भारतको कानपुरमा ट्याक्टर पल्टिँदा २६ जनाको मृत्यु « Khabarhub

भारतको कानपुरमा ट्याक्टर पल्टिँदा २६ जनाको मृत्यु


१६ आश्विन २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारत उत्तर प्रदेशको कानपुर ट्याक्टर पल्टिँदा २६ जनाको मृत्यु भएको छ। कैयौँ घाइते भएका छन्।

ट्रयाक्टरको ट्रली घाटमपुर क्षेत्रमा पानी भरिएको खाल्डोमा खसेर दुर्घटना हुँदा २६ जनाको मृत्यु भएको भारतीय संचार माध्यामले जनाएका छन्।

कानपुरको जिल्ला मजिस्ट्रेट विशाख जी अय्यरले १४ जना महिला र बाँकी बालबालिकाको मृत्यु भएको जानकारी गराएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

समाचार संस्था पीटीआईका अनुसार ट्रयाक्टरमा ५० जना सवार थिए। ट्याक्टरमा सवार सबैजना फतेहपुरको चन्द्रीका देवी मन्दिरमा मुन्डन (कपाल खौरीने) कार्यक्रममा सामेल भएर घाटमपुर फर्किरहेका थिए।

घटनास्थलमै १२ जनाको र अरुको उपचारको लागि अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको प्रहरीले बताएको छ। प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले युद्धस्तरमा घटनास्थलमा उद्धार र राहतमा जोडिन निर्देशन दिइसकेका छन्।

राष्ट्रपति दोपद्री मुर्मुले घटना दुखद् भएको भन्दै घाइतेको शिघ्र स्वास्थ्य लाभको कामना गरेकी छन्। प्रधानमन्त्री मोदीले राष्ट्रिय राहत कोषबाट मृतकको परिवारलाई दुई लाख र घाइतेलाई ५० हजार आर्थिक सहयोगको घोषणा पनि गरेका छन्।

प्रकाशित मिति : १६ आश्विन २०७९, आइतबार  ७ : ५५ बजे

सत्तरी हजार गाईभैँसीलाई खोरेतविरुद्धको खोप

चितवन– यहाँका किसानले पालेका ७० हजार पशुचौपायालाई खोरेतविरुद्धको खोप लगाइएको

रास्वपाको प्रथम महाधिवेशनमा प्रधानमन्त्री शाह सहभागी हुने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आगामी असार ७ गतेदेखि

मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक हुँदै : १० बजे पत्रकार सम्मेलन

काठमाडौँ – सरकारले मन्त्रिपरिषद् बैठकका पछिल्ला निर्णयहरू शुक्रबार सार्वजनिक गर्ने

मेक्सिको विश्वकपको नकआउटमा

काठमाडौँ – सह-आयोजक मेक्सिको जारी विश्वकप फुटबलको नकआउट चरण (अन्तिम

सम्झौतापछि अमेरिकाले हटायो इरानमाथिको नौसैनिक नाकाबन्दी

काठमाडौं – अमेरिका र इरानबीच भएको नयाँ सम्झौतापछि अमेरिकाले इरानी