कांग्रेस केन्द्रीय कार्यसमितिको दोस्रो बैठक आज « Khabarhub

कांग्रेस केन्द्रीय कार्यसमितिको दोस्रो बैठक आज


१९ पुस २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ।

बैठक दिउँसो २ बजे पार्टी कार्यालय सानेपामा सुरु हुने पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिब कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

१४ औँ महाधिवेशनले चयन गरेको केन्द्रीय कार्यसमितिको बैठक आज दोस्रो पटक बस्न लागेको हो ।

सभापति शेरबहादुर देउवाले दोस्रो बैठक बस्नुअघि १३ जना नेतालाई केन्द्रीय सदस्य मनोनित गरेका छन् । उनले महाधिवेशनमा आफूलाई सघाएका नेताहरुलाई मनोनित गरेका छन् । उनले शनिबार १० जना र आइतबार ३ जनालाई मनोनित गरेका हुन् । विधानअनुसार देउवाले अझै २० जना मनोनित गर्न सक्छन् । सभापतिले ३३ जना केन्द्रीय सदस्य समावेशीका आधारमा मनोनित गर्न सक्ने विधानमा व्यवस्था छ ।

सभापतिमा पराजित डा. शेखर कोइरालाले पहिलो बैठक बहिस्कार गरेका थिए। देउवाले डा. कोइरालाको वरीयता पछाडी राखेपछि उनी पहिलो बैठकमा सहभागी भएनन् । दोस्रो बैठकमा उनले के गर्छन् भन्ने टुंगो लागिनसकेको उनी निकट स्रोतले जनायो । वरीयता विवाद मिलेको छैन ।

प्रकाशित मिति : १९ पुस २०७८, सोमबार  ६ : ३३ बजे

महाधिवेशन विवाद : कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

ललितपुर – महाधिवेशनको विवाद फेरि चर्किदै गएको नेपाली कांग्रेसको केन्द्रीय

मुग्लिनमा आजदेखि सुन्तला महोत्सव तथा फुड फेस्टिबल

मुग्लिन– आजदेखि दोस्रो इच्छाकामना सुन्तला महोत्सव तथा ‘फुड फेस्टिबल’ सुरु

पेटभित्रबाट निकालियो लागुऔषध, तीन विदेशी पक्राउ

काठमाडौं – नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले पेटभित्र राखेर

निरन्तर चल्दै छ कोलमा उखु पेल्ने चलन

म्याग्दी– मंगला गाउँपालिकाका किसानले एक सय वर्ष पुरानो कोलमा उखु

सुदूरपश्चिममा रेबिज सङ्क्रमणको चुनौती बढ्दो

कञ्चनपुर– सुदूरपश्चिम प्रदेशमा पछिल्लो समय रेबिज सङ्क्रमणको अवस्था गम्भीर बन्दै