८० वर्ष पुरानो आँपको रुखसहित यसरी बनाइयो शानदार घर « Khabarhub

८० वर्ष पुरानो आँपको रुखसहित यसरी बनाइयो शानदार घर


१९ पुस २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नयाँ घर बनाउँदै गर्दा अधिकांशले घर बनाउने स्थानमा भएका बोट बिरुवा काटेर फाल्छन् । तर विश्वमा केही यस्ता घरधनी छन् जसले घर बनाउने स्थानमा रहेका रुख काट्नुको सट्टा ती रुख नकाटी घर बनाएका छन् । यस्तै एक घरधनीले रुख नकाटी ४ तले सुन्दर भवन बनाएका छन् ।

कुल प्रदीप सिंह नामक आइआइटीका इन्जीनियरले सन् २००० मा एक यस्तो भवन बनाए जसको चर्चा विश्वभर छ । उनले भारतको उदयपुरमा ८० वर्ष पुरानो आँपको रुख नकाटी त्यसैमा समेटेर चार तले घर बनाए । जसका कारण यस घरलाई मानिस ट्रि हाउसका नामले समेत चिन्ने गर्दछन् ।

सिंहले बनाएको घर फुल फर्निश्ड भवन हो । जसमा सबै सुख सुविधा समावेश छ । उनको घरमा भान्सा, बेडरूम, बाथरूम, डाइनिंग हल तथा लाइब्रेरी समेत बनाइएको छ ।

तर यो भवन बनाउँदा उनले उक्त आँपको रुखको एउटा पनि हाँगा नकाटी बनाए । जसका कारण उनका कोठाहरुबाट आँपको हाँगा बाहिर निस्केको देख्न पाइन्छ । यस बोटमा जब फल लाग्छ ती फल घर भित्रै झुन्डिएको पाइन्छ । यस बोटमा झ्याल मार्फत कैयौँ पक्षी घरभित्रै आउने समेत गर्दछन् ।

प्रकाशित मिति : १९ पुस २०७८, सोमबार  ७ : ३२ बजे

सीमा अपराध नियन्त्रणमा कडाइका साथ लाग्न महानिरीक्षक पौडेलको निर्देशन

काठमाडौं– सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले सीमा क्षेत्रमा हुने अवैध

वन व्यवस्थापनबाट तनहुँमा तीन हजार ३३४ क्युफिट काठ उत्पादन

दमौली– तनहुँमा सामुदायिक वनको वैज्ञानिक तथा व्यवस्थित वन व्यवस्थापनमार्फत तीन

हिम्लुङ हिमपहिरोमा थप आठ जनाको शव भेटियो

मनाङ– मनाङको नार्पाभूमि गाउँपालिका–५ स्थित हिम्लुङ हिमालमा गएको हिमपहिरोमा हराइरहेकामध्ये

मनाङमा अलपत्र १६ पर्यटकको उद्धार

लमजुङ– मनाङमा अलपत्र परेका १६ जना इन्डोनेसियाली पर्यटकलाई आज हेलिकप्टरबाट