पाँच महिनापछि सार्वजनिक कार्यक्रममा देखिइन रि सोल जु « Khabarhub

पाँच महिनापछि सार्वजनिक कार्यक्रममा देखिइन रि सोल जु


२० माघ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

प्योङयाङ– उत्तर कोरियाली नेता किम जोङ उनकी पत्नी रि सोल जु पाँच महिनापछि पहिलो पटक सार्वजनिक कार्यक्रममा देखिएकी छिन् । कोभिड महामारीका बेला किम परिवारले ‘लो प्रोफाइल’ कायम राखिरहेका बेला बुधबार रि सार्वजनिक कार्यक्रममा देखिएकी हुन् । नयाँ वर्षको बिदा मनाउने क्रममा किम र रि राजधानी प्योङयोङस्थित मानसुडे आर्ट थियटरको एउटा कला प्रस्तुतिमा सहभागी भएको कोरियाली समाचार संस्था केसीएनएले जनाएको छ ।

उनी अन्तिम पटक ९ सेप्टेम्बरमा कुमासुसन प्यालेस अफ दी सनमा किमसँगै देखिएकी थिइन् । उत्तर कोरिया स्थापनाको वार्षिकोत्सवको अवसरमा किम र रि सो प्यालेसमा पुगेका थिए । कोरियाका संस्थापक किम इल सुङको मृत्युअघिसम्म सो प्यालेस उत्तर कोरियाली नेताको आवास थियो ।

‘स्वागत संगीतको धुनबीच नाट्यशालको सभाकक्षमा रिसँगै किम देखिएपछि दर्शकहरुले चर्को स्वरमा ‘हुर्रे’ भनेर ठूलो आवाज निकालेको केसीएनएले जनाएको छ । आकर्षक ढंगले दर्शकलाई हात हल्लाएपछि कलाकारसँग तस्बिर खिचाएर सो जोडी स्टेजमा पुगेको थियो ।

किमसँग सामाजिक, व्यापारिक र सैन्य कार्यक्रममा किम सँगै हिँडेपछि रिले अन्तर्राष्ट्रिय समुदायको ध्यानकर्षण गरेकी थिइन् । यसअघि किमका अग्रज तथा पिता किम जोङ इल सार्वजनिक कार्यक्रममा आफ्ना पत्नीसँग विरलै देखिन्थे ।

हालै एउटा कन्सर्टमा देखिनुअघि उनी एक वर्षभन्दा बढी समय सरकारी सञ्चार माध्यामबाट टाढा रहेकी थिइन् । उनको अनुपस्थितिलाई लिएर उनको स्वास्थ्यमा समस्या भएको अनुमान गरिएको थियो । कतिपयले उनी गर्भवती भएको अड्कल गरेका थिए । सम्भावित कोभिड संक्रमणबाट जोगिन उनी बाहिरी गतिविधिबाट टाढै रहेको दक्षिण कोरियाको राष्ट्रिय गुप्तचर सेवाले सांसदहरुलाई जनाएको थियो । उनी ‘आफ्ना सन्तानहरुसँग राम्रो गरिरहेको’ सो सेवाले जनाएको थियो ।

किम र रिका तीन ओटा सन्तान रहेका र उनीहरुका बारेमा खासै जानाकारी नभएको पनि सो सेवाको भनाई छ । कोभिड महामारी फैलिएको बारेमा उत्तर कोरियाले कुनै पुष्टि गरेको छैन् । तर,उसले सीमा बन्द गर्नुका साथै यात्रा प्रतिबन्ध लगाएको छ ।

प्रकाशित मिति : २० माघ २०७८, बिहीबार  ३ : १५ बजे

झडप र तनावपछि सुनसरीको देवानगञ्ज र हरिनगर क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु

सुनसरी – दुई समुदायबीच भएको हिंसात्मक झडपमा एक जनाको मृत्यु

अमेरिकी डलर १५४ रुपैयाँ नाघ्यो, युरो र पाउन्डको विनिमय दर पनि घटबढ

काठमाडौँ – नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय

मध्यरातमा सुनसरी तनावग्रस्त: प्रहरीको गोली लागेर एक जनाको मृत्यु, २२ जना घाइते

सुनसरी – सुनसरीको देवानगञ्ज गाउँपालिकास्थित कप्तानगन्ज बजारमा साउने सोमबारको ‘बोलबम’

साउनको दोस्रो सोमबारः पशुपतिनाथमा पूजा, आराधना गर्नेको घुइँचो

काठमाडौँ– यस वर्षको साउनको दोस्रो सोमबार आज पशुपतिनाथ मूल मन्दिरभित्र

आज २०८३ साल साउन ११ गते सोमबारको राशिफल

काठमाडौँ – २०८३ साल साउन ११ गते सोमबार सन् २०२६