पाकिस्तानको फराकिलो जित, हङकङ ३८ रनमा अल आउट | Khabarhub Khabarhub

पाकिस्तानको फराकिलो जित, हङकङ ३८ रनमा अल आउट


१७ भाद्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पाकिस्तान युएईमा जारी एसिया कप क्रिकेटको शीर्ष चारमा प्रवेश गरेको छ । सारजाह क्रिकेट मैदानमा शुक्रबार हङकङलाई १ सय ५५ रनको फराकिलो अन्तरले हराउँदै पाकिस्तान शीर्ष चारमा पुगेको हो ।

जितको लागि १ सय ९४ रनको विशाल विजयी लक्ष्य पछ्याएको हङकङ १०।४ ओभरमा ३८ रनमा अल आउट भयो । हङकङका कप्तान निजाकत खानले १३ बलमा १ चौकासहित सर्वाधिक ८ रन बनाए । किन्चित शाहले १० बलमा १ चौकासहित ६ रन बनाए ।

पाकिस्तानका लागि स्पिनर शादब खानले ४ विकेट लिए । मोहम्मद नवाज ३ तथा नसिम शाहले २ विकेट लिए ।
त्यसअघि पहिले ब्याटिङ गरेको पाकिस्तानले २० ओभर २ विकेट गुएर १ सय ९३ रन बनाएको थियो ।पाकिस्तानका ओपनर मोहम्मद रिजवानले ५७ बलमा ६ चौका र १ छक्कासहित सर्वाधिक ७८ रनमा अविजित रहे । खुशदील शाह १५ बलमा ५ छक्कासहित ३५ रनमा अविजित रहे ।

हङकङका एहसान खानले २ विकेट लिए । योसँगै टि२० एसिया कप २०२२ को सुपर फोरमा पुग्ने चार टोलीको निर्धारण लागेको छ ।
समूह ए बाट भारत दुबै खेलमा जितका साथ शीर्ष चारमा स्थान बनाएको छ । पाकिस्तान दोस्रो स्थानमा रहँदै शीर्ष चारमा पुगेको हो । समूह बी बाट अफगानिस्तान र श्रीलंका शीर्ष चारमा स्थान बनाएका छन् ।

प्रकाशित मिति : १७ भाद्र २०७९, शुक्रबार  १० : ५९ बजे

टाइब्रेकरमा चुक्यो नेपाल, उज्बेकिस्तान एसियन कपमा छनोट

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोली एएफसी महिला एसियन

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’