गल्ती कमजोरी बिर्सेर राजनीतिक संवाद हुनुपर्छ : एमाले उपाध्यक्ष नेम्वाङ « Khabarhub

गल्ती कमजोरी बिर्सेर राजनीतिक संवाद हुनुपर्छ : एमाले उपाध्यक्ष नेम्वाङ


१६ मंसिर २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा (एमाले) का उपाध्यक्ष सुवास नेम्वाङले निर्वाचनबाट प्राप्त अभिमतलाई ध्यान दिँदै सरकार गठनलगायत सबै राजनीतिक दलसँग वार्ता र संवादका आधारमा अघि बढ्ने बताएका छन् ।

सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले जनादेश अनुरूप टुङ्गोमा पुग्न विगतका सबै गल्ती कमजोरीलाई बिर्सेर सबै राजनीतिक दलसँग संवाद र छलफल सुरु गरेको जानकारी दिए ।

‘जनताले निषेधको राजनीतिलाई अस्वीकार गर्दै दिएको अभिमतलाई बुझेर दलहरूले एक अर्कासँग छलफल गरेर अगाडि बढ्नुपर्छ’, उनले भने, ‘एमाले जनताको यही सन्देशलाई आत्मसाथ गरेर नेपाली कांग्रेसलगायत सबै राजनीतिक दलसँग छलफल गरेर निष्कर्षमा पुग्छ ।’

राजनीति भनेको सम्भावनाको खेल भएकाले निर्वाचनपछि सरकार गठनका विषयमा विभिन्न कोणबाट विषय उठिरहेको उल्लेख गर्दै उनले सबै दलले एक अर्कामा पानी बराबर गरेर अघि बढ्ने स्थिति अहिले नभएको बताए ।

‘अब त्यो चरण सकियो । हिजो कहीँ कतै त्यस्तो भएको रहेछ भने पनि त्यो गल्ती कमीकमजोरी हो, त्यसलाई सच्याएर अघि बढ्नुपर्छ’, संविधानसभाका अध्यक्ष नेम्वाङले भने। उनले एमालेबाट विभाजन भई गठन भएका नेकपा (एकीकृत समाजवादी) सँग पनि सहकार्य हुनसक्ने सङ्केत गरे ।

प्रत्यक्षतर्फ कांग्रेस अगाडि भए पनि निर्वाचनको हालसम्मको परिणामले लोकप्रिय मत आफ्नो पार्टीलाई प्राप्त भएको जनाउँदै उनले हालको राजनीतिलाई सुझबुझपूर्ण ढङ्गबाट अघि लैजान जिम्मेवारीपूर्वक सबैसँग छलफल र सल्लाह गर्ने बताए ।

प्रकाशित मिति : १६ मंसिर २०७९, शुक्रबार  ५ : ०८ बजे

अवस्था परिवर्तनका लागि सबै राजनीति शक्ति एकजुट हुनुपर्छ : मुख्यमन्त्री बानियाँ

बागमती– बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले अवस्था परिवर्तनका लागि सबै राजनीति

हिउँदे वर्षाले काँचो इँटामा क्षति

नेपालगञ्ज– दुई दिनसम्म परेको हिउँदे वर्षाका कारण बाँकेमा काँचो इँटामा क्षति

सर्लाहीमा चार लाखभन्दा बढीलाई हात्तीपाइलेविरुद्धको औषधि खुवाइने

बरहथवा– सर्लाहीका १२ स्थानीय तहमा हात्तीपाइले रोगविरुद्धको औषधि खुवाइने भएको छ

मंगलसेन पुग्यो बालेनको चुनाव यात्रा (तस्बिरहरू)

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह

बालेन्द्रका सहयोगी सिटौलालाई सेनाको जहाजबाट काठमाडौं ल्याइयो

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीको चुनावी अभियानमा हिँडेका वरिष्ठ नेता बालेन्द्र