‘प्रथम अष्ट्रेलियन शैक्षिक मेला २०७८’ भोलि काठमाडौँमा « Khabarhub

‘प्रथम अष्ट्रेलियन शैक्षिक मेला २०७८’ भोलि काठमाडौँमा


१९ पुस २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – ‘स्टडी इन अष्ट्रेलिया’ भन्ने मूल नाराका साथ भोलि (मंगलबार) काठमाडौँमा ‘प्रथम अष्ट्रेलियन शैक्षिक मेला’ हुँदैछ ।

शैक्षिक मेला बिहान १० देखि बेलुकी ५ बजेसम्म नयाँ बानेश्वरस्थित एभरेष्ट होटलमा हुने आयोजक नोभा एजुकेशन एण्ड कन्सल्टिङ सर्भिसेजले जनाएको छ ।

यस वर्षको अष्ट्रेलियन शैक्षिक मेलामा अष्ट्रेलियामा विभिन्न विषयमा पढ्न चाहने विद्यार्थीहरुको लागि अस्ट्रेलियाको कलेज र युनिभर्सिटीका साथै शैक्षिक ऋण र बीमा सेवासमेत गरी १५ वटा संस्थाहरुको सहभागिता रहने बताइएको छ।

कक्षा ११, १२ मा अध्ययनरतलगायत कक्षा १२ को परीक्षा सकेर बसेका साथै ब्याचलर्स र मास्टर्सका हजारौं विद्यार्थीको सहभागिता रहने नोभाका कार्यकारी निर्देशक रमण कोइरालाले बताए।

एक सय सहभागीलाई नि:शुल्क आइएल्टीएस वा पीटीइ कक्षाहरू उपलब्ध गराइनेछ भने र बिजेतालाई अष्ट्रेलियाको नि:शुल्क हवाई भाडा दिइनेछ ।

उद्घाटन एचई फेलिसिटी भोल्क नेपालका लागि अष्ट्रेलियाली राजदूतद्वारा हुने तयारी छ ।

यो मेलामा विद्यार्थीले अष्ट्रेलियामा जान आवश्यक शैक्षिक परामर्श नि:शुल्क साथै थुप्रै उपहारहरुका र छात्रबृत्तिको व्यवस्था छ ।

प्रकाशित मिति : १९ पुस २०७८, सोमबार  ८ : ५० बजे

कृष्ण थापाको निधनमा अध्यक्ष ओली : मेरा ४३ वर्ष देखिका साथीको निधनमा दुःखी छु

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी केन्द्रीय सदस्य

समानुपातिकको सांसद छान्न हर्क साम्पाङलाई तनाव, दिए पार्टीबाटै हटाउने चेतावनी

काठमाडौँ – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज साम्पाङले समानुपातिकतर्फको सांसदको

समानुपातिकतर्फ चार लाख ४५ हजार मत बदर

काठमाडौं- यही फागुन २१ मा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्ष

महावीर पुनको निर्वाचन खर्च २८ लाख ६८ हजार भन्दा बढी

म्याग्दी – नवनिर्वाचित सांसद महावीर पुनले आफ्नो निर्वाचन खर्चको विवरण

चुनावको खर्च विवरण ३५ दिनभित्रै सार्वजनिक गर्न आग्रह

काठमाडौँ – निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचन प्रचारप्रसारमा भएको आम्दानी