सत्तागठबन्धनले बहुमत ल्याउन नसकेपछि साना दल र स्वतन्त्र सांसद फकाउँदै नेताहरु « Khabarhub

सत्तागठबन्धनले बहुमत ल्याउन नसकेपछि साना दल र स्वतन्त्र सांसद फकाउँदै नेताहरु


१६ मंसिर २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रतिनिधिसभा निर्वाचनमा सत्तागठबन्धनले नयाँ सरकार गठनका लागि सुविधाजनक बहुमत ल्याउन नसकेपछि साना दल र स्वतन्त्र सांसदको महत्व बढेको छ । यसपटकको निर्वाचनमा तीनवटा दल उदाएका छन् । जसमा राष्ट्रिय स्वतन्त्र पार्टी, नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टी छन् ।

रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले प्रत्यक्षमा सात सांसद जित्दै समानुपातिकमा कम्तीमा १४ सिट ल्याउने देखिएको छ । रेशमलाल चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टीले तीन सांसद र एक स्वतन्त्र गरी चार सिट जितेको छ । तर ३ प्रतिशत थ्रेसहोल्ड कटाउन भने मुस्किल परेको छ । सिके राउत नेतृत्वको जनमत पार्टीले प्रत्यक्षमा एक सांसद र समानुपातिकमा चार गरी पाँच सांसद हात पार्दैछ ।

सत्ता गठबन्धनमा रहेका नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, लोसपा र राष्ट्रिय जनमोर्चाले सरकार गठनका लागि एक सय ३८ सिट ल्याउन सकेका छैनन् । पाँचवटै पार्टीको प्रत्यक्ष र समानुपातिक गरी एक सय ३६ सिट जित्ने अनुमान गरिएको छ । सरकार बनाउन एक सय ३८ सिट चाहिने भएकाले सुविधाजनक बहुमतका लागि साना दल र स्वतन्त्र सांसदको महत्व बढेको हो ।

सोही कारण नेपाली कांग्रेस, माओवादी र एकीकृत समाजवादीका शीर्ष नेताले जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र स्वतन्त्र सांसदतिर नजर लगाएका छन् । उनीहरूलाई गठबन्धनमा तान्ने लक्ष्यसहित माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले डिल्लीबजार कारागारमै पुगेर नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरीसँग भेट गरिसकेका छन् । प्रचण्डले सोमबार तथा नेपाल र भट्टराईले मंगलबार भेटेका हुन् ।

प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी अध्यक्ष प्रचण्ड र गृहमन्त्री बालकृष्ण खाणले जनमत पार्टीका अध्यक्ष सिके राउतसँग बिहीबार भेटवार्ता गरेका छन् । जनमतले सरकारमा सामेल हुन इच्छा देखाएको कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले जानकारी दिए ।

दुई सिट रहेको प्रभु साह समूह र कांग्रेसविरुद्ध बागी उम्मेदवार दिएर चुनाव जितेका अमरेशकुमार सिंहसँग पनि गठबन्धनका नेता सम्पर्कमा छन् । तर, जसपा र राष्ट्रिय स्वतन्त्र पार्टीसँग भने सत्तागठबन्धनले औपचारिक सहकार्यका लागि अहिलेसम्म प्रस्ताव गरेको छैन । मतगणना जारी रहेको र गन्न बाँकी तीनै सिट गठबन्धनका उम्मेदवारले जितेमा सरकार बनाउन दुई सांसद मात्र आवश्यक पर्ने र त्यो प्रभु साह वा जनमत पार्टीबाट पूर्ति हुने भएकाले जसपा र राष्ट्रिय स्वतन्त्र पार्टीसँग छलफल नभएको कांग्रेस र माओवादी नेताहरूको भनाइ छ ।

प्रकाशित मिति : १६ मंसिर २०७९, शुक्रबार  ३ : ०५ बजे

भेनेजुएलाको भूकम्प अपडेट : ९२० जनाको मृत्यु, ५० हजार बेपत्ता

एजेन्सी– भेनेजुएलामा आएको दुईवटा शक्तिशाली भूकम्पबाट शुक्रबारसम्म ९२० जनाको मृत्यु

सुरक्षित पुनःस्थापनाको सुनिश्चितता माग्दै होल्डिङ सेन्टरका बासिन्दाको प्रदर्शन

काठमाडौं– सुरक्षित पुनःस्थापना, भू–स्वामित्वसहितको बास अधिकार र सम्मानजनक आवासको सुनिश्चितता

भारतीय राजदूत क्रिकेट प्रतियोगिता सुरु

काठमाडौं– नेपालस्थित भारतीय दूतावासको आयोजनामा दोस्रो संस्करणको ‘भारतीय राजदूत क्रिकेट

अष्ट्रेलियाले सामाजिक सञ्जाल प्रतिबन्ध उल्लङ्घन गर्ने प्लेटफर्मलाई दोब्बर जरिवाना लगाउने

सिड्नी- अष्ट्रेलियाले विश्वमा नै पहिलो पटक १६ वर्षमुनिका किशोरकिशोरीहरूका लागि

नेपाली श्रमिकको भिसा प्रभावित नपार्न साउदीसँग श्रममन्त्रीको अनुरोध

काठमाडौं-  युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवसँग नेपालका लागि साउदी अरबका