फुटबल खेल सकिएपछि भएको हिंसामा १२७ को मृत्यु, १८० जना घाइते « Khabarhub

फुटबल खेल सकिएपछि भएको हिंसामा १२७ को मृत्यु, १८० जना घाइते


१६ आश्विन २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इन्डोनेसियामा फुटबल खेल सकिएपछि भएको हिंसामा १२७ जनाको मृत्यु भएको छ। उक्त दुर्घटनामा १८० जना घाइते भएका छन्।

पर्सेबाया सुराबायासँग अरेमा एफसी पराजित भएपछि भएको हिंसामा १२७ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्।

खेलपछि हार्ने टोलीको समर्थक मैदानमा उत्रिएका थिए। उनीहरूलाई नियन्त्रणमा लिन प्रहरीले अश्रु ग्यास प्रहार गरेको थियो। जसका कारण निसास्सीएर धेरैको मृत्यु भएको प्रहरीलाई उदृत गर्दै बीबीसीको खबरमा उल्लेख छ।

मृत्यु हुनेमा दुई जना प्रहरी अधिकारी पनि रहेका छन्। इन्डोनेसियाको फुटबल एसोसिएसन (पिएसएसआई)ले घटनाको अनुसन्धान गर्ने बताएको छ। घटनापछि बीआरआई लिग एक हप्ताको लागि स्थगित भएको छ।

प्रकाशित मिति : १६ आश्विन २०७९, आइतबार  ७ : ०८ बजे

पहिरोले पोखरा-सिक्लेस सडक अवरुद्ध

पोखरा– पहिरोका कारण पोखरा-सिक्लेस सडक अवरुद्ध भएको छ। शुक्रबार रातिदेखिको

जीतपुर घटनाका दोषीलाई कारबाही गर्न अध्यक्ष घिसिङको माग

काठमाडौं- उज्यालो नेपाल पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री कुलमान घिसिङले बाराको

गरिमा चौधरीलाई न्याय माग गर्दै शान्तिवाटिकामा प्रदर्शन (तस्बिरहरू) 

काठमाडौं– बलात्कारपछि हत्या गरिएकी बाराकी तीन वर्षीया बालिका गरिमा चौधरीलाई

गरिमा प्रकरणमा दोषीलाई उम्कन नदिने गृहमन्त्रीको प्रतिबद्धता, प्रहरीमाथि पनि छानबिन

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले तीन वर्षीया गरिमा चौधरीमाथि भएको जघन्य अपराधमा

अवरुद्ध बेनी-जोमसोम सडक एकतर्फी सञ्चालनमा

मुस्ताङ- शुक्रबार रातिदेखि परेको वर्षासँगै लेदोसहितको पहिरो खसेर अवरुद्ध बनेको बेनी–जोमसोम