जुम्लामा स्वास्थ्य शिविरबाट एक हजारभन्दा बढी लाभान्वित « Khabarhub

जुम्लामा स्वास्थ्य शिविरबाट एक हजारभन्दा बढी लाभान्वित


२० कार्तिक २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

जुम्ला – जुम्लामा सञ्चालन गरिएको नाक, कान तथा घाँटी (इएनटी) सम्बन्धी विशेषज्ञ स्वास्थ्य शिविरबाट एक हजार ३७ जना लाभान्वित भएका छन्।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र रिड्स नेपालको सहकार्यमा कात्तिक १२ गतेदेखि सञ्चालित शिविर बिहीबार सम्पन्न भएको हो।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक विनम्र विष्टका अनुसार शिविरमा स्वास्थ्य परीक्षण गराएका बिरामीमध्ये ४३ जनाको शल्यक्रिया गरिएको छ।

शिविरले प्रतिष्ठानको शल्यचिकित्सा सेवा सञ्चालन गर्ने क्षमता अभिवृद्धि गर्न सहयोग पुगेको निर्देशक विष्टले बताए। उनले आगामी दिनमा पनि विशेषज्ञ स्वास्थ्य शिविर सञ्चालन गर्ने योजना रहेको जानकारी दिए।

प्रतिष्ठानका रजिष्ट्रार प्रकाशचन्द खत्रीले भौगोलिक विकटताका कारण विशेषज्ञ स्वास्थ्य सेवाबाट वञ्चित हुँदै आएका कर्णालीका नागरिकले आफ्नै क्षेत्रमा शल्यचिकित्सासहितको सेवा पाउनु महत्त्वपूर्ण उपलब्धि भएको बताए।

दुर्गम क्षेत्रका नागरिकलाई विशेषज्ञ स्वास्थ्य सेवा सहज रूपमा उपलब्ध गराउने उद्देश्यले शिविर सञ्चालन गरिएको प्रतिष्ठानले जनाएको छ।

प्रकाशित मिति : २० कार्तिक २०८३, शुक्रबार  ९ : ०६ बजे

काठमाडौँको वायु प्रदूषण अस्वस्थकर, आइतबारसम्म सुधार नहुने

काठमाडौँ – काठमाडौं उपत्यकामा वायु प्रदूषणको स्तर बढ्दै गएको छ।

कृष्णनगरका २६१ परिवारले पाए लालपुर्जा

कपिलवस्तु– कपिलवस्तुको कृष्णनगर नगरपालिकाका २६१ परिवारले लामो समयदेखि भोगचलन गर्दै

जुम्लामा स्वास्थ्य शिविरबाट एक हजारभन्दा बढी लाभान्वित

जुम्ला – जुम्लामा सञ्चालन गरिएको नाक, कान तथा घाँटी (इएनटी)

हुम्लामा ४.२ म्याग्निच्युडको भूकम्प, थेहे आसपास केन्द्रबिन्दु

काठमाडौँ – हुम्लामा शुक्रबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प

यस्तो छ प्रहरीको चाडपर्वलक्षित विशेष सुरक्षा योजना

काठमाडौँ– नेपालीको महत्त्वपूर्ण पर्व तिहार, नेपाल संवत् तथा छठपर्वलाई लक्षित