हेटौंडाबाट ३०५ किलो गाँजा बरामद « Khabarhub

हेटौंडाबाट ३०५ किलो गाँजा बरामद


१७ भाद्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मकवानपुर – मकवानपुर प्रहरीले हेटौंडाको बुद्धचोकबाट ठूलो परिमाणमा गाँजा बरामद गरेको छ । प्रहरीले शुक्रवार हेटौंडा उपमहानगरपालिका- १० बुद्धचोकबाट ३०५ किलो गाँजा बरामद गरेको हो ।

थानाभर्‍याङबाट बुद्धचोक आउँदै गरेको ना८ख १७३८ नम्बरको टिपरबाट १२ बोरा अर्थात् तीन सय पाँच किलो गाँजा बरामद गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक (डीएसपी) टेकबहादुर कार्कीले जानकारी दिए । शङ्का लागेर जाँच गर्दा टिपरको पछाडि रातो त्रिपालले छोपेको अवस्थामा गाँजा बरामद भएको हो ।

टिपरका चालक (गाँजा ओसारपसारमा संलग्न) भने फरार रहेका छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ । बरामद गरिएको तीन क्विनटल गाँजा र टिपरलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ ।

प्रकाशित मिति : १७ भाद्र २०७९, शुक्रबार  ८ : १० बजे

प्रशिक्षकसँगको विवादपछि राष्ट्रिय टोलीमा रोनाल्डोको भविष्य अनिश्चित

काठमाडाैं – प्रशिक्षक जर्ज जेससले बिहीबार डेनमार्कविरुद्धको खेलमा पोर्चुगलका सुपरस्टार

कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशन : तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेस संस्थापन इतर समूहको १५औँ महाधिवेशनअन्तर्गत देशभर

बाँध भत्किएपछि जलेश्वर जलमग्न

महोत्तरी – बलवा नगरपालिकाको वन्चौरी र महोत्तरी गाउँपालिकाको गोरिगमा तथा

बंगलादेशमाथि इन्डोनेसियाको शानदार जित, बेकरले एक्लै गरे ५ गोल

काठमाडौं – इन्डोनेसियाले बंगलादेशमाथि फराकिलो जित निकाल्दै फिफा आसियान कप

दीपेन्द्रसिंह ऐरी आईएल टी–२० अक्सनमा अन्सोल्ड

काठमाडौं – नेपाली राष्ट्रिय टी–२० आई क्रिकेट टोलीका कप्तान दीपेन्द्रसिंह