सत्ता गठबन्धनका कारण देशमा महंगी र भ्रष्टचार बढ्यो : एमाले सचिव विश्वकर्मा « Khabarhub

सत्ता गठबन्धनका कारण देशमा महंगी र भ्रष्टचार बढ्यो : एमाले सचिव विश्वकर्मा


१६ कार्तिक २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा एमालेका सचिव छविलाल विश्वकर्माले सत्ता गठबन्धनका कारण देशमा महंगी र भ्रष्टचार बढेको बताएका छन् । उनले सत्ता गठबन्धनका नेताहरु निजी स्वार्थमा लाग्दा राष्ट्रियता कमजोर बन्दै गएको आरोप समेत लगाए ।

रुपन्देही जिल्लाको देवदह–२, मा नेकपा एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी र जनता समाजवादीको संयुक्त प्रचार प्रसार कार्यालयको बुधबार उदघाटन तथा कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै रुपन्देही १ का प्रतिनिधिसभा उम्मेदवार समेत रहेका विश्वकर्माले राष्ट्रको अहितमा काम गरेकाले सत्ता गठबन्धनलाई परास्त गर्ने बेला आएको बताए ।

रुपन्देही १ का विभिन्न स्थानलाई जोड्ने गरी सडक सञ्जालका योजनाहरु अगाडि बढेको बताउँदै एमाले सचिव विश्वकर्माले एमालेको सरकारले नागरिकको स्वास्थ्यलाई मध्यनजर गर्दै एक पालिका : एक अस्पतालको अवधारणा अगाडि सारेको बताए ।

उनले आफूले क्षेत्र नम्बर १ को विकासको लागि विभिन्न योजनाहरु अगाडि सारे पनि सत्तागठबन्धनले बजेट होल्ड गर्दा विकास निर्माणका कामहरु हुन नसकेको बताए । उनले रोहिणी नदीलाई व्यवस्थित गर्नका लागि यसलाई राष्ट्रिय योजनाको रुपमा अगाडि सार्नेमा जोड दिए ।

सोही अवसरमा बोल्दै नेकपा एमालेका केन्द्रीय अनुशासन आयोगका सदस्य तथा संयुक्त निर्वाचन परिचालन कमिटीका संयोजक डा. कृष्णप्रसाद न्यौपानेले स्वतन्त्र उम्मेदवार घनश्याम भुसालमा राजनीतिक संस्कार नभएको आरोप लगाए । उनले पार्टीको जिम्मेवारीलाई छोडेर स्वतन्त्र रुपमा निर्वाचन लड्नेहरुलाई जनताले सबक सिकाउने बताए ।

उनले रुपन्देही १ मा रहेका अधुरा योजना सम्पन्न गर्नको लागि एमाले, राप्रपा र जसपाका साझा उम्मेदवारलाई जिताउनु पर्नेमा जोड दिए ।

प्रकाशित मिति : १६ कार्तिक २०७९, बुधबार  ९ : ५५ बजे

रूपन्देही जिल्ला अदालतले एक वर्षमा चार हजारभन्दा बढी मुद्दा फर्छ्यौट

भैरहवा- जिल्ला अदालत रूपन्देहीले चालु आर्थिक वर्ष २०८२/८३ मा चार हजार

दुवागढीमा आगलागी : एक घर जलेर नष्ट,  ४२ लाख रुपैयाँ बराबरको धनमालको क्षति

झापा– मेचीनगर नगरपालिका-१४ दुवागढीमा आज बिहान विद्युत् सर्ट भएर आगलागी

राष्ट्रियसभामा ६ विधेयक टेबुल

काठमाडौं– राष्ट्रियसभाको बैठकमा विभिन्न ६ विधेयक टेबुल गरिएको छ ।

इतर पक्षका कांग्रेसी नेता गोल्फुटारमा भेला

काठमाडौं- नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काको नेतृत्वमा इतर

सिंहदरबारमै सुरु भयो निजामती कर्मचारी अस्पतालको सेवा इकाई, अब परिसरमै स्वास्थ्य सेवा पाइने

काठमाडौं- निजामती कर्मचारी अस्पतालको सेवा इकाई सञ्चालनमा आएको छ। आजदेखि