छोरा र छोरीबीच गरिने विभेदले महिलाको वृद्धि विकासमा असर « Khabarhub

छोरा र छोरीबीच गरिने विभेदले महिलाको वृद्धि विकासमा असर


२० माघ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जुम्ला– पुरुषको शक्तिका कारण हरेक महिलाको वृद्धि विकासमा असर परेको जुम्लाका महिलाले बताएका छन् । सर्बोद नेपालको आयोजना र इटालियन फाउन्डेसनको आर्थिक सहयोगमा सञ्चालन भएको लैङ्गिक समानता सम्बन्धी कार्यक्रमका सहभागी महिलाले यस्तो बताएका हुन् ।

लैङ्गिक समानता तथा समावेशीकरण सम्बन्धी तालिममा पुरुसत्व, पितृसत्तात्मक महिलाको दैनिकीमा परेको असरका बारेमा जुम्लाका झण्डै १ सय महिलालाई प्रशिक्षण दिइएको थियो ।

पुरुसत्व, पितृसत्तात्मक महिलामा घरेलु हिंसा निम्त्याएको सर्बोद नेपालकी बोर्ड सदस्य तथा महिला अधिकारका क्षेत्रकी अगुवा रेवती रावलले बताइन् । बच्चा जन्मिने बित्तिकै आमा-बुवाबाटै पुरुसत्व सोचको विकास हुने गरेको उनले बताइन् । छोरा र छोरीलाई लगाउने कपडा, शिक्षा, खानपिनबाटसमेत विभेद हुने गरेको उनले बताइन् ।

सर्वोदय नेपालका कार्यकारी निर्देशक कमल खत्रीले पुरुषको ठाउँमा महिला ल्याउनको लागि ठूलो भूमिका खेल्नुपर्ने बताए । यसका लागी महिला स्वयं सक्षम हुन जरुरी रहेको उनको धारणा थियो ।

२१औं सताब्दीमा समेत महिला कमजोर हुनु चिन्ताको विषय भएको उनले बताए । ‘महिलालाई निरिह र कमजोर पार्न समाजकै कारक तत्त्व सक्रिय छन् । यसको विरुद्धमा महिलाहरू एक हुन आवश्यक छ,’ उनले भने ।

तातोपानी-३ की लालकली बुढाले पुरुषवादी सोचले नै आफूहरूले विभेद खेप्नु परेको बताएकी छन् । तिला गाउँपालिकाकी स्थानीय महिला लालकुरा सार्कीले पनि हरेक क्षेत्रमा पुरुषहरू नै हाबी हुने गरेको गुनासो गरेकी छन् । उनले महिलाको सामाजिक, आर्थिक, राजनीतिक, धार्मिक र सांस्कृतिक क्षेत्रमा पहुँच नभएको बताएकी छन् ।

पाताारासी गाउँपालिकाकी स्थानीय देवीडोल्मा तामाङले छोराछोरीबीचको विभेद जुम्लावासी महिलाका लागि चिन्ताको विषय बन्ने गरेको बताएकी छन् । उनले पातारसीमा बालविवाह हुने गरेको गरेकाले पनि महिलाहरू सानैमा बढी महिला हिंसाको सिकार हुने गरेको बताएकी छन् ।

तिला गाउँपालिकाकी उपाध्यक्ष विष्णु बुढाले सानै उमेरमा आफूखुसी विवाह गर्ने गरेकाले पनि समस्या पैदा भइरहेको बताएकी छन् । सानो उमेरमा विवाह गरेका कारण परिवारभित्र तनाव, झगडा उत्पन्न हुने र यस्तो परिस्थितिमा युवतीको जीवन जोखिममा पर्ने गरेको बुढाले बताइन् ।

प्रकाशित मिति : २० माघ २०७८, बिहीबार  १० : ०० बजे

भृकुटीमण्डपमा गफिँदैछन् एमाले अध्यक्ष र महासचिवका उम्मेदवार

काठमाडौँ– नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि मतदान जारी

कुनैबेला कांग्रेस महासमिति सदस्य थिए ज्योति मगरको साथ पाएका पूर्ण गुरूङ

काठमाडौं– नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनमा चर्चित लोकदोहोरी गायिका

फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे

कास्की – गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले फेवाताल संरक्षणका सर्वोच्चको

एमालेका प्रतिनिधि १२ बजेसम्म मतदान केन्द्र प्रवेश गर्न पाउने

काठमाडौं- नेकपा एमाले) महाधिवेशनमा मतदान जारी छ । काठमाडौंको भृकुटीमण्डपमा

प्रवासबाट एमाले महाधिवेशनमा आएका प्रतिनिधि भन्छन् : अब पार्टी परिमार्जित भएर अघि बढ्नुपर्छ

काठमाडौं- नेकपा एमालेको एघारौँ महाधिवेशनमा ४० वटा देशबाट प्रतिनिधिहरू आएका