पुरानै उम्मेदवार, उस्तै एजेण्डा « Khabarhub

पुरानै उम्मेदवार, उस्तै एजेण्डा


१६ कार्तिक २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– आसन्न ४ मङ्सिरमा हुन गइरहेको प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा जाजरकोटबाट प्रतिस्पर्धा गरिरहेका उम्मेदवारदेखि एजेण्डामा समेत नयाँ पनि  देखिएको छैन । पुरानै नेता र एजेण्डा लिएर दल र उम्मेदवार मतदाताको घर आँगन पुगिरहेका छन् । 

सत्तारुढ दलका उम्मेदवारले आफूले आधा काम गरेकाले बाँकी कामहरू पुरा गर्न एक पटक फेरि जिताउनु पर्ने बताइरहेका छन् । प्रमुख प्रतिपक्ष एमालेका उम्मेदवारहरूले केपी ओलीलाई प्रधानमन्त्री बनाएपछि जिल्लामा विकास हुने आश्वासन बाँडिरहेका छन् । 

जाजरकोटमा  नेकपा हुँदा प्रत्यक्षतर्फ एक सिट मात्र जितेको एमालेसँग गरेका कामहरू देखाउने एजेण्डा नहुँदा सत्तारुढ दलका उम्मेदवार रहेका व्यक्तिले समेटेको मुद्दामा ढिला भयो भन्दै हामी भए छिटो गर्ने थियौँ भन्दै भोट मागिरहेका छन् । पछिल्लो तीन पटकको निर्वाचनमा प्रतिनिधितर्फ माओवादीका शक्ति बस्नेतले जित्दै आएका छन् ।  

सुरुमा चुनावमा भाग लिँदा टेलिफोन, खानेपानी, विद्युत र सडकको विषयलाई मुख्य एजेण्डा बनाएका माओवादी उम्मेदवार तथा पूर्वमन्त्री शक्तिबहादुर बस्नेतले अहिले सडक कालोपत्रे, इन्टरनेट र पर्यटनदेखि ठूला जलविद्युत आयोजना निर्माणलाई मुख्य एजेण्डा बनाएका छन् । 

प्रमुख प्रतिपक्ष एमालेका प्रतिनिधिसभा सदस्यका उम्मेदवार निरज आचार्यले भने पटक पटक अरूलाई नै भोट दिएको तर खासै परिवर्तन नभएको अब एक पटक एमालेलाई भोट दिन आग्रह गरिरहेका छन् ।  

प्रकाशित मिति : १६ कार्तिक २०७९, बुधबार  १ : ४९ बजे

मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज मंगलबार, भगवान गणेशको पूजा गर्नुहोस्

आज २०८३ साल असोज २० गते मंगलबार सन् २०२६ अक्टोबर

आज २०८३ साल असोज २० गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २० गते मंगलबार सन् २०२६

देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा दुई जनाको मृत्यु

दाङ – देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा भएको दुर्घटनामा

भिरबाट खसेर एक जनाको मृत्यु

लमजुङ – लमजुङको मर्स्याङ्दी गाउँपालिका-६ नाइचेमा निर्माणाधीन ४० दशमलव २७