यसरी घरमै बनाउन सकिन्छ चम्किलो दाँत « Khabarhub

यसरी घरमै बनाउन सकिन्छ चम्किलो दाँत


१९ पुस २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हरेक व्यक्तिको सुन्दरतामा उसको दाँतको महत्त्वपूर्ण भूमिका हुन्छ । व्यक्तिलाई आकर्षक देखाउन दाँत महत्त्वपूर्ण मानिन्छ । त्यसैले सधैँ दाँतलाई चम्किलो र आकर्षक बनाउन आवश्यक छ । तर डेन्टल सेन्टरमा गएर दाँतलाई चम्किलो र आकर्षक बनाउनु भन्दा घरमै रहेका बस्तु तथा खानेकुराको प्रयोग गरेर पनि यसलाई सुन्दर बनाउन सकिन्छ ।

यस्ता छन् दाँत सुन्दर बनाउने घरेलु उपाय

– बेकिङ सोडा
एक चौथाइ चिया चम्चा बेकिङ सोडालाई पानीमा मिलाएर ब्रसको सहायताले दाँतमा रगड्दा केही समयमै दाँत सेतो देखिन थाल्छ ।

– स्ट्रबेरी
स्ट्रवेरीमा मेलिक एसिड नामक तत्व रहेको हुन्छ, जुन प्राकृतिक रूपमा दाँत चम्काउन सहयोगी हुन्छ । नियमित रूपमा स्ट्रबेरी खाँदा दाँत चम्किलो देखिन्छ ।

– नुन–पानी
नुनपानी प्राकृतिक एन्टिबायोटिक हो । यसले प्राकृतिक रूपमा दाँत सेतो बनाउन सकिन्छ भने गिजाको स्याहार पनि गर्छ । एक कप तातो पानीमा एक चिया चम्चा नुन हालेर यसले कुला गर्दा दाँत चम्किलो हुनुका साथै गिजा पनि स्वस्थ्य हुन्छ ।

– सेतो खानेकुरा
जति जति सेतो खानेकुरा खायो दाँत पनि त्यति नै सेतो हुँदै जान्छ । कुखुराको मासु, भात र माछा खाने गरे दाँत सेतो हुन्छ ।

– स्याउ
मेलिक एसिड अन्तर्निहित हुने भएकाले स्याउको सेवनले दाँतलाई सेतो बनाउन सकिन्छ ।

– पानी र दूध
कागती पानी पिउँदा दाँतलाई फाइदा पुग्छ । यस्तै दुमा हुने क्याल्सियमले पनि दाँत तथा गिजालाई बलियो र सफा बनाउन मद्दत गर्छ ।

– नरिवलको तेल
एक चम्चा नरिवलको तेल मुखमा हालेर सकेसम्म धेरै बेर कुला गर्दा दाँतमा रहेका ब्याक्टेरिया हटाएर दाँतलाई चिल्लो बनाएर यसमा रहेका दागहरु पनि सफा गर्छ ।

प्रकाशित मिति : १९ पुस २०७८, सोमबार  ६ : २९ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै