गरिबी निवारण तथा बेरोजगारी समस्या न्यूनीकरणमा सरकार केन्द्रित : मन्त्री कार्की « Khabarhub

गरिबी निवारण तथा बेरोजगारी समस्या न्यूनीकरणमा सरकार केन्द्रित : मन्त्री कार्की


१६ मंसिर २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सुनसरी क्षेत्र नं ४ का नवनिर्वाचित सांसद एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले देशको गरिबी निवारण तथा बेरोजगारी समस्या न्यूनीकरण गर्ने अभियानमा अबको सरकार केन्द्रित हुने बताएका छन् ।

सुनसरीको बराहक्षेत्र नगरपालिका–७ स्थित सप्तकोशी बहुमुखी क्याम्पसको १२औँ वार्षिक उत्सव कार्यक्रमलाई शुक्रबार सम्बोधन गर्दै मन्त्री कार्कीले सो कुरा बताएका हुन् ।

अब कांग्रेसको नेतृत्वमा गठबन्धनको सरकार बन्ने र त्यो सरकारले देशमा रहेको गरिबी निवारण तथा बेरोजगारी समस्यालाई न्यूनीकरण गर्ने अभियानमा केन्द्रित हुने मन्त्री कार्कीले बताए ।

मन्त्री कार्कीले यस क्षेत्रका साथै देशको विकास, जनताको आर्थिक समृद्धि, रोजगारी सृजनाको लागि योजना बनाएर अगाडि बढ्ने उल्लेख गरे । शिक्षामा सूचना प्रविधिको प्रयोगमा जोड दिएर योजना बनाउने उनले बताए । शिक्षा, स्वास्थ्य, विद्युत्, भौतिकलगायतको विकास निर्माणको कार्य पाँच वर्षमा सम्पन्न गरेर गरिबी निवारण र रोजगारीको कार्यक्रममा लागि पर्ने उनले उल्लेख गरे ।

देश विकासका लागि पर्यटन, ऊर्जा, उद्योग, कृषिसहित सूचना प्रविधिसमेतको महत्वपूर्ण भूमिका हुने मन्त्री कार्कीले बताए । विद्यालय र क्याम्पसमा सूचना प्रविधिको काम भइराखेको तथा पेपरलेस प्रविधिको लागि काम भइरहेको मन्त्री कार्कीले जानकारी दिए । वर्षमा दुई जना सप्तकोसी बहुमुखी क्याम्पमा अध्ययनरत गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तिसमेत उपलब्ध गराउने मन्त्री कार्कीले प्रतिबद्धता व्यक्त गरे ।

प्रकाशित मिति : १६ मंसिर २०७९, शुक्रबार  ७ : ४३ बजे

अधिवक्ता मिश्र कैलाली ३ बाट स्वतन्त्र उम्मेदवार बन्ने

धनगढी- आगामी निर्वाचनमा कैलाली क्षेत्र नम्बर ३ बाट युवा कानुन

देउवाको नियति : शक्तिमा हुँदा जहिल्यै गलहत्तिनुपर्ने, भोग्न बाध्य भए बीपीदेखि गगनसम्मको चोट

काठमाडौं – नेपाली कांग्रेसको सभापतिका रूपमा शुक्रबारदेखि वैधानिकता गुमाएका शेरबहादुर

तनहुँमा एकजना मृत फेला

तनहुँ – तनहुँको म्याग्दे गाउँपालिका–५ धारापानीस्थित भिमाद बेलचौतारा भित्री सडकखण्डमा

अमरेशकुमार सिंह रास्वपामा प्रवेश गर्दै

काठमाडौं – नेपाली कांग्रेसबाट कारबाहीमा परेपछि २०७९ को प्रतिनिधि सभा

पर्यटन उद्योग अर्थतन्त्रको मेरुदण्ड : उपराष्ट्रपति यादव

काठमाडौं – उपराष्ट्रपति रामसहाय प्रसाद यादवले पर्यटन उद्योग राष्ट्रिय अर्थतन्त्रको