एनआरएनए कार्यकारी अध्यक्षमा रविना थापा  « Khabarhub

एनआरएनए कार्यकारी अध्यक्षमा रविना थापा 


१६ आश्विन २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

लन्डन– गैरआवासीय नेपाली संघ (एनआरएनए) को कार्यकारी अध्यक्षको भूमिकामा रविना थापा आएकी छन् । संघको गत मार्च महिनामा सम्पन्न १० औं महाधिवेशनको म्यान्डेट अनुरूप थापाले आइतबार देखि संघको कार्यकारी अध्यक्ष समालेकी हुन् । 

सो महाधिवेशनले बहुपदीय प्रणालीअनुरूप पहिलो ६ महिनाको कार्यकारी भूमिका कुल आचार्यलाई दिएको थियो । संघको शनिबार भर्चुअल माध्यमबाट सम्पन्न पदाधिकारी बैठक बोल्दै आचार्यले महाधिवेशनको म्यान्डेट अनुरूप आफूले थापालाई कार्यकारी पद हस्तान्तरण गरेको जानकारी दिएका थिए । 

बैठकमा बोल्दै कार्यकारी अध्यक्ष थापाले पछिल्लो ६ महिनामा आचार्यले संघको लागि गरेको योगदानको प्रशंसा गरेकी थिइन् । आचार्य अब सङ्घभित्र सेरोमोनियल अध्यक्षको रुपमा कायम रहने छन् भने ६ महिना पछि अर्का अध्यक्ष डा. बद्री केसीले कार्यकारी भूमिका निर्वाह गर्दै संघको अर्को वर्षको अक्टोबरमा हुने ११ औं महाधिवेशनमा औपचारिक रुपमा नेतृत्व हस्तान्तरण गर्ने छन् । 

 

प्रकाशित मिति : १६ आश्विन २०७९, आइतबार  ३ : ०२ बजे

परराष्ट्रमन्त्री खनाल र अष्ट्रेलियाकी गभर्नर–जनरल मोस्टिनबीच भेटवार्ता

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनाल र अष्ट्रेलियाका गभर्नर–जनरल साम मोस्टिनबीच भेटवार्ता

लागूऔषधसहित विभिन्न स्थानबाट ३१ जना पक्राउ

काठमाडौँ– नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागुऔषधसहित

‘इन्टरनेटको शुल्क बढेको छैन, बढी शुल्क लिए कारबाही हुन्छ’

काठमाडौँ– नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवाको शुल्क वृद्धि नभएको स्पष्ट

रुसबाट डिजेल आयात गर्ने ट्रम्पको घोषणा

काठमाडौँ– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसबाट ठूलो परिमाणमा डिजेल आयात

पहिरोले बीपी राजमार्ग अवरुद्ध

काभ्रे– काभ्रेको रोशी गाउँपालिका–९ पिन्थलीबेँसीमा लेदोसहितको पहिरो खसेपछि बीपी राजमार्ग