एमालेको महोत्तरी अधिवेशन सारियो | Khabarhub Khabarhub

एमालेको महोत्तरी अधिवेशन सारियो


१९ पुस २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

महोत्तरी – नेकपा (एमाले) महोत्तरीको जिल्ला अधिवेशन फेरि सारिएको छ ।

२३ पुसमा एकैपटक जिल्ला अधिवेशन तय भए पनि महोत्तरीमा भने तयारी नपुग्ने भन्दै ५-६ माघका लागि सारिएको हो ।

६ पालिकामा अझै अधिवेशन हुन नसकेकाले जिल्ला अधिवेशन सारिएको केन्द्रीय सदस्य टेकबहादुर बलाम्पाकी मगरले जानकारी दिए । क्षेत्र नम्बर १ र ३ मा सम्पन्न भए पनि २ र ४ मा विवाद कायमै रहेको एमाले महोत्तरीका सचिव सीताराम झाले जानकारी दिए ।

नेतृत्वका लागि आकांक्षी धेरै भएकाले सहमतिको प्रयास गरिएको छ । प्रतिनिधि चयनमा पनि आफूखुसी निर्णय लिएको भन्दै अहिले पनि एमालेभित्र ठूलो विवाद छ । एकता प्रक्रियाबाट आएका पूर्व माओवादीले आफूखुसी निर्णय लिएको संस्थापन पक्षले आरोप लगाउँदै आएको छ ।

एमालेको १०औँ महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित टेकबहादुर बलाम्पाकी, जनप्रतिनिधि तथा वडाध्यक्ष फाल्गुन सुस्लिङ्ग मगर पूर्वमाओवादी हुन् ।

जिल्ला अधिवेशनमा पनि रस्साकस्सी हुने देखिएको छ । महाअधिवेशन प्रतिनिधिमा असन्तुष्ट पक्षले जिल्ला अधिवेशनमा पनि आफूखुसी गरे एमाले महोत्तरीमा थप विवाद बढनसक्ने र अर्को पक्षले फाइदा लिने जिल्लाका कतिपय नेताको आँकलन छ ।

जिल्ला पाटीभित्रको विवाद समाधानका लागि जिल्लास्थित नेताहरुले केन्द्रीय सदस्य तथा पोलुटब्युरो सदस्य रामदयाल मण्डललाई अगाडि सारेका छन् ।

प्रकाशित मिति : १९ पुस २०७८, सोमबार  १० : १६ बजे

सेफ्टी ट्याङ्कीमा खसेर मृत्यु

चितवन– सेफ्टी ट्याङ्कीमा खसेर एक महिलाको मृत्यु भएको छ ।

ह्युमपाइप राखेर नाला–भक्तपुर सडकखण्ड सञ्चालन

काभ्रे– अवरुद्ध नाला–भक्तपुर सडकखण्डमा आइतबार बिहानदेखि यातायात सञ्चालनमा ल्याइएको छ

राहुघाट नदी कटान रोक्न ‘कम्पोजिट’ पर्खाल

म्याग्दी– राहुघाट नदी कटानको जोखिममा रहेको म्याग्दीको बेनी नगरपालिका– ९

गिलको ‘ब्याक टु ब्याक’ शतकले इङ्गल्यान्डविरुद्ध बलियो बन्यो भारत

काठमाडौं – कप्तान शुभमन गिलले फेरि शतक प्रहार गरेपछि भारती

सय हेक्टरमा धानको बीउ उत्पादन गर्दै सहकारी

कैलाली- करिब दुई दशकअघिबाट धानको बीउ उत्पादन सुरु गरेको जानकी