खुट्टामा यस्तो चिन्ह वा रेखा हुनेहरू हुन्छन् भाग्यशाली | Khabarhub Khabarhub

खुट्टामा यस्तो चिन्ह वा रेखा हुनेहरू हुन्छन् भाग्यशाली


१९ पुस २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ज्योतिषिय मान्यता अनुसार हातका रेखाले मानिसको भविष्य र व्यक्तित्वका बारेमा जान्न सकिन्छ । त्यसैगरी समुन्द्र शास्त्रका अनुसार खुट्टा र निधारका रेखाले पनि मानिसका कैयौँ राज खोल्ने विश्वास गरिन्छ ।

समुन्द्र शास्त्र अनुसार निधार र खुट्टाका रेखा, शरीरका विभिन्न अङ्गको बनावट, कोठी, चिन्हले व्यक्तिका बारेमा जान्न सकिन्छ । शास्त्रको मान्यता अनुसार खुट्टाको चिन्ह र रेखा शुभ मानिन्छ । यी चिन्हले व्यक्ति धनवान् र सफल बन्ने विश्वास गरिन्छ । कस्ता चिन्ह र रेखा शुभ मानिन्छ ।

– यदि खुट्टाको बीचबाट कुनै रेखा मध्यम औलासम्म पुगेको छ भने यस्ता जातकले जीवनमा सम्पूर्ण सुख–सुविधा पाउने विश्वास गरिन्छ । यस्ता व्यक्तिले प्रशस्त सम्पत्ति प्राप्त हुने र सुखी पारिवारिक जीवन बिताउने विश्वास गरिन्छ ।

– यस्तै जुन जातकको खुट्टामा शंख, चक्र, माछा, कमलको फूल जस्ता चिन्ह हुन्छ ती व्यक्ति अधिक भाग्यशाली मानिन्छन् । यस्ता व्यक्ति समाजमा, सरकारमा वा धार्मिक–आध्यात्मिक जीवनमा ठुलो पद प्राप्त गर्ने विश्वास गरिन्छ ।

– यदि कुनै व्यक्तिको खुट्टामा छाता, चक्र, ध्वजा, स्वस्तिक, कुण्डल, रथ जस्ता शुभ चिन्ह छ भने यस्ता व्यक्तिले राजा समान जीवन प्राप्त गर्ने विश्वास गरिन्छ । यस्ता व्यक्ति देश विदेशमा चर्चित हुने र ठुलो पदमा हुने विश्वास गरिन्छ । समुद्र शास्त्र अनुसार यस्ता व्यक्ति प्रधानमन्त्री, राष्ट्रपति जस्ता पदसम्म पुग्न सक्छन् ।

– यदि जातकको खुट्टाको बुडी औलामा एक सिधा रेखा भए यस्ता व्यक्ति विवाहको मामलामा भाग्यशाली मानिन्छन् । यस्ता व्यक्तिको चाँडै विवाह हुने विश्वास गरिन्छ । यस्ता व्यक्तिले अत्यन्त प्रेम गर्ने जीवनसाथी पाउने शास्त्रको मान्यता छ ।

– जुन जातकको दायाँ खुट्टामा माला, अंकुश, चक्रको चिन्ह हुन्छ यस्ता व्यक्ति ठुलो पदमा नपुगे पनि राजा समान जीवन जिउने र सोही समानको धनसम्पती पाउने विश्वास गरिन्छ । यस्ता व्यक्तिले ठुलो मात्रामा पुख्र्यौली सम्पत्ति पाउने शास्त्रको मान्यता छ ।

प्रकाशित मिति : १९ पुस २०७८, सोमबार  ७ : १४ बजे

चुलाचुली १ मा डेकेन्द्रलाई एक हजार ३१ मत, सुहाङको अग्रता कायमै

इलाम – इलाम क्षेत्र नम्बर २ अन्तर्गत फाकफोकथुम गाउँपालिका र

हैदरावादविरुद्ध चेन्नई सुपर किंग्सको उत्कृष्ट जित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा सनराइजर्स हैदरावादविरुद्ध चेन्नई

बझाङमा एमालेको अग्रता कायमै, मतान्तर घटाउँदै कांग्रेस

बझाङ – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना अहिले जारी

इलाम–२ मा सुहाङले कटाए ४ हजार मत, चुलाचुलीको गणना सुरु

इलाम – इलाम २ मा आइतबार सम्पन्न उपनिर्वाचनको मतगणना जारी

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास

काठमाडौं । मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको प्रवेश व्यवस्थापनलाई सहज