मोरङमा ३० हजार मतदाता थपिए « Khabarhub

मोरङमा ३० हजार मतदाता थपिए


१९ पुस २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराटनगर – फोटोसहितको मतदाता नामावली सङ्कलन गर्ने क्रममा मोरङमा ३० हजार मतदाता थपिएका छन् ।

प्रदेश निर्वाचन कार्यालय मोरङका अनुसार गत मङ्सिर १७ गतेदेखि यही पुस १८ गतेसम्म प्रत्येक पालिकामा निर्वाचन मतदाता नामावली सङ्कलन अभियान चलाइएको थियो । सो अभियानअन्तर्गत नामावली सङ्कलनमा छुटेका मतदातालाई सहभागी गराउन जिल्लाको चार स्थानमा यही २० गतेदेखि पुस २९ गतेसम्म सो अभियान सञ्चालन रहने प्रमुख जिल्ला अधिकारी काशीराज दाहालका अध्यक्षतामा बसेको सर्वदलीय बैठकमा जानकारी गराइयो ।

मतदाता नामावली सङ्कलनको लागि थपिएको समयमा इलाका प्रशासन कार्यालय रङ्गेली, इलाका प्रशासन कार्यालय उर्लाबारी, जिल्ला प्रशासन कार्यालय मोरङ र निर्वाचन प्रदेश कार्यालय विराटनगर मतदाता नामावली सङकलनको काम हुने प्रदेश निर्वाचन कार्यालय प्रमुख लेवन काश्यप अधिकारीले बताए ।

उहाँले जिल्ला प्रशासन कार्यालय र प्रदेश निर्वाचन कार्यालयमा नियमित फोटोसहितको मतदाता नामावली सङ्कलन गर्ने काम भइरहेको भएपछि छुट भएका मतदातालाई सहभागी गराउन थप जनशक्तिसहितको एकाइ चारवटै स्थानमा थपेर नामावली सङ्कलन गर्ने र यसका लागि प्रत्येक राजनीतिक दलले सहयोग एवं सहजीकरण गरिदिन आग्रह गरिएको छ ।

एक महानगरपालिकासहित १७ पालिका र छ निर्वाचन क्षेत्र रहेको मोरङमा छ लाख ६९ हजार मतदाता थियो भने यो अभियान सञ्चालन भएपछि मतदाता थपिएको बताइएको छ ।

प्रकाशित मिति : १९ पुस २०७८, सोमबार  १० : ४० बजे

पत्रकारिता छोडेर ऋषि धमला राजनीतिमा : रौतहट–४ बाट चुनाव लड्दै

काठमाडौं – पत्रकार ऋषि धमला राजनीतिमा औपचारिक रुपमा प्रवेश गरेका

आगलागीले निस्सासिएकी वृद्धाको उद्धार

कर्णाली – सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–३ मङ्गलगढी चोक नजिक रहेको मानिकेज

देउवा चुनाव नलड्ने : कांग्रेसका उम्मेदवार कसले कहाँबाट पाए टिकट ?

काठमाडौं – नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा चुनाव नलड्ने

निर्वाचन ४४ दिन बाँकीः उम्मेदवारी दर्ता गराउन नागरिकता अनिवार्य, अरु के के चाहिन्छ ?

काठमाडौं – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको उम्मेदवार

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर