बार्सिलोनाको जित | Khabarhub Khabarhub

बार्सिलोनाको जित


१९ पुस २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – स्पेनिस ला लिगामा रियल मड्रिडको ११ खेलसम्मको अपराजित यात्रा टुंगिदा क्याटलान क्लब बार्सिलोनाले भने जित हात पारेको छ ।

राति गेटाफेसँग १-० को अप्रत्याशित हारसङ्गै मड्रिडको अपराजित यात्रामा पूर्णबिराम लागेको हो ।

गेटाफेको जितमा एनेस युनलले नवौँ मिनेटमा गरेको गोल निर्णायक बन्यो । यसअघि मड्रिड पछिल्लो पाँच अवे खेलमा अपराजित थियो ।

२० खेलबाट ४६ अंक जोडेको मड्रिड हारपछि पनि शीर्ष स्थानमा यथावत् छ । मड्रिडलाई पछ्याइरहेको सेभियाले १८ खेलबाट ३८ अंक जोडेको छ ।

तालिकामा १९ खेलबाट २३ अंक जोडेको गेटाफे १२औँ स्थानमा उक्लिएको छ ।

राति नै भएको अर्को खेलमा बार्सिलोनाले आरसीडी मालोर्कालाई १-० अन्तरले पराजित गर्‍यो । क्याटलान क्लब बार्सिलोनाको जितमा लुक डी जोङले ४४औँ मिनेटमा गरेको हेड गोल निर्णायक बन्यो ।

जितसँगै बार्सिलोना १९ खेलबाट ३१ अंकसहित पाँचौँ स्थानमा छ । पराजित मालोर्का भने समान खेलबाट १९ अंकसहित १५ औं स्थानमा छ ।

प्रकाशित मिति : १९ पुस २०७८, सोमबार  ८ : २५ बजे

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

नेपालविरुद्ध उज्बेकिस्तानलाई २–० को अग्रता

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

मुङखेती गर्ने दुई सय २४ जनालाई अनुदान

कञ्चनपुर – शुक्लाफाँटा नगरपालिकाले मुङखेती गर्ने दुई सय २४ जना

गण्डकी प्रदेशस्तरीय महिला टी-२० क्रिकेटको उपाधि स्याङ्जालाई

कास्की – गण्डकी प्रदेशस्तरीय टी–२० महिला क्रिकेट प्रतियोगिताको उपाधि स्याङ्जाले