शैक्षिक अवस्था बुझ्न नगरपालिकाको टाेली कक्षा कोठामा « Khabarhub

शैक्षिक अवस्था बुझ्न नगरपालिकाको टाेली कक्षा कोठामा


१६ मंसिर २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


267
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- जाजरकोट नलगाड नगरपालिकाका नगरप्रमुख डम्मर रावत, उपप्रमुख सरिता सिंह लगाएत प्रमुख प्रशासकीय अधिकृत मानबहादुर गिरी एक्कासी भानुभक्त माध्यामिक विद्यालय नलगाड ४ पुगे ।

चुनावपछि विद्यालयको शैक्षिक क्रियाकलाप कसरी अगाडि बढेका छन् भन्दै छड्के जाँचका लागि नगरपालिकाको टोली विद्यालयमा पुग्दा त्यहाँ सबै छक्क परे । विद्यालयको कार्यालयभित्र प्रवेश नगरी नगरको टोली विद्यार्थी पढिरहेको कक्षा कोठामा प्रवेश गरेपछि कक्षा कोठामा पढाइ रहेका विषयगत शिक्षक छक्क परे ।

प्रमुख प्रशासकीय अधिकृत गिरीले पालैपालो विद्यार्थीलाई प्रश्न सोधेर सही जवाफ अपेक्षा गरियो, केहीले सही दिए त केहीले उत्तर दिन सकेनन् ।

तीन वर्ष अघिसम्म विद्यालयको विद्यालय निरीक्षक सम्म रहेका गिरी अहिले उपसचिव भएपछि नलगाड नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत छन् । शिक्षासम्बन्धी राम्रो ज्ञान अनुभव प्राप्त गरेका उपसचिव गिरीले विद्यार्थीको मानसिकता र शैक्षिक अवस्था कक्षा कोठामै गएर बुझेर विद्यालय प्रशासनसँग छलफल गरी बेलुकीपख टोलीसहित नगरपालिकामा फर्के ।

बुधबार नगरपालिकाको प्रशासकीय केन्द्र रहेको नलगाड ७ दल्लीमा रहेको पुरानो विद्यालय त्रिभुवन माध्यमिक विद्यालयको निरीक्षण भयो ।

भानुभक्त मावि लहँको जस्तै त्रिभुवन मावि दल्लीको अवस्था देखिएपछि उपसचिव गिरीले लिखित र सामाजिक सञ्जालमा लामो सुधारको उपाय लेख्दै सुझाव समेत दिएका छन् । नगरप्रमुखको नेतृत्वमा पालिकाभित्रका सबै मावि विद्यालयहरुको अनुगमन र अवस्था बुझेर थप सुधारको लागि निष्कर्ष निकाल्ने योजनामा नगरपालिका रहेको छ ।

राज्यले गरेका लगानी अनुसार प्रतिफल नआएको विषयमा समेत व्यापक छलफल भएको उपसचिव गिरीले जानकारी दिए । नलगाडमा रहेका सबै मावि, आधारभूतसँगै सबै विद्यालयको अनुगमन जारी रहेको छ ।

शिक्षा क्षेत्रमा प्रगति हुन सकेन भने मानव विकासको लागि बनेका विद्यालयहरूबाट अपेक्षित नतिजा हासिल हुन नसक्नुका साथै अझै धेरै पछाडि पर्ने निश्चित रहेको गिरीले बताए । विद्यालय र शिक्षाको सुधारमा ७० प्रतिशतभन्दा बढी भूमिका शिक्षकसँग नै जोडिने उनको भनाइ छ ।

अहिलेका नीति निर्माण तहमा पुग्नेहरु यिनै विद्यालयका उत्पादन भएकाले यसमा सबैको ध्यान पुग्नु जरुरी भएको नगरप्रमुख डम्मर रावतले बताए ।

कक्षा कोठा अनुगमन केन्द्रीत बनाएको उक्त टोलीले शिक्षाका हरेक पाटाहरुको समाधान खोज्ने प्रयास गरिरहेको बताएको छ । कक्षा कोठामा शिक्षकले पढाउदा विद्यार्थीको ध्यान कता केन्द्रित भएको छ भन्नेदेखि सिद्धान्तलाई व्यवहारमा जोड्न सिक्ने विषयमा अध्ययन भइरहेको छ । बालबालिकालाई व्यवहारिक ज्ञान आर्जनको विषयमा समेत चासो दिइएको छ ।

प्रकाशित मिति : १६ मंसिर २०७९, शुक्रबार  ६ : १५ बजे

इशान र अर्शदीप चम्किँदा न्युजिल्यान्डविरुद्ध भारतको शानदार जित

काठमाडौं – इशान किशनको विस्फोटक शतक र अर्शदीप सिंहको पाँच

‘टाइगर कप भलिबल’को उपाधि गण्डकी प्रदेशलाई

कास्की – पोखरामा सञ्चालन भएको छैटौँ संस्करणको टाइगर कप राष्ट्रिय

भोला रिजालको शब्दमा ‘अन्धकार पन्छाएर’ बोलको गीत सार्वजनिक

काठमाडौं – प्रतिष्ठित स्त्रीरोग विशेषज्ञ डा. भोला रिजालको शब्द रचना

देश र जनताको हितमा काम गर्ने व्यक्तिलाई मात्रै संसद्मा पठाउनुपर्छः अध्यक्ष बिजुक्छेँ

भक्तपुर – नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजक्छेँले संसद्मा

चलचित्र ‘जाँड’ले पायो पिजी सर्टिफिकेट

काठमाडौं – चलचित्र ‘जाँड’लाई केन्द्रीय चलचित्र जाँच समितिले सबैले हेर्न