सहरमा पिङ र चङ्गा देख्नै मुस्किल « Khabarhub

सहरमा पिङ र चङ्गा देख्नै मुस्किल


१६ आश्विन २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सात/आठ वर्षअघिसम्म महेन्द्रनगरस्थित पूर्व–पश्चिम राजमार्ग छेउमा जताततै पिङ देखिन्थे । महेन्द्रनगर बजार क्षेत्रमा आकासमा उडिरहेका रङ्गीबिरङ्गी चङ्गाहरु देख्न पाइन्थ्यो । तर अहिले सहरमा पिङ र चङ्गा उडाएको बिरलै देखिन्छ ।

उतिबेला महेन्द्रनगरस्थित खुला मञ्च, गोबरियास्थित निङ्लाशैनी मन्दिर र पूर्व पश्चिम राजमार्ग छेउ झलारी, वनसमिति र दैजीमा पिङ खेल्ने र चङ्गा उडाउनेहरुको भीड देखिन्थ्यो ।

दसैँको घटस्थापनासँगै गाउँगाउँमा पिङ बनाउने र चङ्गा उडाउने प्रतिस्पर्धा हुने गर्दथ्यो । यसले समाजमा रमाइलोसँगसँगै सद्भावसमेत कायम थियो । तर अहिले महेन्द्रनगर सदरमुकामका गाउँमा मात्र होइन, जिल्लाका कुनै पनि गाउँ बस्तीमा पिङ र चङ्गा उडाइरहेको पाइँदैन । पहिलाको जस्तो अहिले दसैँका बेला पिङ हाल्ने र चङ्गा उडाउनेको सङ्ख्या न्यून रहेको कञ्चन समाजका अध्यक्ष धर्मराज जोशीले बताए ।

‘चार/पाँच वर्षअघिसम्म हामीले पनि पिङ हाल्थ्यौँ, यो केही वर्ष बीचमा रोकियो’, उनले भने , ‘अहिले त बच्चाहरुले समेत पिङ कस्तो हुन्छ खेल्न पाए हुन्थ्यो भन्न थालेपछि यस वर्ष हामीले पिङ हालेका छौँ ।’ उनले अहिलेको पुस्ताले पिङका बारेमा समेत जानकारी नहुने भएपछि कञ्चन समाज र भीमदत्त नगरपालिका–६ को सहयोग महेन्द्रनगरस्थित पूर्व पश्चिम राजमार्ग छेउमै पिङ हालेको बताए ।

उतिबेला महेन्द्रनगर बजारमै पनि धेरै ठाउँमा पिङ खेल्नेको घुइँचो हुने गरेको यहाँका स्थानीयवासी धीरज जोशीले बताए । ‘हामी आफैँ पनि पिङ खेल्न दुईरतीन ठाउँमा पुग्थ्यौँ’, उनले भने , ‘अहिले त बिरलै देखिन्छ, उतिबेला चङ्गा उडाउन निकै रमाइलो हुन्थ्यो ।’

दसैँको बेला गाउँमा चङ्गा उडाएको, मौलिक स्थानीय गीतसङ्गीत र बाजाहरुको आवाज घन्किएको र पिङ मच्चिएको देखिन छोडेपछि दसैँतिहारलगायतका पर्वहरुको रौनक घट्दै गएको यहाँका स्थानीयवासी बताउँछन् ।

पछिल्लो समय आधुनिकतासँगै चाडपर्वहरु पनि मनाउने चलन फेरिँदै गएको पाका पुस्ता बताउँछन् । अघिल्लो पुस्ताका मानिसहरुका चलन र परम्परालाई नयाँ पुस्ताका युवाहरुले निरन्तरता नदिँदा मौलिक चलनहरु ओझेल पर्दै आएको छ । पाका पुस्ताले पनि अहिलेका नयाँ पुस्तालाई पुराना परम्पराहरु हस्तान्तरण गर्न नसक्नु दुःखद पक्ष रहेको सामाजिक अगुवाहरु बताउँछन् ।

प्रकाशित मिति : १६ आश्विन २०७९, आइतबार  ९ : ०९ बजे

मौद्रिक नीतिले उच्च आर्थिक वृद्धि र स्थायित्वबीच सन्तुलन कायम गर्नुपर्छ : कार्यवाहक गभर्नर पण्डित

काठमाडौं- नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर तथा कार्यवाहक गभर्नर किरण

गुणस्तरहीन खाना बेच्ने होटल–रेस्टुरेन्टलाई गृह मन्त्रालयले हदैसम्मको कारबाही गर्ने

काठमाडौं- मुलुकमा सञ्चालित कतिपय होटल तथा रेस्टुरेन्टहरूमा खानाको गुणस्तर र

मौद्रिक नीतिले ब्याजदरभन्दा संरचनात्मक सुधारमा जोड दिनुपर्छ : बैंकिङ विज्ञ भट्टराई

काठमाडौं– बैंकिङ प्रणालीमा पर्याप्त तरलता, न्यून ब्याजदर र ऋण प्रवाह

वीर अस्पताल र ट्रमा सेन्टरमा सुलभ फार्मेसी सञ्चालन

काठमाडौं- स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताको निर्देशनपछि वीर अस्पताल