कांग्रेसमा अबदेखि गुटबन्दी र भागबण्डा रोकिन्छ : महामन्त्री गगन थापा « Khabarhub

कांग्रेसमा अबदेखि गुटबन्दी र भागबण्डा रोकिन्छ : महामन्त्री गगन थापा


१९ पुस २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अर्घाखाँची– नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीमा अबदेखि गुटबन्दी र भागबण्डा हुन रोकिने बताएका छन्। आमसभा तथा पार्टी प्रवेश कार्यक्रमका लागि अर्घाखाँचीको पाणिनी गाउँपालिका पुगेका उनले सम्बोधन गर्दै भने, ‘पार्टीमा हामी गुट भागबण्डा केही हुन दिन्नौँ, सिंगो कांग्रेस बनाएर चलाउँछौं।’

पार्टीको झगडाले देशलाई अप्ठ्यारो परिरहेको बताउँदै त्यस्तो हुन नदिन आफू कटिबद्ध रहेको उनले बताए। उनले आफू अर्घाखाँची आउँदा पार्टी सभापति शेरबहादुर देउवालाई जानकारी गराएर आएको बताए।

एमालेबाट गाउँपालिका उपाध्यक्ष जितेकी लक्ष्मी गौतमलाई कांग्रेस प्रवेश गराउँदै उनले आगामी निर्वाचनसम्म १५ लाख जनालाई कांग्रेस प्रवेश गराउन लक्ष्य रहेको बताएका छन् । उनले पार्टी प्रवेश कार्यक्रमलाई अभियानकै रुपमा लिएर आगामी आठ महिनामा १५ लाख जना प्रवेश गराउने बताए।

उनले भने, ‘औपचारिक रुपमा घोषणा नभए पनि आजैबाट पार्टी प्रवेश अभियान सुरु भएको छ। आज ५०० जना अन्य पार्टीबाट कांग्रेस प्रवेश गर्नुभएको छ ।अब १४ लाख ९९ हजार ५०० लाई पार्टीमा ल्याउँछौं। यहाँबाट फर्किने हरेकले थप एक जना पार्टी कसरी प्रवेश गराउने भन्नेबारे सोच्नुहोला।’

आगामी निर्वाचनबाट बहुमत हासिल गरेपछि पाँच वर्ष सरकार चलाएरै छाड्ने प्रतिबद्धता उनले जनाए। २०४८ सालमा बहुमत पाएको कांग्रेसले गरेको गल्ती र २०७४ सालमा नेकपाले बहुमत पाएर गरेको गल्तीबाट पाठ सिक्दै अघि बढ्ने उनको भनाइ थियो।

उनले भने, ‘यसपल्ट कांग्रेसले बहुमत पायो भने पाँच वर्ष देश चलाउँछ। २०८९ मा सरकारमा पुगेको कांग्रेस २०८४ सम्मै सरकार टिकाउँछ। कांग्रेसले २०४८ सालमा बहुमत पायो। आफ्नै गल्तीले सरकार टिकाउन सकेन। नेकपाले २०७४ मा बहुमत पायो, थेग्न सकेन। हामी आफ्नै र अर्काको गल्तीबाट पाठ सिकेर अघि बढ्छौं।’

यसपल्ट कांग्रेसले बहुमतको उपयोग कसरी गर्नेसमेत सिकाउने उनको भनाइ छ। कार्यक्रममा काँग्रेस केन्द्रीय सदस्यद्वय पुस्पा भुसाल, सञ्जय गौतम, प्रदेश सहमहामन्त्री विष्णु मुस्कान, जिल्ला सभापति केशव श्रेष्ठले मन्तव्य राखेका थिए ।

नेकपा एमालेबाट निर्वाचित गाउँपालिका उपाध्यक्ष लक्ष्मी गौतम, विष्णुभक्त पोख्रेल, रेवति पौडेल सहित ४७५ जना काँग्रेस प्रवेश गरेको काँग्रेस अर्घाखाँचीका नेता डा इन्द्रमणि पौडेलले बताए ।

प्रकाशित मिति : १९ पुस २०७८, सोमबार  ७ : ४५ बजे

हरि ढकालको माग : जेन-जी आन्दोलनका घाइतेको उपचारमा कुनै कन्जुस्याइँ नगरियोस्

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले जेन-जी आन्दोलनका घाइतेको

प्रतिपक्षीको निरन्तर विरोधपछि प्रधानमन्त्री खोज्न निस्किए सभामुख

काठमाडौं- प्रतिपक्षी दलहरूले निरन्तर अवरोध गरिरहेपछि सभामुख डोलप्रसाद अर्याल सिंहदरबारभित्रै

मोटरको विवरण फरक देखाई आधा दर्जनभन्दा बढी विद्युतीय गाडी आयात, अर्बौं राजस्व छली

काठमाडौं– मोटरपावरको विवरण फरक पारेर चीनबाट आयात हुने आधा दर्जन

कृषि, पर्यटन, रोजगारी र अर्थतन्त्रमा देखिएका समस्यामा समाधान गर्न सरकारको ध्यानाकर्षण

काठमाडौं– सांसदहरुले कृषि, पर्यटन, रोजगारी र अर्थतन्त्रमा देखिएका समस्या समाधान

अध्यागमन विभागले कार्यान्वयनमा ल्यायो ‘डिजिटल टाइम कार्ड’

काठमाडौं– अध्यागमन विभागले सहज र प्रभावकारी रुपमा सेवा प्रवाह गर्ने