२४ घण्टामा विश्वभर थपिए २८ लाख कोरोना सङ्क्रमित | Khabarhub Khabarhub

२४ घण्टामा विश्वभर थपिए २८ लाख कोरोना सङ्क्रमित


२० माघ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – विश्वभर थप २८ लाखमा कोरोना भाइरसको नयाँ सङ्क्रमण पुष्टि भएको छ। गत २४ घण्टामा यो खबर तयार पार्दासम्म २८ लाख ६० हजारभन्दा धेरै नयाँ सङ्क्रमित थपिएका हुन्।

कोरोनाको तथ्याङ्क अद्यावधिक गरिरहेको वल्डोमिटरले जनाए अनुसार योसँगै विश्वभर कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या ३८ करोड ४९ लाख नाघेको छ।

जसमध्ये ३० करोड ४८ लाख कोरोना मुक्त भएका छन्। गत २४ घण्टामा मात्रै १९ लाख ९५ हजार निको भएका छन्।

यस्तै २४ घण्टामा १० हजार बढीको मृत्यु भएसँगै कोरोनाले ज्यान गुमाउनेको सङ्ख्या ५७ लाख १६ हजारभन्दा धेरै छ।

विश्वभर अझै पनि ७ कारोड ४३ लाख सक्रिय सङ्क्रमित रहेकामा ९१ हजारको अवस्था जटिल रहेको र बाँकीको सामान्य रहेको वल्डोमिटरले उल्लेख गरेको छ।

नेपालमा संक्रमण घट्दै
नेपालमा पछिल्लो २४ घण्टामा तीन हजार ६३७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ।

११ हजार ५८२ नमुना परीक्षण गर्दा तीन हजार ६३७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी प्रवक्ता डा. संगीता मिश्रले जानकारी दिइन्।

उनका अनुसार ६ हजार ४९९ पीसीआर परीक्षण गर्दा दुई हजार २०५ जनामा र पाँच हजार ८३ एन्टिजेन परीक्षण गर्दा एक हजार ४३२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

योसँगै देशभर सक्रिय संक्रमितको संख्या ६९ हजार २९१ जना रहेको छ। पछिल्लो २४ घण्टामा सात हजार ५५५ जनामा कोरोना संक्रमणमुक्त हुँदा १२ जना संक्रमितको मृत्यु भएको छ।

यसैगरी पछिल्लो २४ घण्टामा आठ लाख १५ हजार ७९६ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन्।

प्रकाशित मिति : २० माघ २०७८, बिहीबार  ५ : ४१ बजे

सुनसरीको एक उद्योगमा आगलागी

सुनसरी – सुनसरीको दुहबी नगरपालिका–३ मा रहेको एक उद्योगमा आज

भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने बाह्य उडानतर्फको इन्धनको मूल्य घट्यो

काठमाडौं – नेपाल आयल निगमले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र

जग्गा, आवास व्यवस्था पुनरावलोन गर्न कार्यदल गठन

काठमडौं – सहरी विकास मन्त्रालयले जग्गा, आवास विकासमा देखिएका समस्या

दशैंमा पर्यटन विभाग र बोर्डले सेवा सञ्चालन गर्ने

काठमाडौं – बडा दशैंमा पर्यटकको सेवालाई मध्यनजर गरी पर्यटन विभाग

विधिपूर्वक गरियो कात्यायनी देवीको पूजा

काठमाडौं – आश्विन शुक्ल षष्ठीका दिन आज दशैं घर वा