पुरानै उम्मेदवार, उस्तै एजेण्डा « Khabarhub

पुरानै उम्मेदवार, उस्तै एजेण्डा


१६ कार्तिक २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– आसन्नमङ्सिरमा हुन गइरहेको प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा जाजरकोटबाट प्रतिस्पर्धा गरिरहेका उम्मेदवारदेखि एजेण्डामा समेत नयाँ पनि  देखिएको छैन । पुरानै नेता र एजेण्डा लिएर दल र उम्मेदवार मतदाताको घर आँगन पुगिरहेका छन् । 

सत्तारुढ दलका उम्मेदवारले आफूले आधा काम गरेकाले बाँकी कामहरू पुरा गर्न एक पटक फेरि जिताउनु पर्ने बताइरहेका छन् । प्रमुख प्रतिपक्ष एमालेका उम्मेदवारहरूले केपी ओलीलाई प्रधानमन्त्री बनाएपछि जिल्लामा विकास हुने आश्वासन बाँडिरहेका छन् । 

जाजरकोटमा  नेकपा हुँदा प्रत्यक्षतर्फ एक सिट मात्र जितेको एमालेसँग गरेका कामहरू देखाउने एजेण्डा नहुँदा सत्तारुढ दलका उम्मेदवार रहेका व्यक्तिले समेटेको मुद्दामा ढिला भयो भन्दै हामी भए छिटो गर्ने थियौँ भन्दै भोट मागिरहेका छन् । पछिल्लो तीन पटकको निर्वाचनमा प्रतिनिधितर्फ माओवादीका शक्ति बस्नेतले जित्दै आएका छन् ।  

सुरुमा चुनावमा भाग लिँदा टेलिफोन, खानेपानी, विद्युत र सडकको विषयलाई मुख्य एजेण्डा बनाएका माओवादी उम्मेदवार तथा पूर्वमन्त्री शक्तिबहादुर बस्नेतले अहिले सडक कालोपत्रे, इन्टरनेट र पर्यटनदेखि ठूला जलविद्युत आयोजना निर्माणलाई मुख्य एजेण्डा बनाएका छन् । 

प्रमुख प्रतिपक्ष एमालेका प्रतिनिधिसभा सदस्यका उम्मेदवार निरज आचार्यले भने पटक पटक अरूलाई नै भोट दिएको तर खासै परिवर्तन नभएको अब एक पटक एमालेलाई भोट दिन आग्रह गरिरहेका छन् ।  

प्रकाशित मिति : १६ कार्तिक २०७९, बुधबार  १ : ४९ बजे

महाराजगञ्ज वितरण केन्द्र मातहतका स्थानमा आज बिजुली कटौती हुने

काठमाडौं– नेपाल विद्युत प्राधिकरणले आज काठमाडौंका विभिन्न स्थानमा बिजुली कटौती

निर्वाचन सामग्री आपूर्तिका लागि आयोगमा १३ सेवाप्रदायक संस्था सूचीकृत

काठमाडौं– निर्वाचन आयोगले हिमाली तथा उच्च हिमाली क्षेत्रमा मतपत्रलगायतका सामग्री

कांग्रेस देउवा पक्षको केन्द्रीय कार्यसमिति बैठक बस्दै

काठमाडौं– नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षको केन्द्रीय कार्यसमिति बैठक आज

कालीकोटमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु

कालीकोट– कालीकोटको शुभकालिका गाउँपालिका–४ सल्लेरीमा जीप दुर्घटना हुँदा तीन जनाको