पाकिस्तानका पूर्वप्रधानमन्त्री खानविरुद्ध पक्राउ पूर्जी जारी | Khabarhub Khabarhub

पाकिस्तानका पूर्वप्रधानमन्त्री खानविरुद्ध पक्राउ पूर्जी जारी


१६ आश्विन २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानविरुद्ध पक्राउ पूर्जी जारी भएको छ । इस्लामावादको एक स्थानीय अदालतले महिला न्यायाधीश जेबा चौधरीलाई धम्की दिएको आरोपमा पूर्वप्रधानमन्त्री खानविरुद्ध पक्राउ पूर्जी जारी गरिएको हो ।

पूर्वप्रधानमन्त्री खानलाई गत अगस्त २० मा आयोजित एक ¥यालीलाई सम्बोधन गर्ने क्रममा प्रहरी प्रमुख र महिला न्यायाधीशलाई ‘धम्की’ दिएको आरोप लगाइउँदै उजुरी दर्ता गरिएको थियो ।

आफ्ना एक सहयोगीलाई गैरकानूनी तरिकाले पक्राउ गरी कारबाही गरिएकोप्रति खानले सार्वजनिक कार्यक्रममार्फत आक्रोश पोख्नुभएको थियो ।

सोही मुद्दामा उहाँविरुद्ध प्रतिआतङ्कवाद कानून अन्तर्गत पक्राउ गर्न माग गर्दै उजुरी गरिएको थियो ।तर उक्त मुद्दाको सुनुवाईका क्रममा अदालतले भने आतंकवाद विरोधी प्रावधान हटाएको थियो ।

प्रकाशित मिति : १६ आश्विन २०७९, आइतबार  १० : १७ बजे

मोहन वैद्य र सन्तबहादुरबीच पार्टी एकता गर्ने सहमति

काठमाडौं– मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल र सन्तबहादुर

मोदी र गान्धीलाई आचारसंहिता उल्लङ्घन गरेको आरोपमा नोटिस जारी

काठमाडौं– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र कांग्रेस नेता राहुल गान्धीको

‘मनसरा’ नौलो अभ्यास : फिल्म प्रचार गर्न कविता कन्सर्ट

काठमाडौं– ‘मनसरा’ टिमले कविता कन्सर्टमार्फत चलचित्रको प्रचार गर्दै आएको छ

ललितपुरमा एन्फा अन्तरकलेज फुटसल हुने

काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा हुने बैशाख

तातो हावाले नेपालगञ्जको जनजीवन प्रभावित

खजुरा– चर्को गर्मी र तातो हावा ‘लु’ का कारण बाँके