‘प्रथम अष्ट्रेलियन शैक्षिक मेला २०७८’ भोलि काठमाडौँमा « Khabarhub

‘प्रथम अष्ट्रेलियन शैक्षिक मेला २०७८’ भोलि काठमाडौँमा


१९ पुस २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – ‘स्टडी इन अष्ट्रेलिया’ भन्ने मूल नाराका साथ भोलि (मंगलबार) काठमाडौँमा ‘प्रथम अष्ट्रेलियन शैक्षिक मेला’ हुँदैछ ।

शैक्षिक मेला बिहान १० देखि बेलुकी ५ बजेसम्म नयाँ बानेश्वरस्थित एभरेष्ट होटलमा हुने आयोजक नोभा एजुकेशन एण्ड कन्सल्टिङ सर्भिसेजले जनाएको छ ।

यस वर्षको अष्ट्रेलियन शैक्षिक मेलामा अष्ट्रेलियामा विभिन्न विषयमा पढ्न चाहने विद्यार्थीहरुको लागि अस्ट्रेलियाको कलेज र युनिभर्सिटीका साथै शैक्षिक ऋण र बीमा सेवासमेत गरी १५ वटा संस्थाहरुको सहभागिता रहने बताइएको छ।

कक्षा ११, १२ मा अध्ययनरतलगायत कक्षा १२ को परीक्षा सकेर बसेका साथै ब्याचलर्स र मास्टर्सका हजारौं विद्यार्थीको सहभागिता रहने नोभाका कार्यकारी निर्देशक रमण कोइरालाले बताए।

एक सय सहभागीलाई नि:शुल्क आइएल्टीएस वा पीटीइ कक्षाहरू उपलब्ध गराइनेछ भने र बिजेतालाई अष्ट्रेलियाको नि:शुल्क हवाई भाडा दिइनेछ ।

उद्घाटन एचई फेलिसिटी भोल्क नेपालका लागि अष्ट्रेलियाली राजदूतद्वारा हुने तयारी छ ।

यो मेलामा विद्यार्थीले अष्ट्रेलियामा जान आवश्यक शैक्षिक परामर्श नि:शुल्क साथै थुप्रै उपहारहरुका र छात्रबृत्तिको व्यवस्था छ ।

प्रकाशित मिति : १९ पुस २०७८, सोमबार  ८ : ५० बजे

सुदन किराँतीले चुनाव नलड्ने, हर्क र ध्रुवलाई सहयोग गर्ने घोषणा

काठमाडौं – पूर्वमन्त्री तथा प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता सुदन किराँतीले

तनहुँमा स्वर्णिम वाग्लेविरुद्ध चुनाव लड्दै शंकर भण्डारी

काठमाडौं- नेपाली कांग्रेसले तनहुँ–१ मा शंकर भण्डारीलाई उमेदवार बनाएको छ

सुदन गुरुङ गोरखा–१ मा रास्वपाको उम्मेदवार

५ माघ, काठमाडौं ।काठमाडौँ – हामी नेपाल नामक गैरसरकारी संस्थाका

सिरहा–१ मा कांग्रेसबाट रामसुन्दर चौधरीले पाए टिकट

काठमाडौं – नेपाली कांग्रेसले सिरहा निर्वाचन क्षेत्र–१ बाट प्रतिनिधिसभा सदस्यका

बागलुङमा नेकपा र जनमोर्चाबीच चुनावी तालमेल

पोखरा – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित