समानुपातिक बन्द सूची सच्चाउने आज अन्तिम दिन « Khabarhub

समानुपातिक बन्द सूची सच्चाउने आज अन्तिम दिन


१६ आश्विन २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि समानुपातिक बन्दसूचीमा भएको त्रुटि सच्याउन निर्वाचन आयोगले दलहरूलाई दिएको समायावधी आज सकिँदैछ।

मंसिर ४ को निर्वाचनका लागि आयोगले राजनीतिक दललाई बन्दसूचीमा देखिएको त्रुटि संशोधनका लागि ९ गतेदेखि आजसम्म अर्थात् मंसिर १६ सम्मको समयावधि दिएको थियो।

समानुपातिकतर्फ प्रतिनिधिसभाका लागि ४८ दलले बन्दसूची पेस गरेका थिए। जसअनुसार शनिबार नेकपा (एमाले), नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय जनमोर्चासहित ९ वटा राजनीतिक दलले शनिबार संशोधित बन्दसूची पेस गरेका छन्।

बाँकी रहेका १२ वटा दललाई बन्दसूचीमा भएको त्रुटि सच्याउन आइतबार आयोगमा बोलाइएको छ। प्रमुख दलसहित ३६ वटा दलले त्रुटि सच्याएर सूची बुझाइसकेका छन्।

दलले बन्दसूचीमा भएको त्रुटि सच्याएपछि बन्दसूचीमा नाम भएकालाई नाम फिर्ता लिन सोमबार तोकिएको छ।

प्रकाशित मिति : १६ आश्विन २०७९, आइतबार  ९ : ५४ बजे

नारेश्वर तालमा पानी जम्मा हुन सुरु

दमौली– नारेश्वर तालमा पानी जम्मा हुन थालेको छ । पुरिएको

आईजीपीलाई खगेन्द्रको चुनौती- मेरा कुराले मानमर्दन भएजस्तो लागे अदालतमा मुद्दा हाल्नू, कठघरामा उभिएर जवाफ दिन्छु

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले निश्चित

इरानका साझेदारलाई ट्रम्पको कडा चेतावनी

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई सहयोग गर्ने वा उससँग व्यापार

गौमुलमा १० शय्याको अस्पताल सञ्चालनमा, चिकित्सक अभाव मुख्य चुनौती

बाजुरा- बाजुराको गौमुल गाउँपालिकामा १० शय्याको आधारभूत अस्पताल सञ्चालनमा आएको छ।

कांग्रेस फुट्छ कि जुट्छ? ‘गगनजीहरूसँगै जवाफ छ’- रमेश लेखक

काठमाडौं- नेपाली कांग्रेसभित्रको विवाद चर्किरहेका बेला कांग्रेस संस्थापन इतर पक्षका