सरकारी अस्पतालमा उपचार गराउन आग्रह | Khabarhub Khabarhub

सरकारी अस्पतालमा उपचार गराउन आग्रह


१७ भाद्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काभ्रेपलाञ्चोक– स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भवानीप्रसाद खापुङले नागरिकलाई सरकारी अस्पतालमा उपचार गराउन आग्रह गरेका छन् । उनले जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकद्वारा आज धुलिखेलमा आयोजित ‘जिल्लाको स्वास्थ्य क्षेत्रको वर्तमान अवस्था र भावी कार्यदिशा’ विषयक एक दिवसीय अन्तरक्रिया कार्यक्रममा निजी अस्पतालमा गम्भीर प्रकृतिका रोगको उपचार गर्दा धेरै खर्च हुने अवस्थाबाट जोगिन सरकारी अस्पतालमा उपचार गर्न आग्रह गरेका हुन् । 

‘घातक रोग लागेका बिरामी निजी अस्पतालमा जाने पैसा, सम्पत्ति सबै सक्ने र पछि सरकारी खोज्ने गरेको धेरै पाइयो, यसो नगर्नुस् सुरुमै उपचार गर्न सरकारी अस्पताल जाने बानी बसाल्नु’, मन्त्री खापुङले भने । उनले आफूले निजी अस्पताललाई दुरुत्साहन नगरेको उल्लेख गर्दै सक्ने हैसियत भएका मात्रै निजी अस्पतालतिर उपचार गर्न जानसक्ने बताए । 

मन्त्री खापुङले सरकारले प्रत्येक वडामा स्वास्थ्य चौकी, प्रत्येक पालिकामा पाँचदेखि १५ शय्यासम्मको अस्पताल निर्माण भइरहेको र गम्भीर प्रकृतिका बिरामीलाई मासिक पाँच हजार दिइरहेको स्मरण गराए । उनले भने, ‘अब जिल्लालाई हरेक क्षेत्रमा नमूना बनाउने जिम्मा जिसस पदाधिकारी र स्थानीय जनप्रतिनिधि कै हो, स्वास्थ्य क्षेत्रमा सबै मिलेर वार्षिक कार्यक्रम निर्माण गरी काम लाग्नुहोस्, यसपछि नागरिकले सवल स्वास्थ्य सेवाको महसुस गर्नेछन् ।’

मन्त्री खापुङले फरक प्रसङ्गमा संघीयताको अभ्यास भइरहँदा केन्द्रको अधिकार गाउँमा लैजाने क्रममा जिल्लास्थित अस्पतालका चिकित्सक तथा कृषि वैज्ञानिकसमेतलाई स्थानीयस्तरमा लैजाने भन्ने जनाइएपनि सबै क्षेत्रमा त्यस्तो नभएको धारणा व्यक्त गरे । ‘स्थानीय तहमा भएका योग्य, सक्षम, विज्ञ जति जिल्लामा, जिल्लामा भएका प्रदेशमा, प्रदेशमा भएका केन्द्रमा जाँदा गाउँ खाली भएकै अवस्था हो, यस प्रवृत्तिलाई अब मिलाउनुपर्छ’, उनले भने । 

कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा रोशन पोखरेलले स्वास्थ्यका गतिविधिको अनुगमन स्थानीय जनप्रतिनिधिलेनै गर्नुपर्ने उल्लेख गर्दै स्वास्थ्यको बजेट स्थानीय तहमानै पठाउने प्रणालीका लागि छलफल भइरहेको बताए । धुलिखेल अस्पतालका कार्यकारी निर्देशक प्रा.डा. रामकण्ठ माकाजुले एक चिकित्सकले ४० हजार नागरिकलाई हेर्नुपर्ने अवस्थाबाट १० हजारसम्ममा ल्याइनु स्वास्थ्य क्षेत्रमा प्रगति भएको मान्नुपर्ने बताए । सो अवसरमा जिसस प्रमुख दीप गौतमले सबै क्षेत्र मिलेर नागरिकलाई स्वस्थ बनाउन वार्षिक कार्यक्रमसहित स्थानीयस्तरमा जाने बताए । 

प्रकाशित मिति : १७ भाद्र २०७९, शुक्रबार  ६ : ४९ बजे

पश्चिम नेपालमा भारी वर्षाको सम्भावना, सावधानी अपनाउन प्रधानमन्त्रीको आग्रह

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न जिल्लाहरूमा भारीदेखि अति

प्रधानमन्त्रीलाई सम्बोधन गर्दै समीक्षाले भनिन् : महेश बस्नेतले मेरो चरित्र हत्या गरे

काठमाडौं – गायिका समीक्षा अधिकारीले नेकपा(एमाले)का नेता महेश बस्नेतले आफ्नो

एक सातामा ८८ हजारभन्दा बढी अफगानी इरानबाट स्वदेश फिर्ता

काबुल – अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठन (आइओएम)लाई उद्धृत गर्दै खामा प्रेसले

मुलुकले जबजका सिद्धान्त पालना गरिरहेको छः महासचिव पोखरेल

गण्डकी – नेपाल कम्युनिष्ट पार्टी (एमाले) महासचिव शङ्कर पोखरेलले मुलुक

कमल थापाले भने : राजा फर्काउने आन्दोलन पुनः सुरु हुन्छ

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले