अफगानिस्तान पठाइदिने भन्दै रकम ठगी गर्ने पक्राउ « Khabarhub

अफगानिस्तान पठाइदिने भन्दै रकम ठगी गर्ने पक्राउ


१७ भाद्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अफगानिस्तान पठाइदिने भन्दै ८ लाख ठगी गर्ने कार्यमा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले राप्ती प्लेसमेन्ट सर्भिसका रविन अधिकारीलाई पक्राउ गरेको हो ।

चितवन स्थायी घर भएका अधिकारी टीका विश्वकर्मालाई वर्किङ भिसामा अफगानिस्तान पठाइदिने भन्दै ८ लाख ठगेर फरार भएका थिए । उनले पीडितलाई अफगानिस्तान पुगेपछि १ लाख बढी तलब हुने भन्दै प्रभावमा पारेका थिए ।

पीडितको उजुरीपछि वैदेशिक रोजगार विभागले कार्यालयलाई पत्राचार गरेको आधारमा अभियुक्तलाई बिहीबार बसुन्धराबाट पक्राउ गरेको कार्यालयले जनाएको छ । अभियुक्तलाई कारबाहीका लागि विभागमा बुझाइएको पनि कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : १७ भाद्र २०७९, शुक्रबार  ८ : २३ बजे

प्रतिनिधिसभा निर्वाचनः नेमकिपाले ५९ जिल्लामा दियो उम्मेदवारी

भक्तपुर – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि

जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल

दाङ – नेकपा (एमाले) का महासचिव एवम् दाङ निर्वाचन क्षेत्र

तोलामा १० हजार चार सयले बढ्यो सुनको भाउ

काठमाडौं – स्थानीय बजारमा सुनको मूल्यमा भारी वृद्धि भएको छ

६ पूर्वअर्थमन्त्री चुनावी दौडमा

काठमाडौं – आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा

बैतडीमा हातहतियार बुझाउन स्थानीयप्रशासनको निर्देशन

बैतडी– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन शान्तिपूर्ण