सत्ता गठबन्धनमा भागबण्डा कसरी मिल्छ ? « Khabarhub

सत्ता गठबन्धनमा भागबण्डा कसरी मिल्छ ?

राष्ट्रपति, प्रधानमन्त्री र सभामुखमा मुख्य दाबी


१६ मंसिर २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


507
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सत्ता गठबन्धनमा सरकार गठनसँगै भागबन्डाको विषय पेचिलो बनेको छ । ठूलो दलको हैसियतमा कांग्रेसले सरकारको नेतृत्व गर्ने सम्भावना बलियो छ भने माओवादी र नेकपा एकीकृत समाजवादीले कुन पद लिने भन्नेबारेमा छलफल चलिरहेको छ ।

प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा छैटौँपटक प्रधानमन्त्री हुने पक्कापक्की जस्तै छ । देउवालाई प्रधानमन्त्री बन्न प्रचण्ड र माधव नेपालले पनि समर्थन गरिसकेका छन् । सरकार गठनका लागि स्पष्ट बहुमत जुटाउन देउवा, प्रचण्ड र माधव नेपाल तीनै जना लागिरहेका छन् ।

देउवाले बहुमत जुटाएको खण्डमा पहिले प्रधानमन्त्रीको भागबण्डा टुंगिने सम्भावना छ । त्यसपछि राष्ट्रपति र सभामुखका लागि माओवादी र समाजवादीको आपसी छलफल चल्नेछ । खासगरी झलनाथ खनाल राष्ट्रपति बन्ने दाउमा थिए ।

तर उनले इलाममै चुनाव हारे । चुनाव हारेका कारण उनको राष्ट्रपतिको दाबी नै कमजोर बनेको छ । तर पनि उनी राष्ट्रपति बन्न सक्नेछन् । त्यसका लागि सत्ता गठबन्धनले थप गृहकार्य गर्नुपर्नेछ ।

माओवादीले फेरि पनि सभाुमख पद पाउने सम्भावना बलियो छ । माओवादीबाट तत्काल राष्ट्रपतिको लागि बलियो दाबी नदेखिएकाले माओवादीले सभामुख पाउने सम्भावना बढेको हो । यद्यपि डा.बाबुराम भट्टराईले चाखेको खण्डमा राष्ट्रपतिका लागि नेकपा समाजवादी र माओवादीको लडाई पेचिलो हुनेछ ।

मुख्य तीन दलको भागबण्डा टुंगिएमा साना दललाई चाहेको मन्त्रालय दिने गरी सरकार गठनको प्रक्रिया सुरु हुनेछ । सरकार गठनका लागि सीके राउतको जनमत पार्टी, रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टी र महन्थ ठाकुरको लोकतान्त्रिक समाजवादी पार्टीबीच छलफल चलिरहेको बालुवाटार स्रोतले जनाएको छ ।

तर छलफल चलेका सबैले मन्त्रीको माग गरिरहेका छन् भने साना दलकै दाबी ठूला मन्त्रालयमा छ । साना दलको भागबण्डा मिल्नेबित्तिकै देउवालाई प्रधानमन्त्री बनाउने सत्ता गठबन्धनको प्रयास सुरु हुनेछ । त्यसपछि ठूला पद, मन्त्रालयको भागबण्डा, शक्ति केन्द्रमा भर्ती गर्ने अरु भागबन्डाको पनि टुंगो लाग्नेछ ।

प्रकाशित मिति : १६ मंसिर २०७९, शुक्रबार  १२ : ११ बजे

सम्पत्ति छानबिन आयोगको काम अघि नबढाउन सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं – सम्पत्ति छानबिन आयोगलाई कसैको पनि सम्पत्ति छानबिन नगर्न

गिद्ध संरक्षणसँगै पर्यटकीय र अध्ययन केन्द्रका रूपमा विकसित हुँदै जटायु रेष्टुरेन्ट

नवलपरासी – नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोती नगरपालिकास्थित नमूना मध्यवर्ती

नेपाल–भारत ऊर्जा बैठक : विद्युत् आयात-निर्यात क्षमता बढाउने सहमति

काठमाडौं – नेपाल र भारतबीच विद्युत् आयात–निर्यातको क्षमता विस्तार गर्ने

सरकार आर्थिक सुधारमा प्रयत्नशील छ : अर्थमन्त्री

काठमाडौं – अर्थमन्त्री डा स्वर्णिम वाग्लेले उच्चस्तरीय आर्थिक सुधार सुझाव

सुदूरपश्चिममा बजेट पारित गर्न दलहरूसँग संवाद जारी

सुदूरपश्चिम – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले संवैधानिक व्यवस्थाअनुसार आगामी