शुक्लागण्डकीमा माओवादीले पायो नयाँ नेतृत्व « Khabarhub

शुक्लागण्डकीमा माओवादीले पायो नयाँ नेतृत्व


२० माघ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तनहुँ– अधिवेशन सुरु भएको दुई महिनापछि मात्र नेकपा माओवादी शुक्लागण्डकी नगर कमिटीले पूर्णता पाएको छ । बिहीबार मतदानमार्फत नगर कमिटीले पूर्णता पाएको हो ।

नगर कमिटीको अध्यक्षमा मनराज गुरुङ निर्वाचित भएका छन् । गुरुङ निकटतम प्रतिस्पर्धी शरण सापकोटालाई १५ मतान्तरले पराजित गर्दै नगर कमिटी अध्यक्ष बन्न सफल भएका हुन् । गुरुङले ३९ र सापकोटाले २४ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ ।

गुरुङले यसअगाडि नगर कमिटी सचिव र कार्यवाहक अध्यक्षको जिम्मेवारी सम्हालेका थिए । सापकोटा वाइसिएल तनहुँका इन्चार्ज हुन् । गुरुङलाई गण्डकी प्रदेश कमिटी सदस्य मुक्ति सिग्देल समूह र सापकोटालाई गण्डकी प्रदेशसभा सदस्य तथा माओवादी केन्द्रीय सदस्य आशा कोइराला समूहको आशीर्वाद थियो ।

मतदानमार्फत अध्यक्षको टुंगो लगाउँदा गृहनगरमै केन्द्रीय सदस्य कोइराला समूह सिग्देल समूहभन्दा कमजोर देखिएको छ । पार्टीमा सिग्देल र कोइरालाको टसल रहेको चर्चा छ । नगर कमिटी अध्यक्षमा माओवादी केन्द्र जिल्ला समन्वय समिति सदस्य भद्रबहादुर खत्री (विष्णु) पनि उम्मेदवार थिए । तर, मतदान प्रक्रियामा नगइकन उनले उम्मेदवारी फिर्ता लिए ।

६५ सदस्यीय नगर कमिटी भए पनि विश्वजित गौतम (दिनेश) र जौमाया बराल सुनारले नगर कमिटीबाट राजीनामा दिएर प्रदेश कमिटी सदस्य भएपछि ६३ मतदाताले अध्यक्ष र उपाध्यक्ष चयनका लागि मतदान गरेका हुन् ।

उपाध्यक्षमा राजु राना, रामचन्द्र भण्डारी र चेतनारायण पौडेल विजयी भएका छन् । रानाले सर्वाधिक ५४ मत पाउँदा भण्डारी र पौडेलले समान ४७ मत प्राप्त गरे । बुद्धिबहादुर खत्रीले २६ मत पाए । प्रथम नगर अधिवेशनमा जौमाया बराल सुनारले पनि उपाध्यक्षमा उम्मेदवारी दिएकी थिइन् । प्रदेश सदस्य हुनलाई उनले उम्मेदवारी फिर्ता लिइन् ।

सहसचिवमा बिहीबार नै सुमन आले सर्वसम्मत भए । सहसचिवमा अनीश ढकाल, विनोद पौडेल र मिलन महतले उम्मेदवारी दिएर दाबी प्रस्तुत गरिरहेका थिए । अन्ततः आले सर्वसम्मत सहसचिव बन्न सफल भए ।

मंगलबार भएको बैठकले नगर कमिटीको सचिवमा जीवन पोखरेल र कोषाध्यक्षमा झ्यामकुमारी थापालाई चयन गरेको थियो । सचिवमा अनिल तिवारी र कोषाध्यक्षमा पहलसिंह विकको उम्मेदवारी परेको थियो । सर्वसम्मतका लागि दुवै ब्याक भए ।

११ मंसिरमा देशभर एकसाथ माओवादीको प्रथम गाउँ तथा नगर अधिवेशन सुरु भएको थियो । आकांक्षी धेरै भएपछि अधिवेशन सुरु भएको दिन ६५ सदस्यीय शुक्लागण्डकी नगर कमिटी मात्र चयन भयो । १८ मंसिरलाई निर्वाचनको मिति तोके पनि सर्वसम्मत नेतृत्व टुंगो लगाउने भन्दै हुन सकेन ।

पार्टीको आन्तरिक गुटगत किचलोको कारण लामो समयसम्म पदाधिकारीको टुंगो लाग्न सकेको थिएन । किस्ता किस्तामा पदाधिकारी चयन गर्दै शुक्लागण्डकी नगर कमिटीले पूर्णता पाएको छ । योसँगै तनहुँका १० वटै स्थानीय तहमा माओवादी केन्द्रको नयाँ नेतृत्व चयन भएको छ ।

प्रकाशित मिति : २० माघ २०७८, बिहीबार  १० : १५ बजे

आजपनि घट्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– स्थानीय बजारमा बुधबार सुनको मूल्य सामान्य घटेको छ ।

पुनः लयमा फर्किदै नवलपुर क्षेत्रका होटल व्यवसाय

नवलपरासी– निर्माणाधीन नारायणगढ–बुटवल सडक विस्तार आयोजनाको काम अन्तिम चरणमा पुगेपछि

सवारी नियम उल्लङ्घनमा एकै दिन दुईहजार बढी सवारी चालक कारबाहीमा

काठमाडौँ– ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकामा एकै दिन दुई हजार ७६

कास्कीमा ‘मनसुन प्रतिकार्य योजना’ कार्यान्वयनमा

कास्की– जिल्ला प्रशासन कार्यालय कास्कीले मनसुनजन्य विपदबाट हुनसक्ने जनधनको क्षति

प्रधानमन्त्री शाहले आज उद्योगी व्यवसायीसँग संवाद गर्दै

काठमाडौँ– प्रधानमन्त्री वालेन्द्र शाहले देशको अर्थतन्त्रलाई चलायमान बनाउन र निजी