सरकारको नेतृत्व आलोपालो गर्ने सहमति भएको छ : रेखा शर्मा « Khabarhub

सरकारको नेतृत्व आलोपालो गर्ने सहमति भएको छ : रेखा शर्मा


१६ मंसिर २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


138
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा माओवादीकी नेतृ रेखा शर्माले सत्तारुढ गठबन्धनभित्र नयाँ सरकारको नेतृत्व आलोपालो गर्ने सहमति भएको जानकारी दिएकी छन् ।

बुटवलमा शुक्रबार आयोजित एक कार्यक्रममा उनले सत्तारुढ गठबन्धनले नै नयाँ सरकार बनाउने दाबी गर्दै सरकारको नेतृत्व आलोपालो गर्ने सहमति भएको जानकारी दिएकी हुन् ।

दाङ क्षेत्र नम्बर २ बाट एमाले महासचिव शंकर पोखरेललाई पराजित गर्दै वियजी भएकी शर्माले सरकारको नेतृत्व पहिला कसले गर्ने भन्ने विषयमा दलहरुबीच सहमति जुट्न बाँकी रहेको बताइन् ।

ठूलो दलको हैसियतले कांग्रेसले प्रधानमन्त्रीमा दाबी गर्नु स्वाभाविक रहेको प्रतिक्रिया दिएकी उनले माओवादीको तर्फबाट पनि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित वरिष्ठ नेताहरुसँग छलफल गरेर प्रधानमन्त्रीको नाम टुंगो लगाउने बताइन् ।

प्रकाशित मिति : १६ मंसिर २०७९, शुक्रबार  २ : ५७ बजे

भेनेजुएलाको भूकम्प अपडेट : ९२० जनाको मृत्यु, ५० हजार बेपत्ता

एजेन्सी– भेनेजुएलामा आएको दुईवटा शक्तिशाली भूकम्पबाट शुक्रबारसम्म ९२० जनाको मृत्यु

सुरक्षित पुनःस्थापनाको सुनिश्चितता माग्दै होल्डिङ सेन्टरका बासिन्दाको प्रदर्शन

काठमाडौं– सुरक्षित पुनःस्थापना, भू–स्वामित्वसहितको बास अधिकार र सम्मानजनक आवासको सुनिश्चितता

भारतीय राजदूत क्रिकेट प्रतियोगिता सुरु

काठमाडौं– नेपालस्थित भारतीय दूतावासको आयोजनामा दोस्रो संस्करणको ‘भारतीय राजदूत क्रिकेट

अष्ट्रेलियाले सामाजिक सञ्जाल प्रतिबन्ध उल्लङ्घन गर्ने प्लेटफर्मलाई दोब्बर जरिवाना लगाउने

सिड्नी- अष्ट्रेलियाले विश्वमा नै पहिलो पटक १६ वर्षमुनिका किशोरकिशोरीहरूका लागि

नेपाली श्रमिकको भिसा प्रभावित नपार्न साउदीसँग श्रममन्त्रीको अनुरोध

काठमाडौं-  युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवसँग नेपालका लागि साउदी अरबका