‘नेपाल होटल अवार्ड’ आयोजना हुने « Khabarhub

‘नेपाल होटल अवार्ड’ आयोजना हुने


१६ मंसिर २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सेवा क्षेत्रको प्रोत्साहन एवं गुणस्तर अभिवृद्धि गर्ने उद्देश्यले ‘नेपाल होटल अवार्ड–२०२२’ आयोजना हुने भएको छ ।

आज आयोजित पत्रकार सम्मेलनमा रेण्डर बुकिङ डटकमले आगामी पुस ४ गते अवार्ड समारोह आयोजना गरिने जानकारी दिएको छ । कोभिड–१९ महामारीबाट बढी प्रभावित बनेको पर्यटन क्षेत्रको मनोबल उकास्न र यस क्षेत्रको प्रवर्द्धनका लागि अवार्ड समारोह आयोजना गर्न लागिएको आयोजक रेण्डर डटकमका प्रमुख कार्यकारी अधिकृत नवराज धितालले जानकारी दिए । उनले समारोहले नेपालको सेवा क्षेत्रको प्रोत्साहन, गुणस्तर अभिवृद्धि तथा सेवा प्रवर्द्धनका लागि सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

नेपालमै पहिलो पटक खुल्ला नोमिनेसन तथा गोप्य र आधुनिक मूल्याङ्कन प्रक्रियाबाट १५ भन्दा बढी विधा रहने गरी अवार्ड समारोह आयोजना गर्न लागिएको छ । चलचित्र कलाकार राजेश हमालको प्रमुख आतिथ्यतामा हुने उक्त समारोहमा देशभरबाट विभिन्न स्तरका एक सयभन्दा बढी होटलले प्रतिस्पर्धा गर्नेछन् । प्रिमियम, डिलक्स र सुपर डिलक्स होटलले नोमिनेसनमा सहभागी हुन सक्नेछन् ।

कुनै पनि नेपाली संस्थाले नेपाली होटल तथा रिसोर्टहरूलाई खुला नोमिनेसन र उच्च मूल्याङ्कन प्रविधिद्वारा गर्न लागेको यो नै पहिलो पटक भएको आयोजकको दाबी छ । उक्त अवार्डको निष्पक्षतालाई ध्यानमा राखी निर्णायक मण्डल तथा मूल्याङ्कन समितिको नाम पनि गोप्य राखिएको छ ।

पत्रकार सम्मेलनमा अतिथिका रूपमा सहभागी कलाकार हमालले सेवा क्षेत्र नेपालको अर्थतन्त्रको महत्त्वपूर्ण आधार रहेको भन्दै चलायमान बन्दै गरेको मुलुकको पर्यटन क्षेत्रको प्रवर्द्धनका लागि अवार्डले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे । उनले होटलको सेवा गुणस्तर अभिवृद्धि र सेवा प्रवर्द्धनका लागि पनि सान्दर्भिक हुने उल्लेख गरे । “‘हस्पिटालिटी’ बिजनेस बिस्तारै जुर्मुराउँदैछ, यस किसिमको अवार्डले व्यवसायी र सेवाग्राहीलाई पनि सहयोग पुग्छ, कुन होटलको कस्तो सेवा छ भनेर छनोटका लागि पनि सहज हुन्छ ।”

प्रकाशित मिति : १६ मंसिर २०७९, शुक्रबार  ९ : ०५ बजे

बाढीमा छोरा–बुहारी गुमाए, नातिनातिनीको जिम्मा सरकारले लियो

काठमाडौं – नुवाकोटमा आएको विनाशकारी बाढीले बाजुराका यी वृद्धबाट छोरा

सिङ्गापुरमा सरकारी कर्मचारीका लागि ‘डेटिङ’ सेवा सुरु

सिङ्गापुर – सिङ्गापुरले सरकारी अधिकारीहरूका लागि ‘डेटिङ प्लेटफर्म’ सुरु गरेको

१८ वर्षपछि पक्राउ परे हत्या अभियोगका फरार प्रतिवादी

जनकपुरधाम – सर्लाहीमा गोली प्रहार गरी हत्या गरेको आरोपमा १८

सकियो भक्तपुरको पुलुकिसी जात्रा

भक्तपुर – मानव निर्मित हात्ती (किसी)लाई नगर घुमाएर आज भक्तपुरमा

आजका समाचार : इन्जिनियर सांसदसँग प्रधानमन्त्रीको छलफल, चार विधेयक समितिमा, बाढीले दोधारा–चाँदनीको पुल बगायो र इराकबाट अमेरिकी सेना फिर्ता

इन्जिनियरिङ पृष्ठभूमिका १७ सांसदसँग प्रधानमन्त्रीको छलफलप्रधानमन्त्री बालेन्द्र शाहले इन्जिनियरिङ पृष्ठभूमिका