मौरिसस फुटबल टिमको सम्मानमा रात्रिभोज « Khabarhub

मौरिसस फुटबल टिमको सम्मानमा रात्रिभोज


२० माघ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– मैत्रीपूर्ण खेलका लागि  नेपाल आएकाे अफ्रिकी मुलुक मौरिससको राष्ट्रिय फुटबल टिमको सम्मानमा बुधबार रात्रीभोज आयोजना गरिएको थियो ।

नेपाल-मौरिसस बिजनेस काउन्सिलले माैरिससकाे राष्ट्रिय फुटबल टिमलाई रात्रिभोजका साथै सम्मान गरेको हो । कार्यक्रममा नेपालका लागि मौरिससका महावाणिज्यदूत गणेश कार्की समेत थिए ।

महावाणिज्यदूत कार्कीले नेपालमा मौरिसस फुटबल टिमलाई स्वागत तथा सम्मान गर्न पाउँदा निकै खुसी लागेकाे भन्दै यस कार्यले नेपाल-मौरिससबीच मैत्रीपूर्ण सम्बन्ध थप मजबुत हुने र दुई देशबीच खेल, पर्यटन र भाईचारा विकास हुने बताए ।

उनले विश्वनै कोभिड महामारीमा रहेको बेला देखाएको सद्भाव अविस्मरणीय रहने पनि बताए । आगामी दिनमा पनि कोभिडको स्वास्थ्य मापदण्ड अपनाएर दुई देशबीचको पर्यटनलगायत क्षेत्रकाे विकास गर्न सफल हुने विश्वास व्यक्त गरे ।

प्रकाशित मिति : २० माघ २०७८, बिहीबार  ७ : ३२ बजे

पर्वले आपसी प्रेम, सद्भाव र एकताको भावना मजबुत बनाउँछन् : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले काठमाडौंको टुँडिखेलमा मगर समुदायले आयोजना गरेको

नेत्रविक्रम चन्द र मिराज ढुंगानाले गरे आन्दोलनका लागि ४ बुँदे सहमति

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (माओवादी)का अध्यक्ष नेत्रविक्रम चन्द र जेन-जी

रुरुधाममा पाँच दिनसम्म माघे सङ्क्रान्ति मेला चल्ने

तानसेन– पाल्पा, गुल्मी र स्याङ्जाको सङ्गमस्थल रुरुधाम क्षेत्रमा माघे सङ्क्रान्ति

थारु समुदायको माघीमा हराउँदै मुसाको परिकार !

देशभर बसोबास गर्ने थारु समुदायले आफ्नो मौलिक तथा महत्त्वपूर्ण पर्व

अक्षय खन्ना ‘धुरन्धर २’ मा कमब्याक गर्ने तयारीमा

काठमाडौं– बलिउड सुपरस्टार रणवीर सिंह अभिनीत जासुसी थ्रिलर फिल्म ‘धुरन्धर’को