अर्थमन्त्री शर्माद्वारा सुक्खा क्षेत्रको स्थलगत अवलोकन « Khabarhub

 अर्थमन्त्री शर्माद्वारा सुक्खा क्षेत्रको स्थलगत अवलोकन


१७ भाद्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नेपालगन्ज– बाँकेको नरैनापुरस्थित सुख्खा क्षेत्रको अर्थमन्त्री जनार्दन शर्माले आज स्थलगत अवलोकन गरेका छन् । लामो खडेरीका कारण धान रोपाइँ गर्न नपाएका किसानको पीडा बुझ्न उनी नरैनापुर गाउँपालिका पुगेर वास्तविक अवस्थाको जानकारी लिएका छन् । विभिन्न वडाको अवलोकन गरेपछि मन्त्री शर्माले तत्काल गर्न सकिने र दीर्घकालीनरूपमा हल गर्न सकिने विषयमा आफूले प्रधानमन्त्री र मन्त्रीपरिषद्मा जानकारी गराएर निर्णय लिने बताए । 

आकाशे पानीको भरमा खेती गर्ने बाँकेको नरैनापुरका किसानले यसपालि परेको लामो खडेरीका कारण १५ प्रतिशत जमिनमा मात्र जसोतसो धान रोपाइँ गरेका थिए । अधिकांश खेत बाँझो हुँदा गरेको रोपाइँ पनि खेतमै सुक्दा किसान चिन्तित देखिएका छन । तीन हजार नौ सय ६६ हेक्टर जमिनमध्ये दुई सय ६० हेक्टरमा अस्थायी प्रकारको सिँचाइ सुविधा भए पनि लामो समयको सुक्खाका कारण जमिनमुनि पानीको सतह घट्दा बोरिङमा पनि पानी नआउँदा किसानले धान रोपाइँ गर्न पाएका थिएनन् । 

नरैनापुर गाउँपालिका अध्यक्ष इस्तियाक अहमद शाहले पालिकामा भोकमरी सुरु भइसकेको भन्दै तत्काल सरकारले विशेष प्याकेज ल्याएर नरैनापुरको समस्या समाधान गर्न आग्रह गरे । गाउँपालिकाले नरैनापुरलाई सुक्खा क्षेत्र घोषणा गरिसकेको छ । जिल्ला विपद् व्यवस्थापन समितिबाट नरैनापुरको समस्यालाई सम्बन्धित मन्त्रालयमा समाधान खोज्नेसमेत प्रयास भएको छ । 

प्रकाशित मिति : १७ भाद्र २०७९, शुक्रबार  ७ : ५१ बजे

दक्षिण अफ्रिकाको बारमा गोली हानाहान, १८ जनाको मृत्यु

एजेन्सी– दक्षिण अफ्रिकाको एउटा बारमा भएको सामूहिक गोलीबारीमा थप एक

दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

काठमाडौं- मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राखेर अनुसन्धान

पृथ्वी राजमार्ग अवरुद्ध हुँदा कलंकीदेखि बल्खुसम्म ट्रकको लाइन (तस्बिरहरू)

काठमाडौं– पृथ्वी राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ट्रकका लाइन लागेका छन्

अध्ययन बिदापछि सेवा नफर्कने त्रिविका शिक्षक-कर्मचारीबाट १६ करोड ५० लाख असुल

काठमाडौं– त्रिभुवन विश्वविद्यालयले अध्ययन बिदा लिएपछि विश्वविद्यालयको नियमानुसार सेवामा नफर्किएका

अमेरिकासँग तत्काल वार्ता गर्ने योजना छैन : इरानी मिडिया

तेहरान– संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन अमेरिका पुगेको इरानी प्रतिनिधिमण्डलले