ज्येष्ठ नागरिकको स्वास्थ्य बीमा अभियान सञ्चालन « Khabarhub

ज्येष्ठ नागरिकको स्वास्थ्य बीमा अभियान सञ्चालन


१६ आश्विन २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काभ्रेपलाञ्चोक– यहाँको रोशी गाउँपालिकाले आफ्नो क्षेत्रभित्र रहेका तीन हजार सात सय ज्येष्ठ नागरिकको बीमा गर्न अभियान सञ्चालन गरेको छ । निःशुल्क ज्येष्ठ नागरिकको स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत गाउँपालिकाको बाह्रैवडामा अभिकर्तासमेत परिचालन गरिएको छ । गाउँपालिकाले प्रत्येक वडामा एक अभिकर्ता परिचालन गरी कार्यक्रम सुरु गरेको हो । हाल जनगणना, २०७८ को प्रारम्भिक तथ्यांकमा सूचीकृत भएका गाउँपालिकाको तीन हजार सात सय ज्येष्ठ नागरिकलाई कार्यक्रममा समेटिने जनाइएको छ ।

‘ज्येष्ठ नागरिकका लागि निःशुल्क स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गरेका छौँ, सबै वडाका तीन हजार सात सयको बीमा गर्ने योजना बनाएका हौँ’, गाउँपालिकाका प्रमुख दिनेश लामाले भने । लामाका अनुसार गाउँपालिकाको ६० वर्षमाथि उमेर समूहका वृद्धवृद्धाको निःशुल्क बीमा गर्न थालिएको हो । लामाले भने, ‘चुनावमा गरिएको प्रतिबद्धताअनुसार नै वृद्धवृद्धाको निःशुल्क बीमा कार्यक्रम सञ्चालन गरेका हौँ ।’ बीमा कार्यक्रमअन्तर्गत एक ज्येष्ठ नागरिकको स्वास्थ्य बीमा गर्दा परिवारका चार जनाको बीमा हुने अभिकर्ता चेतबहादुर लामाले जानकारी दिए । उनका अनुसार घरघरमै पुगेर गाउँपालिकाको अभिकर्ताले ज्येष्ठ नागरिकको स्वास्थ्य बीमा गर्नेछन् ।

तीन हजार सात सय ज्येष्ठ नागरिकको बीमा गर्दा १८ हजार पाँच सय स्थानीयवासीको बीमा हुने जनाइएको छ । स्वास्थ्य बीमा गर्दा स्वास्थ्य उपचारमा पर्ने आर्थिक भारलाई न्यूनीकरण गर्न यस कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ । कार्यक्रमअन्तर्गत आकस्मिक सेवा, बहिरङ, अन्तरङ, एचआइभी, हेपटाइटिस, कुष्ठरोग, क्यान्सरलगायत स्वास्थ्य क्षेत्रमा पर्ने असर र त्यसको आर्थिक भार न्यूनीकरण गर्न स्वास्थ्य बीमा कार्यक्रम प्रभावकारी देखिएको छ ।

रोशी गाउँपालिकमा छ हजार ३९ परिवारमा २३ हजार पाँच सय ५१ जना रहेका छन् । निःशुल्क बीमा कार्यक्रमले ज्येष्ठ नागरिकसहित गाउँपालिकाको कूल जनसङ्ख्याको ७८ दशमलव ५५ प्रतिशतलाई समेट्नेछ । यसअघि गाउँपालिकाले गम्भीर प्रकृतिका बिरामीलाई मासिक पाँच हजार दिने निर्णय गरी प्रदान गर्दै आएको छ । बिरामीलाई औषधोपचारमा सहयोग होस् भन्ने उद्देश्यले गम्भीर प्रकृतिअन्तर्गत मिर्गौला प्रत्यारोपण गराएका, डायलाइसिस गराइरहेका मिर्गौला रोगी, विभिन्न क्यान्सर तथा मेरुदण्ड पक्षघातका प्रत्येक बिरामीलाई मासिक रु पाँच हजार उपलब्ध गराउन थालेको हो । 

प्रकाशित मिति : १६ आश्विन २०७९, आइतबार  ५ : ५८ बजे

दाउन्नेमा पाँचवटा सवारीसाधन एकापसमा ठोक्किँदा आठ जना घाइते

नवलपरासी– पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को दाउन्नेमा पाँचवटा सवारीसाधन एकापसमा

शुक्ला–लालझाडी–जोगबुडा कम्प्लेक्समा बाघ गणना सुरु

कञ्चनपुर– कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जअन्तर्गत शुक्लाफाँटा–लालझाडी–जोगबुढा कम्प्लेक्समा मङ्गलबारदेखि बाघको गणना

दुई फर्ममाथि विभागको जरिवाना

काठमाडौँ– नियमित रुपमा बजार अनुगमन गर्दै आएको वाणिज्य, आपूर्ति तथा

पर्वतमा अफ्रिकन स्वाइन फ्लुबाट ४६ बङ्गुर मरे

पर्वत– पर्वतका विभिन्न पालिकामा व्यावसायिक रुपमा पालिएका बङ्गुरमा अफ्रिकन स्वाइनको

अन्तर्राष्ट्रिय बौद्धिक विमर्शमा सहभागी हुन आज दिल्ली जाँदै बाबुराम

काठमाडौँ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई भारतको नयाँ दिल्लीमा आयोजना