नियमित स्तनपान गराउनेको सङ्ख्यामा वृद्धि « Khabarhub

नियमित स्तनपान गराउनेको सङ्ख्यामा वृद्धि


१६ कार्तिक २०७९, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

चितवन– जिल्लामा नवजात शिशुलाई नियमित स्तनपान गराउनेको सङ्ख्या बढ्दै गएको छ । पछिल्लो तीन वर्षको तथ्यांकलाई हेर्दा शिशु जन्मिएपछि छ महिनासम्म पूर्ण स्तनपान गराउनेको सङ्ख्या बढ्दै गएको हो । स्वास्थ्य कार्यालय चितवनले प्रकाशन गरेका वार्षिक प्रगति प्रतिवेदनअनुसार जिल्लामा गत आर्थिक वर्षमा ३० प्रतिशत बालबालिकाले छ महिनासम्म पूर्ण स्तनपान गरेका छन् । यो सङ्ख्या आर्थिक वर्ष २०७७/७८ मा १९ दशमलव ३ प्रतिशत रहेको थियो भने आर्थिक वर्ष २०७६/७७ मा यो सङ्ख्या १७ दशमलव २ प्रतिशत रहेको थियो ।

यस्तै तीन आर्थिक वर्षमा छ महिनापछि पूरक खाना खुवाउनेको सङ्ख्या पनि बढ्दो क्रममा रहेको कार्यालयको तथ्यांकले जनाएको छ । कार्यालयका जनस्वास्थ्य अधिकृत गीतागञ्जली ढकालका अनुसार आर्थिक वर्ष २०७८/७९ मा पूरक खाना खुवाउनेको सङ्ख्या ३२ दशमलव ६ प्रतिशत रहेको छ । आर्थिक वर्ष २०७७/७८ मा यो सङ्ख्या १७ दशमलव ९ प्रतिशत रहेको थियो भने २०७६/७७ मा १४ दशमलव ९ प्रतिशत थियो ।कार्यालयका गरेको वृद्धि अनुगमनका क्रममा १ दशमलव २ प्रतिशत बालबालिकामा कम तौल भएको पाइएको ढकालले जानकारी दिए । कम तौल हुनेमा राप्ती नगरपालिकामा धेरै रहेका छन् । आर्थिक वर्ष २०७७/७८ मा यस पालिकामा १० दशमलव ६ प्रतिशत बालबालिकामा कम तौल रहेको थियो भने आर्थिक वर्ष २०७८/७९ मा ३ दशमलव ५ मा झरेको छ । यो सङ्ख्या आर्थिक वर्ष २०७६/७७ मा ६ दशमलव ६ प्रतिशत रहेको थियो ।

शिशु जन्मिएको छ महिनासम्म नियमित स्तनपान गराउँदा स्वस्थ पौष्टिक तत्व पाउने भरतपुर अस्पतालका वरिष्ठ बालरोग विशेषज्ञ डा खेमराज पौडेलले जानकारी दिए। उनका अनुसार नियमित आमाको दूध सेवनले बच्चामा रोगसँग लड्नसक्ने क्षमता वृद्धि गर्ने, अन्य रोगको सङ्क्रमण कम हुने, बच्चाको वृद्धि विकास छिटो हुने गर्दछ ।

आमाले आफ्नो शरीरको बनावट बिग्रने बहानामा बच्चालाई दूध खुवाउन छाड्ने गरेको भन्दै उनले त्यसो गर्नु बाल स्वास्थ्यका लागि नराम्रो भएको उनको भनाइ छ । छ महिनापछि पूरक खाना खुवाउँदा बच्चालाई थप पौष्टिक तत्व लिटो, जाउलो, भैँसीको दूध खुवाउँदा बालबालिका बढ्न सहयोग पुग्ने उनले बताए । 

आमाको दूधबाट अपुग हुने पदार्थको पूरक खानाबाट मिल्ने गरेको पौडेलले बताए। उनले भने, ‘छ महिनापछि आमाको दूधले पौष्टिक तत्व पुग्दैन । यसका लागि पूरक खाना खुवाउनु पर्छ ।’ शारीरिक तथा मानसिकरूपमा वृद्धि विकासका लागि पूरक खाना आवश्यक रहेको उनले बताए । बच्चाको खानपानमा ध्यान नदिँदा तौलम कमी आउने डा पौडेलले जानकारी दिए ।

प्रकाशित मिति : १६ कार्तिक २०७९, बुधबार  १२ : ४९ बजे

मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज मंगलबार, भगवान गणेशको पूजा गर्नुहोस्

आज २०८३ साल असोज २० गते मंगलबार सन् २०२६ अक्टोबर

आज २०८३ साल असोज २० गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २० गते मंगलबार सन् २०२६

देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा दुई जनाको मृत्यु

दाङ – देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा भएको दुर्घटनामा

भिरबाट खसेर एक जनाको मृत्यु

लमजुङ – लमजुङको मर्स्याङ्दी गाउँपालिका-६ नाइचेमा निर्माणाधीन ४० दशमलव २७