शुक्लागण्डकीमा माओवादीले पायो नयाँ नेतृत्व | Khabarhub Khabarhub

शुक्लागण्डकीमा माओवादीले पायो नयाँ नेतृत्व


२० माघ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तनहुँ– अधिवेशन सुरु भएको दुई महिनापछि मात्र नेकपा माओवादी शुक्लागण्डकी नगर कमिटीले पूर्णता पाएको छ । बिहीबार मतदानमार्फत नगर कमिटीले पूर्णता पाएको हो ।

नगर कमिटीको अध्यक्षमा मनराज गुरुङ निर्वाचित भएका छन् । गुरुङ निकटतम प्रतिस्पर्धी शरण सापकोटालाई १५ मतान्तरले पराजित गर्दै नगर कमिटी अध्यक्ष बन्न सफल भएका हुन् । गुरुङले ३९ र सापकोटाले २४ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ ।

गुरुङले यसअगाडि नगर कमिटी सचिव र कार्यवाहक अध्यक्षको जिम्मेवारी सम्हालेका थिए । सापकोटा वाइसिएल तनहुँका इन्चार्ज हुन् । गुरुङलाई गण्डकी प्रदेश कमिटी सदस्य मुक्ति सिग्देल समूह र सापकोटालाई गण्डकी प्रदेशसभा सदस्य तथा माओवादी केन्द्रीय सदस्य आशा कोइराला समूहको आशीर्वाद थियो ।

मतदानमार्फत अध्यक्षको टुंगो लगाउँदा गृहनगरमै केन्द्रीय सदस्य कोइराला समूह सिग्देल समूहभन्दा कमजोर देखिएको छ । पार्टीमा सिग्देल र कोइरालाको टसल रहेको चर्चा छ । नगर कमिटी अध्यक्षमा माओवादी केन्द्र जिल्ला समन्वय समिति सदस्य भद्रबहादुर खत्री (विष्णु) पनि उम्मेदवार थिए । तर, मतदान प्रक्रियामा नगइकन उनले उम्मेदवारी फिर्ता लिए ।

६५ सदस्यीय नगर कमिटी भए पनि विश्वजित गौतम (दिनेश) र जौमाया बराल सुनारले नगर कमिटीबाट राजीनामा दिएर प्रदेश कमिटी सदस्य भएपछि ६३ मतदाताले अध्यक्ष र उपाध्यक्ष चयनका लागि मतदान गरेका हुन् ।

उपाध्यक्षमा राजु राना, रामचन्द्र भण्डारी र चेतनारायण पौडेल विजयी भएका छन् । रानाले सर्वाधिक ५४ मत पाउँदा भण्डारी र पौडेलले समान ४७ मत प्राप्त गरे । बुद्धिबहादुर खत्रीले २६ मत पाए । प्रथम नगर अधिवेशनमा जौमाया बराल सुनारले पनि उपाध्यक्षमा उम्मेदवारी दिएकी थिइन् । प्रदेश सदस्य हुनलाई उनले उम्मेदवारी फिर्ता लिइन् ।

सहसचिवमा बिहीबार नै सुमन आले सर्वसम्मत भए । सहसचिवमा अनीश ढकाल, विनोद पौडेल र मिलन महतले उम्मेदवारी दिएर दाबी प्रस्तुत गरिरहेका थिए । अन्ततः आले सर्वसम्मत सहसचिव बन्न सफल भए ।

मंगलबार भएको बैठकले नगर कमिटीको सचिवमा जीवन पोखरेल र कोषाध्यक्षमा झ्यामकुमारी थापालाई चयन गरेको थियो । सचिवमा अनिल तिवारी र कोषाध्यक्षमा पहलसिंह विकको उम्मेदवारी परेको थियो । सर्वसम्मतका लागि दुवै ब्याक भए ।

११ मंसिरमा देशभर एकसाथ माओवादीको प्रथम गाउँ तथा नगर अधिवेशन सुरु भएको थियो । आकांक्षी धेरै भएपछि अधिवेशन सुरु भएको दिन ६५ सदस्यीय शुक्लागण्डकी नगर कमिटी मात्र चयन भयो । १८ मंसिरलाई निर्वाचनको मिति तोके पनि सर्वसम्मत नेतृत्व टुंगो लगाउने भन्दै हुन सकेन ।

पार्टीको आन्तरिक गुटगत किचलोको कारण लामो समयसम्म पदाधिकारीको टुंगो लाग्न सकेको थिएन । किस्ता किस्तामा पदाधिकारी चयन गर्दै शुक्लागण्डकी नगर कमिटीले पूर्णता पाएको छ । योसँगै तनहुँका १० वटै स्थानीय तहमा माओवादी केन्द्रको नयाँ नेतृत्व चयन भएको छ ।

प्रकाशित मिति : २० माघ २०७८, बिहीबार  १० : १५ बजे

डच भाषाशास्त्री जर्ज भान ड्रिमको ‘अ ग्रामर अफ लिम्बू’ विमोचन

तेह्रथुम– डच भाषाशास्त्री हल्यान्ड निवासी जर्ज भान ड्रिमद्वारा लिखित ‘अ

एकल महिलाका छोरीलाई नगद सहयोग

कैलाली– कैलालीको गोदावरी नगरपालिकास्थित दुई विद्यालयमा अध्ययनरत एकल महिलाका छोरीलाई

क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको आईपीओ निष्काशन 

काठमाडौं– क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले सर्वसाधारणका लागि आईपीओ निष्काशन

स्वामिकार्तिक कार्यालयमा चार दिनदेखि ताला : अध्यक्षमाथि भ्रष्टाचारको आरोप

धनगढी – बाजुराको स्वामिकार्तिक खापर गाउँपालिकामा चार दिनदेखि तालाबन्दी छ

भिट्ठामोड सुक्खा बन्दरगाह निर्माणमा सहयोग गर्ने प्रचण्डको प्रतिबद्धता

काठमाडौं– पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले