, यसका बारेमा पनि हामीले कथा लेख्ने दिन आउँदैछ’ भन्ने साहित्यकार नयनराज पाण्डेको अभिव्यक्तिपछि महामन्त्री थापाले नैतिकताको कसीमा राख्दा मैले यो निर्णय गरेको हुँ भन्न नसक्ने निर्णय आफू आबद्ध हुँदासम्म पार्टीबाट नहुने बताएका हुन् ।

‘नायनराज दाईले गगन थापाको पार्टीले भन्नुभयो, उहाँ पनि यही पार्टीमा काम गर्नुभएको हो पहिला । संविधानले, विधानले वर्जित गरेको मात्र होइन, नैतिकताको कसीमा राखेर हेर्दा छाती ठोकेर मैले गरेको हो यो निर्णय, हामीले गरेको हो भनेर भन्न नसक्ने कुनै पनि निर्णय हामी भएको ठाउँबाट हाम्रो पार्टीले गर्दैन, यत्ति कुरा म तपाईंलाई आश्वस्त पार्दछु,’ उनले भने ।

प्रकाशित मिति : १७ भाद्र २०७९, शुक्रबार  ६ : ४२ बजे

परिवर्तनको मुद्दालाई पार्टीले अगाडि बढाएको छ : उपसभापति वाग्ले

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा स्वर्णीम

इलामको नयाँबजार आसपास केन्द्रविन्दु भएर भूकम्प

काठमाडौं – इलाम जिल्लाको माइजोगमाई गाउँपालिकास्थित नयाँबजार आसपास केन्द्रविन्दु भएर

सुनिल थापालाई सम्झिँदै प्रियंकाले भनिन् : सधैं मेरो कोच रहनुहुनेछ

काठमाडौं – बलिउड सुपरस्टार प्रियंकाले चोपरा नेपाली सिनेमाका अनुभवी कलाकार

पाँचौँ राष्ट्रिय स्की प्रतियोगिता सम्पन्न

मुस्ताङ– मुस्ताङमा आयोजित पाँचौँ राष्ट्रिय स्की प्रतियोगिता आज सम्पन्न भएको