निर्वाचनमा विप्लव नेतृत्वको नेकपा चुनौती बन्ने निर्वाचन आयोगको आशंका « Khabarhub

निर्वाचनमा विप्लव नेतृत्वको नेकपा चुनौती बन्ने निर्वाचन आयोगको आशंका


१६ कार्तिक २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- निर्वाचन आयोगले आगामी ४ मंसिरमा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा चुनौती बन्ने आशंका व्यक्त गरेको छ । हालै सम्पन्न नेकपाको महाधिवेशनले आमनिर्वाचन बहिष्कार गर्दै बिथोल्ने निर्णय गरेको थियो ।

बुधबार आयोजित पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले विप्लव नेतृत्वको नेकपा चुनौती बन्न सक्ने बताउँदै यस विषयमा सुरक्षा निकायसँग गम्भीर छलफल गरेको जानकारी दिए ।

‘निर्वाचनको सम्बन्धमा आमसहमति बन्ला जस्तो लागेको थियो । तर त्यसो नभएपछि सुरक्षा निकायसँग गम्भीर छलफल गरेका छौं । सुरक्षा रणनीति परिमार्जन गरेका छौं,’ उनले भने, यातायातमा आवश्यक निर्णय गर्छौं । नियमित र अनुशासित रूपमा चलाउने अन्तर्राष्ट्रिय अभ्यास छ । गृह र यातायात मन्त्रालयको सुझाव चलाउन हुँदैन भन्ने छ। व्यवस्थित रूपमा केही साधन चल्नेगरी आयोगले लजिकल निर्णय गर्छ ।’

सुरक्षा निकायले पनि विप्लव समूह निर्वाचनमा चुनौती बन्न सक्ने विश्लेषण गरेको छ । दुई वर्षअघि शान्तिपूर्ण राजनीतिमा आएको नेकपा अहिले सडकमा पुगेको छ । उसले घोषित रूपमै निर्वाचनमा अवरोध गर्ने बताइसकेको छ ।

प्रकाशित मिति : १६ कार्तिक २०७९, बुधबार  ३ : ३५ बजे

अष्ट्रेलियामा पाँच हजार लिटिल पेन्गुइनलाई बर्ड फ्लुविरुद्ध खोप लगाइँदै

मेलबर्न- अष्ट्रेलियाको भिक्टोरिया राज्यमा एच–५ एन–१ बर्ड फ्लुको जोखिमबाट लिटिल पेन्गुइनलाई

२६ सय तल झर्यो नेप्से

काठमाडौं– साताको पहिलो दिनको सेयर कारोबारसँगै नेपाल स्टक एक्सचेञ्ज (नेप्से)

सरकारलाई मनिष झाले भने : गरिबको मात्रै घरटहरा नभत्काइयोस्

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले जनकपुरधाममा सार्वजनिक जग्गा

ऐन महरले भने- ठक्कर दिई ब्याक गरी किचेर मार्नेलाई कडा कारबाही गरियोस् 

काठमाडौं– नेकपा (एमाले) का सांसद ऐन बहादुर महरले कैलालीको अत्तरियामा

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु, अर्का घाइते

महेन्द्रनगर– मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ ।