कृष्णपुर नगरपालिकालाई जग्गा नापजाँच रोक्न निर्देशन « Khabarhub

कृष्णपुर नगरपालिकालाई जग्गा नापजाँच रोक्न निर्देशन


१६ कार्तिक २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– निर्वाचन आयोगले कञ्चनपुरको कृष्णपुर नगरपालिकालाई राष्ट्रिय भूमि आयोगमार्फत जग्गा वितरणको प्रयोजनार्थ भइरहेको जग्गा नापजाँच तत्काल रोक्न निर्देशन दिएको छ ।

उक्त कार्य निर्वाचन आचारसंहिता विपरित भएकोले तत्काल रोक्न निर्देशन दिइएको निर्वाचन आयोगले आज एक विज्ञप्ति जारी गर्दै बताएको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई पत्र लेख्दै आयोगले यस्तो निर्देशन दिएको हो । 

जिल्ला निर्वाचन कार्यलयलाई बोधार्थ दिइएको पत्रमा आयोगले दुई दिनभित्र यसबारे निर्णय गरेर जानकारी गराउन पनि निर्देशन दिएको छ । ‘आयोगबाट यसपूर्व नै प्रतिनिधि सभा सदस्य निर्वाचन र प्रदेश सभा सदस्य निर्वाचन सम्पन्न नभएसम्मका लागि आफू र आफ्नो मातहतबाट हुने र भइरहेका जग्गा वितरण सम्बन्धी निवेदन लिने, जग्गा नापजाँच गर्ने र जग्गाको निस्सा तथा लालपूर्जा वितरण गर्ने लगायतका सम्पूर्ण कार्यहरू तत्काल स्थगित गर्न भूमि आयोग, ताहाचल, काठमाडौँलाई निर्देशन दिने निर्णय’ भएको तथा त्यसबारे भूमि आयोगलाई पत्राचारसमेत भइसकेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

प्रकाशित मिति : १६ कार्तिक २०७९, बुधबार  १२ : ५१ बजे

देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा दुई जनाको मृत्यु

दाङ – देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा भएको दुर्घटनामा

भिरबाट खसेर एक जनाको मृत्यु

लमजुङ – लमजुङको मर्स्याङ्दी गाउँपालिका-६ नाइचेमा निर्माणाधीन ४० दशमलव २७

रास्वपाले सबै जिल्लामा खटायो केन्द्रीय सदस्य र सांसद, को कहाँ ? (सूचीसहित)

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) देशका ७७ वटै जिल्लामा

सशस्त्रका एआईजी दाहाल निलम्बित

काठमाडौँ । सशस्त्र प्रहरी बलका अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) वंशीराज

किरणकिशोर घिमिरेद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

काठमाडौं । नेपाली कांग्रेसको खुला केन्द्रीय सदस्यमा नेता किरणकिशोर घिमिरेले