एमालेको बहुमत नआए मुलुकमा दुर्भाग्य : ओली « Khabarhub

एमालेको बहुमत नआए मुलुकमा दुर्भाग्य : ओली


१६ कार्तिक २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी ओलीले आगामी निर्वाचनमा एमालेको बहुमत नआए मुलुकमा दुर्भाग्य हुने बताएका छन् । नेकपा एमाले काठमाडौं क्षेत्र नम्बर १ निर्वाचन परिचालन कमिटीले बुधबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा ओलीले मुलुकलाई अघि बढाउन एमाले सुदृढ राष्ट्रिय एकल शक्तिको रुपमा आउनै पर्ने भन्दै त्यसो हुन नसके मुलुकमा दुर्भाग्य हुने बताएका हुन्।

परमादेश लिएर किर्ते ढंगले सरकार बनाएकाहरूले पुन सरकार बनाए मुलुक अप्ठेरोमा जाने उनको भनाई छ । ओलीले परमादेशी सरकार बनाएदेखि नै अदालत बेहाल अवस्थामा रहेको जिकिर गरे । उनले आगामी निर्वाचन महासंग्राम भएको भन्दै प्रतिगामीहरूलाई चुनावबाट पराजित गर्नुपर्ने बताए। गठबन्धनसँग देश विकासको कुनै लक्ष्य र उद्देश्य नै नभएको उनको भनाई छ ।

उनले अहिले पनि गठबन्धनमा रहेका केही दलहरू निर्वाचनपछि सरकारमा जान च्याखे थापेर बसेको बताए । ओलीले यसअघिको एमाले सरकारले मुलुकमा असाधारण विकास गरेको दाबी गरे। ओलीले विश्वमै भूकम्पपछिको पुनर्निर्माणमा छिटो सफलता पाउने देशमा नेपाल परेको समेत बताए । उनले अहिले पनि विरोधीहरूको एमाले सरकारले बनाएको धरहरा देखेर तर्सिने गरेको तर्क गरे ।

त्यस्तै एमाले अध्यक्ष ओलीले सबै दल र नेताहरूलाई एकै जस्तो गरेर भ्रष्टाचारी, विकास विरोधी भनेर प्रचार हुने गरेको भन्दै आपत्ती जनाए । मुलुकका जनताहरू सचेत रहेकाले मुलुकको हितमा काम गर्ने पार्टी एमालेलाई बिजयी गराउने उनको भनाई छ ।

प्रकाशित मिति : १६ कार्तिक २०७९, बुधबार  २ : ४१ बजे

इरान युद्ध नयाँ चरणमा प्रवेश गर्न सक्ने जोनसनको संकेत

 एजेन्सी– अमेरिकी प्रतिनिधिसभाका सभामुख माइक जोनसनले इरानसँग जारी द्वन्द्व चाँडै नयाँ

गरिमा प्रकरणले तात्यो संसद् : सालिक ठड्याएर न्याय हुँदैन, जघन्य अपराधमा मृत्युदण्ड देऊ

काठमाडौं- बाराको सिमरामा बलात्कारपछि हत्या गरिएकी तीन वर्षीया गरिमा चौधरीको

नाटक ‘वीर गणेशमान’ भदौं १४ बाट मञ्चन हुने

काठमाडौं – नाटक ‘वीर गणेशमान’ भदौ १४ बाट काठमाडौंको कालिकास्थानस्थित

पर्यटन विधेयकमा आरोहीको बीमादेखि ‘फेक रेस्क्यु’ नियन्त्रणसम्मका सुझा

काठमाडौं– पर्यटन क्षेत्रका सरोकारवालाले प्रस्तावित पर्यटन विधेयकमा आरोहीको सुरक्षा, बीमा, उद्धार

बाबुरामको गुनासो : धर्मनिरपेक्षताको कुरा गर्दा ‘हिन्दूविरोधी’ भनेर घृणा फैल्याए

काठमाडौं- पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले केही स्वार्थप्रेरित व्यक्ति तथा समूहले