आक्रमणकारीले चलाएको बन्दुकबाट गोली ननिस्केपछि अर्जेन्टिनी उपराष्ट्रपतिमाथिको हत्याप्रयास विफल « Khabarhub

आक्रमणकारीले चलाएको बन्दुकबाट गोली ननिस्केपछि अर्जेन्टिनी उपराष्ट्रपतिमाथिको हत्याप्रयास विफल


१७ भाद्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– ल्याटिन अमेरिकी मुलुक अर्जेन्टिनाकी उपराष्ट्रपति क्रिस्टिना फर्नान्डेज डे किर्चनरमाथिको हत्याप्रयास असफल भएको छ ।

बन्दुकधारीले प्रहार गर्न खोजेको बन्दुकबाट गोली ननिस्किएपछि उनमाथिको हत्याप्रयास विफल भएको हो ।

सामाजिक सञ्जालमा भाइरल एक भिडियोमा समर्थकहरुका साथ रहेकी उनको नजिकैबाट उनीमाथि कसैले बन्दुक तेस्र्याएजस्तो देखिन्छ ।
उनी अदालतबाट घर फर्कनेक्रममा घटना भएको बीबीसीले जनाएको छ ।

पूर्वराष्ट्रपति समेत रहेकी उनीमाथि भ्रष्टाचारको अभियोग लागेको छ । यद्यपि सन् २००७ देखि सन् २०१५ सम्म मुलुकको राष्ट्रपतिको रुपमा काम गरेकी उनले भ्रष्टाचारको आरोप अस्वीकार गर्दै आएकी छिन् ।

स्थानीय सञ्चारमाध्यमले जनाएअनुसार बन्दुकधारीलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ । बन्दुकधारी ३५ वर्षे ब्रजिलियन नागरिक रहेको बताइएको छ ।

प्रहरीले हत्याप्रयासको उद्देश्यबारे हालसम्म स्पष्ट नभइसकेको जनाएको छ ।

राष्ट्रपति अल्बेर्टो फर्नान्डेजले बन्दुकमा पाँच गोली लोड गरिएको र बन्दुकधारीले ट्रिगर दबाएपनि बन्दुकबाट गोली भने ननिस्किएको जनाएका छन् ।

प्रकाशित मिति : १७ भाद्र २०७९, शुक्रबार  ६ : ५७ बजे

६ पूर्वस्वास्थ्यमन्त्री चुनावी मैदानमा, कसले कहाँबाट दिए उम्मेदवारी ? 

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचन

आबे हत्या प्रकरणमा आजीवन सजाय

एजेन्सी – जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेको हत्या प्रकरणमा दोषी ठहर

काठमाडौं–४ उम्मेदवार सचिन तिमिल्सिनाले भेटे गगनलाई

काठमाडौं– आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं क्षेत्र नम्बर ४ बाट

परिष्कृत कांग्रेसमार्फत देश निर्माणमा प्रतिबद्धता छौँ : सभापति थापा 

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफूहरूले परिष्कृत राजनीति गरेको

प्रतिनिधिसभा निर्वाचन : भोजपुरबाट महिलाको शून्य उम्मेदवारी

टक्सार– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि