गोरखा दरबारमा साँझको शुभसाइतमा फूलपाती भित्र्याइयो « Khabarhub

गोरखा दरबारमा साँझको शुभसाइतमा फूलपाती भित्र्याइयो


१६ आश्विन २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


585
Shares
  • change font
  • change font
  • change font

गोरखा – गोरखा दरबारको दसैँघरमा आज साँझको शुभसाइतमा फूलपाती भित्र्याइएको छ । दिउँसो करिब ४ बजे गोरखा दरबारदेखि निस्किएको लावा लस्करको टोलीले साँझको शुभसाइतमा फूलपाती चौताराबाट बाजागाजासहित गोरखा दरबारमा फूलपाती पु¥याएर भित्र्याएको गोरखा दरबार हेरचाह अड्डाका प्रमुख हरिप्रसाद भुसालले जानकारी दिए।

दरबारको दसैँघरमा विधिपूर्वक पूजाअर्चना गरी सुसारेहरुले साँझ दरबारमा फूलपाती भित्र्याइएको उनले बताए । गए राति जङ्गलबाट ल्याएको दारिक, बेलको पात, उखुको बोट, केराको पात, अदुवाको बोट र मौसमी फूलहरुलाई फूलपातीका रूपमा दरबार भित्र्याइएको प्रमुख भुसालले जानकारी दिए । गोरखा दरबारका सुसारेहरुले जङ्गलबाट जम्मा गरेर ल्याएको फूलपाती लिन दसैँघरदेखि हर्ष बढाइँका साथ दरबार हेरचाह अड्डाका कर्मचारी, नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायतको लावालस्करहरु शतिपीपल डाँडामा पुगेका थिए ।

फूलपाती भित्र्याउनुपूर्व गोरखा दरबारदेखि मङ्गलिनीहरुले मङ्गल गीत र मालश्री राग गाउँदै, बन्दुकेहरु हर्ष बढाइँ गर्दै र भार बोक्ने भारवाहकहरु फूलपानी पर्सने सिँढीसम्म आइपुगेका थिए । गोरखा दरबारको सिँढीमा विशेष पूजा गरेर गोरखा दरबारमा फूलपाती भित्र्याउने प्रचलन रहँदै आएको छ ।

गोरखा दरबारमा हरेक वर्ष भने दरबारबाट पश्चिम क्षेत्रमा देखिने डाँडामा आधा घाम तल र आधा घाम माथि देखिने समयमा दरबारको दसैँ घरमा फूलपाती भित्र्याउने प्रचलन रहँदै आएको छ । आज बिहान ७ः३० बजेको शुभसाइतमा गोरखा दरबारको दसँै घरबाट काठमाडौँको हनुमानढोका दसैँ घरमा बिहानको साइतमा फूलपाती पठाइएको थियो ।

प्रकाशित मिति : १६ आश्विन २०७९, आइतबार  ८ : ४८ बजे

प्रधानसेनापति शर्माद्वारा कृष्णदेव भट्टलाई उपरथीको दर्ज्यानी चिह्न प्रदान

काठमाडौँ- प्रधानसेनापति प्रभुराम शर्माले सहायक रथीबाट बढुवा भएका कृष्णदेव भट्टलाई

एमालेका चार नेताको जिम्मेवारी हेरफेर

काठमाडौँ- नेकपा एमालेको बिहीबार बसेको केन्द्रीय सचिवालय बैठकले चार नेताको

विश्वासको मत प्राप्त गर्न असफल भएपछि सुदूरपश्चिमका मुख्यमन्त्री रावल पदमुक्त

काठमाडौँ- सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले प्रदेशसभाबाट विश्वासको मत प्राप्त

रोजगारी र उत्पादनसँग जोडिने गरी शैक्षिक कार्यक्रम आवश्यक : डा. भट्टराई

काठमाडौँ- पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले जीवनउपयोगी, रोजगारमूलक र गुणस्तरीय शिक्षा

उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक शुक्रबार बिहान बस्ने

काठमाडौँ- सत्तारुढ उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक शुक्रबार बिहान बस्ने भएको