लागूऔषधसहित पाँच जना पक्राउ   « Khabarhub

लागूऔषधसहित पाँच जना पक्राउ  


१६ कार्तिक २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कास्की, कैलाली र बाँकेबाट अवैध लागूऔषधसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । 

कास्कीको पोखरा महानगरपालिका-३० पावरहाउस चोकबाट अवैध लागूऔषध गाँजा ५ केजी सहित सोही महानगरपालिका-१५ घलेचोक बस्ने १९ वर्षीय सलिन खानलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय गगनगौडाबाट खटिएको प्रहरीले नारायणगढबाट पोखरातर्फ आउँदै गरेको ग.२ ख २४६ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार खानलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । 

बाँकेको डुडुवा गाउँपालिका-५ बाट ६ सय मिलिग्राम  ब्राउनसुगरसहित सोही गाउँपालिका-४ खाले मसाह बस्ने ३६ वर्षीय जगदिश कुमार वर्मा समेत २ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।  इलाका प्रहरी कार्यालय कम्दीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।    

कैलालीको धनगढी उपमहानगरपालिका-२ त्रीनगर व्यारेल नजिकबाट ५ सय ५० मिलिग्राम ब्राउनसुगरसहित गोदावरी नगरपालिका-५ बस्ने ३० वर्षीय कृष्ण सुनार समेत २ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको  हो ।    

प्रकाशित मिति : १६ कार्तिक २०७९, बुधबार  ११ : ५५ बजे

यात्रुवाहकको १६.७१ प्रतिशत, मालवाहकको २१.६८ प्रतिशतसम्म बढ्यो भाडा

काठमाडौं– सरकारले सार्वजनिक यातायात तथा ढुवानी साधानको भाडा वृद्धि गर्ने

देउवा-ओलीविरुद्ध सरकारको एक्सन, अपराधिक र आर्थिक मुद्दाका दोषीमाथि निगरानी बढाइँदै

काठमाडौं– जेन-जी आन्दोलनपछि देशको सुरक्षा र राजनीतिक अवस्था नयाँ मोडमा

सांसद अधिकारीको सुझाव : सरकारले नागरिकमा गर्व र अपनत्व जगाउन काम गरोस्

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद लिमा अधिकारीले नागरिकले

सरकारलाई ओरेकले भन्यो- दुर्गम क्षेत्रमा सुरक्षित मातृत्व सुनिश्चित गरौँ

काठमाडौं– महिला पुर्नस्थापना केन्द्र (ओरेक) ले नेपालमा महिलाहरूको सुरक्षित मातृत्व

मन्त्रीहरूलाई सरकारले पढायो परराष्ट्र मामिला र कूटनीति

काठमाडौं- सरकारले संघीय मन्त्रिपरिषद्का सदस्यहरूलाई परराष्ट्र मामिला र कूटनीति पढाएको