खुट्टामा यस्तो चिन्ह वा रेखा हुनेहरू हुन्छन् भाग्यशाली « Khabarhub

खुट्टामा यस्तो चिन्ह वा रेखा हुनेहरू हुन्छन् भाग्यशाली


१९ पुस २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ज्योतिषिय मान्यता अनुसार हातका रेखाले मानिसको भविष्य र व्यक्तित्वका बारेमा जान्न सकिन्छ । त्यसैगरी समुन्द्र शास्त्रका अनुसार खुट्टा र निधारका रेखाले पनि मानिसका कैयौँ राज खोल्ने विश्वास गरिन्छ ।

समुन्द्र शास्त्र अनुसार निधार र खुट्टाका रेखा, शरीरका विभिन्न अङ्गको बनावट, कोठी, चिन्हले व्यक्तिका बारेमा जान्न सकिन्छ । शास्त्रको मान्यता अनुसार खुट्टाको चिन्ह र रेखा शुभ मानिन्छ । यी चिन्हले व्यक्ति धनवान् र सफल बन्ने विश्वास गरिन्छ । कस्ता चिन्ह र रेखा शुभ मानिन्छ ।

– यदि खुट्टाको बीचबाट कुनै रेखा मध्यम औलासम्म पुगेको छ भने यस्ता जातकले जीवनमा सम्पूर्ण सुख–सुविधा पाउने विश्वास गरिन्छ । यस्ता व्यक्तिले प्रशस्त सम्पत्ति प्राप्त हुने र सुखी पारिवारिक जीवन बिताउने विश्वास गरिन्छ ।

– यस्तै जुन जातकको खुट्टामा शंख, चक्र, माछा, कमलको फूल जस्ता चिन्ह हुन्छ ती व्यक्ति अधिक भाग्यशाली मानिन्छन् । यस्ता व्यक्ति समाजमा, सरकारमा वा धार्मिक–आध्यात्मिक जीवनमा ठुलो पद प्राप्त गर्ने विश्वास गरिन्छ ।

– यदि कुनै व्यक्तिको खुट्टामा छाता, चक्र, ध्वजा, स्वस्तिक, कुण्डल, रथ जस्ता शुभ चिन्ह छ भने यस्ता व्यक्तिले राजा समान जीवन प्राप्त गर्ने विश्वास गरिन्छ । यस्ता व्यक्ति देश विदेशमा चर्चित हुने र ठुलो पदमा हुने विश्वास गरिन्छ । समुद्र शास्त्र अनुसार यस्ता व्यक्ति प्रधानमन्त्री, राष्ट्रपति जस्ता पदसम्म पुग्न सक्छन् ।

– यदि जातकको खुट्टाको बुडी औलामा एक सिधा रेखा भए यस्ता व्यक्ति विवाहको मामलामा भाग्यशाली मानिन्छन् । यस्ता व्यक्तिको चाँडै विवाह हुने विश्वास गरिन्छ । यस्ता व्यक्तिले अत्यन्त प्रेम गर्ने जीवनसाथी पाउने शास्त्रको मान्यता छ ।

– जुन जातकको दायाँ खुट्टामा माला, अंकुश, चक्रको चिन्ह हुन्छ यस्ता व्यक्ति ठुलो पदमा नपुगे पनि राजा समान जीवन जिउने र सोही समानको धनसम्पती पाउने विश्वास गरिन्छ । यस्ता व्यक्तिले ठुलो मात्रामा पुख्र्यौली सम्पत्ति पाउने शास्त्रको मान्यता छ ।

प्रकाशित मिति : १९ पुस २०७८, सोमबार  ७ : १४ बजे

मुन्दुम ट्रेलमा लालीगुराँसको रौनक: पर्यटक लोभ्याउँदै १८ प्रजातिका गुराँस

खोटाङ – नेपाल सरकारले निर्धारण गरेको १०० पर्यटकीय गन्तव्यमध्येको एक

गायकवाडको कप्तानी इनिङ: मुम्बईमाथि चेन्नाईको ८ विकेट जित

चेन्नाई – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत शनिबार राति भएको

भरुवा बन्दुकसहित वडा सदस्य पक्राउ

हुम्ला – खार्पुनाथ गाउँपालिका–४ का वडा सदस्य ६३ वर्षीय मक्कबहादुर

केही स्थानमा मध्यम वर्षा र हिमपातको सम्भावना

काठमाडौँ – आइतबार दिउँसो मुलुकका केही स्थानमा मेघगर्जन र चट्याङसहित

राष्ट्रपतिद्वारा विश्व प्रेस स्वतन्त्रता दिवसको शुभकामना

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले ‘नेपाली सञ्चार जगत्लाई संविधानप्रदत्त अधिकारको