गायक तथा संगीतकार खत्री वैवाहिक जीवनमा बाँधिए « Khabarhub

गायक तथा संगीतकार खत्री वैवाहिक जीवनमा बाँधिए


१६ आश्विन २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


570
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गायक तथा संगीतकार कमल खत्री वैवाहिक जीवनमा बाँधिएका छन् । आइतबार बडादशैंको फूलपातीको दिनको अवसर पारेर गायिका मेलिना मैनालीसँग गायक खत्रीले विवाह गरेका हुन्  ।

दुवै तर्फका परिवारका सदस्यहरुको उपस्थितिमा सामान्य तरिकाले आफूहरुले विवाह गरेको कमलले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् । साथै विवाहमा लाग्ने खर्च गरिब तथा असहायलाई सहयोग गर्ने समेत नवविवाहित जोडीले घोषणा गरेका छन् ।

‘जीवनको हरेक उतारचढावमा सदैव एकअर्काको साथमा रहने वाचा गर्दै हामीले रीतिरिवाजअनुसार विवाह गरेका छौं । सबैमा विजया दशमीको शुभकामना,’ कमलले फेसबुकमा लेखेका छन् । उनले आफ्नो वैवाहिक कार्यक्रमको भिडियो समेत युट्युबमा सार्वजनिक गरेका छन् ।

कमल र मेलिनाले केही समयअघि इन्गेजमेन्ट गरेका थिए । उनीहरु केही वर्षदेखि प्रेम सम्बन्धमा थिए ।

प्रकाशित मिति : १६ आश्विन २०७९, आइतबार  ४ : ५६ बजे

चितवनमा भेटिएका शवको पहिचान भोलिदेखि

काठमाडौं । रसुवा बाढीमा बगेर बेपत्तामध्ये चितवनमा मात्र हालसम्म कुल

गोरखामा भेटिएका शवहरु पोखरा पठाइयो

काठमाडौँ । भोटेकोशीमा बुधबार गएको बाढीले बगाएर त्रिशूली नदीको गोरखातर्फको

जलविद्युत आयोजनाका ३३८ कर्मचारी सम्पर्कविहीन, २१२ जना उद्धारको पर्खाइमा

काठमाडौँ – रसुवा–त्रिशूली करिडोरमा आएको भीषण बाढीले कुल ६७५ मेगावाट

बाढीपहिरो प्रभावितको राहतका लागि राष्ट्रसेवक कर्मचारीले २ देखि १० दिनसम्मको तलब सहयोग गर्ने

काठमाडौँ- सरकारी कर्मचारीको मासिक तलबको निश्चित रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार