च्याम्पियन्स लिग फुटबल : बार्सिलोनाको सान्त्वना जित « Khabarhub

च्याम्पियन्स लिग फुटबल : बार्सिलोनाको सान्त्वना जित


१६ कार्तिक २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – समूह चरणबाट बाहिरिसकेको बार्सिलोनाले च्याम्पियन्स लिग फुटबल अन्तर्गत समूह सी को अन्तिम खेलमा भिक्टोरियालाई ४-२ अन्तरले पराजित गरेको छ।

भ्रमणमा रहेको टोली बार्सिलोनाले अन्तिम खेलमा सान्त्वना जितसहित च्याम्पियन्स लिगको सिजन टुंगाएको हो। बार्सिलोनाको जितमा फेरान टोरेसले दुई गोल गरे। यस्तै, मार्कोस एलोन्सो र पाब्लो टोरेले एक एक गोल गरे।

भिक्टोरियाको लागि टोमसले दुई गोल गरे। मंगलबार राति नै भएको समूहको अर्को खेलमा बायर्न म्युनिखले इन्टर मिलानलाई २–० अन्तरले पराजित गर्‍यो। समूह सी मा बायर्न अपराजित रहँदा ६ खेलबाट १८ अंक जोड्दै शीर्षस्थानमा रह्यो। पराजित इन्टर समान खेलबाट १० अंक सहित दोस्रो स्थानमा रहेर अन्तिम १६ मा स्थान बनायो।

यस समूहबाट ७ अंक जोडेका बार्सिलोना र बिना अंकको भिक्टोरिया पुछारमा रहँदै समूह चरणबाट माथि बढ्न सकेनन्।

प्रकाशित मिति : १६ कार्तिक २०७९, बुधबार  ९ : ३८ बजे

देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा दुई जनाको मृत्यु

दाङ – देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा भएको दुर्घटनामा

भिरबाट खसेर एक जनाको मृत्यु

लमजुङ – लमजुङको मर्स्याङ्दी गाउँपालिका-६ नाइचेमा निर्माणाधीन ४० दशमलव २७

रास्वपाले सबै जिल्लामा खटायो केन्द्रीय सदस्य र सांसद, को कहाँ ? (सूचीसहित)

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) देशका ७७ वटै जिल्लामा

सशस्त्रका एआईजी दाहाल निलम्बित

काठमाडौँ । सशस्त्र प्रहरी बलका अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) वंशीराज

किरणकिशोर घिमिरेद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

काठमाडौं । नेपाली कांग्रेसको खुला केन्द्रीय सदस्यमा नेता किरणकिशोर घिमिरेले