‘नेपाल होटल अवार्ड’ आयोजना हुने | Khabarhub Khabarhub

‘नेपाल होटल अवार्ड’ आयोजना हुने


१६ मंसिर २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सेवा क्षेत्रको प्रोत्साहन एवं गुणस्तर अभिवृद्धि गर्ने उद्देश्यले ‘नेपाल होटल अवार्ड–२०२२’ आयोजना हुने भएको छ ।

आज आयोजित पत्रकार सम्मेलनमा रेण्डर बुकिङ डटकमले आगामी पुस ४ गते अवार्ड समारोह आयोजना गरिने जानकारी दिएको छ । कोभिड–१९ महामारीबाट बढी प्रभावित बनेको पर्यटन क्षेत्रको मनोबल उकास्न र यस क्षेत्रको प्रवर्द्धनका लागि अवार्ड समारोह आयोजना गर्न लागिएको आयोजक रेण्डर डटकमका प्रमुख कार्यकारी अधिकृत नवराज धितालले जानकारी दिए । उनले समारोहले नेपालको सेवा क्षेत्रको प्रोत्साहन, गुणस्तर अभिवृद्धि तथा सेवा प्रवर्द्धनका लागि सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

नेपालमै पहिलो पटक खुल्ला नोमिनेसन तथा गोप्य र आधुनिक मूल्याङ्कन प्रक्रियाबाट १५ भन्दा बढी विधा रहने गरी अवार्ड समारोह आयोजना गर्न लागिएको छ । चलचित्र कलाकार राजेश हमालको प्रमुख आतिथ्यतामा हुने उक्त समारोहमा देशभरबाट विभिन्न स्तरका एक सयभन्दा बढी होटलले प्रतिस्पर्धा गर्नेछन् । प्रिमियम, डिलक्स र सुपर डिलक्स होटलले नोमिनेसनमा सहभागी हुन सक्नेछन् ।

कुनै पनि नेपाली संस्थाले नेपाली होटल तथा रिसोर्टहरूलाई खुला नोमिनेसन र उच्च मूल्याङ्कन प्रविधिद्वारा गर्न लागेको यो नै पहिलो पटक भएको आयोजकको दाबी छ । उक्त अवार्डको निष्पक्षतालाई ध्यानमा राखी निर्णायक मण्डल तथा मूल्याङ्कन समितिको नाम पनि गोप्य राखिएको छ ।

पत्रकार सम्मेलनमा अतिथिका रूपमा सहभागी कलाकार हमालले सेवा क्षेत्र नेपालको अर्थतन्त्रको महत्त्वपूर्ण आधार रहेको भन्दै चलायमान बन्दै गरेको मुलुकको पर्यटन क्षेत्रको प्रवर्द्धनका लागि अवार्डले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे । उनले होटलको सेवा गुणस्तर अभिवृद्धि र सेवा प्रवर्द्धनका लागि पनि सान्दर्भिक हुने उल्लेख गरे । “‘हस्पिटालिटी’ बिजनेस बिस्तारै जुर्मुराउँदैछ, यस किसिमको अवार्डले व्यवसायी र सेवाग्राहीलाई पनि सहयोग पुग्छ, कुन होटलको कस्तो सेवा छ भनेर छनोटका लागि पनि सहज हुन्छ ।”

प्रकाशित मिति : १६ मंसिर २०७९, शुक्रबार  ९ : ०५ बजे

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला

डोल्पा । हिमाली जिल्ला डोल्पामा आगामी जेठ १० गतेदेखि औपचारिकरुपमा

प्रहरीद्वारा १६ लाख बराबरको सामान बरामद

कञ्चनपुर । कञ्चनपुरमा भारतबाट भन्सार छली गरी ल्याएको रु १६

दिल्लीद्वारा गुजरातलाई २२५ रनको लक्ष्य प्रस्तुत

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)मा दिल्ली क्यापिटल्सले गुजरात टाइटन्सलाई

भोजपुर गोल्डकप : चर्च ब्वाइज सेमिफाइनलमा

भोजपुर । भोजपुरमा जारी सातौँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रित मेयर भोजपुर

पोखरामा एसिया कप ट्रायथोलन हुँदै

कास्की । देशको पर्यटकीय राजधानी सहर पोखरामा यही वैशाख १५