लागूऔषधसहित पाँच जना पक्राउ   « Khabarhub

लागूऔषधसहित पाँच जना पक्राउ  


१६ कार्तिक २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कास्की, कैलाली र बाँकेबाट अवैध लागूऔषधसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । 

कास्कीको पोखरा महानगरपालिका-३० पावरहाउस चोकबाट अवैध लागूऔषध गाँजा ५ केजी सहित सोही महानगरपालिका-१५ घलेचोक बस्ने १९ वर्षीय सलिन खानलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय गगनगौडाबाट खटिएको प्रहरीले नारायणगढबाट पोखरातर्फ आउँदै गरेको ग.२ ख २४६ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार खानलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । 

बाँकेको डुडुवा गाउँपालिका-५ बाट ६ सय मिलिग्राम  ब्राउनसुगरसहित सोही गाउँपालिका-४ खाले मसाह बस्ने ३६ वर्षीय जगदिश कुमार वर्मा समेत २ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।  इलाका प्रहरी कार्यालय कम्दीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।    

कैलालीको धनगढी उपमहानगरपालिका-२ त्रीनगर व्यारेल नजिकबाट ५ सय ५० मिलिग्राम ब्राउनसुगरसहित गोदावरी नगरपालिका-५ बस्ने ३० वर्षीय कृष्ण सुनार समेत २ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको  हो ।    

प्रकाशित मिति : १६ कार्तिक २०७९, बुधबार  ११ : ५५ बजे

पूर्वप्रधानमन्त्री हसिनाको सम्बोधनलाई लिएर बङ्गलादेशद्वारा भारतको आलोचना

काठमाडाैं – बङ्गलादेशले आइतबार भारतले पूर्वप्रधानमन्त्री शेख हसिनालाई नयाँ दिल्लीमा

बीबीसी ‘भ्वाइस अफ इन्डिया’ का संस्थापक मार्क टुलीको निधन

नयाँ दिल्ली – ‘भ्वाइस अफ इन्डिया’ भनेर लाखौँले चिन्ने दक्षिण

‘फेक रेस्क्यू’को नक्कली कागजात बनाएर करोडौँ ठगी, ६ जना पक्राउ

काठमाडौं – नेपाल प्रहरीले ‘फेक रेस्क्यू’ गरी नक्कली कारोबार गर्ने

देउवाको निर्णय गगनले कार्यान्वयन गर्दा राष्ट्रिय सभामा पहिलो दल बन्यो कांग्रेस

काठमाडौं– राष्ट्रियसभाको रिक्त १९ मध्ये १८ सिटका लागि आइतबार आएको