सचिवदेखि प्रमुख सचिवसम्मको अभावमा मधेस प्रदेश | Khabarhub Khabarhub

सचिवदेखि प्रमुख सचिवसम्मको अभावमा मधेस प्रदेश


२० माघ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– मधेस प्रदेशमा मन्त्रालयदेखि आयोग तथा विभिन्न संस्थाहरूमा कर्मचारीको मात्रै होइन सचिवको पनि व्यापक अभाव देखिएको छ । मधेस प्रदेश सरकारमा प्रमुख सचिवसहित १८ सचिवको दरबन्दी रहेकामा अहिले ७ सचिव मात्र कार्यरत छन् ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको प्रमुख सचिव हरिप्रसाद मैनाली सरुवा भएको करिब एक महिना हुन लागेको छ । तर, अहिलेसम्म नयाँ प्रमुख सचिव आउन सकेको छैन । मुख्यमन्त्री कार्यालयमा थप दुई सचिवको दरबन्दी झण्डै एक महिनादेखि रिक्त छ ।

प्रमुख सचिव मैनाली महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा गइसकेका छन् । तर, उनको स्थानमा नयाँ प्रमुख सचिव आउन सकेको छैन । प्रमुख सचिवको अभावमा मन्त्रिपरिषद् बैठक, आर्थिक कार्य, अनुगमन, कर्मचारी सरुवा, गम्भीर प्रकृतिका बिरामीलाई राहत वितरणलगायत काम प्रभावित हुने गरेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका निमित्त प्रमुख सचिव मेखबहादुर मगरातीले बताए । प्रमुख सचिव र अन्य दुई सचिवको अभावका साथै अधिकृतस्तरका कर्मचारीहरूको पनि व्यापक अभाव छ ।

त्यसैगरी, कानुन, न्याय तथा प्रदेश मामिला मन्त्रालय स्थापना भएको झण्डै एक वर्ष हुन लागेको छ । तर, स्थापना भएदेखि अहिलेसम्म मन्त्रालयले सचिव पाउन सकेको छैन । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका कानुन उपसचिव दिलिप प्रधानलाई निमित्त सचिवको जिम्मेवारी दिइए पनि उनलाई आर्थिक कारोवारको अख्तियारी दिइएको छैन । आर्थिक कारोबारको अख्तियार नपाउँदा मंसिर ५ मै कानुन, न्याय तथा प्रदेश मामिला मन्त्रीका रूपमा शपथ लिएका प्रमोद यादव अहिलेसम्म तलबसहितका कुनै सेवा सुविधा पाउन सकेका छैनन् ।

वाणिज्य, आपूर्ति तथा विज्ञान प्रविधि मन्त्रालय मुख्यमन्त्री आफैसँग राखेका छन् । तर, मन्त्रालयमा सचिव छैन । आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयका सचिव रामकुमार महतोले थप जिम्मेवारीमा उक्त मन्त्रालय सम्हालेका हुन् ।

सचिव सरुवाको श्रृङ्खला
प्रदेश सरकार स्थापना भएको ४ वर्ष भएको छ । यो चार वर्षमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा मात्रै ६ सचिवको सरुवा भइसकेको छ । मुख्यमन्त्री कार्यालय स्थापना भएदेखि अहिलेसम्म प्रमुख सचिवको रूपमा राजेश्वरमान सिंह, दीपक सुवेदी, रामकृष्ण सुवेदी, अर्जुन पोखरेल, गोकर्णमणि दवाडी र हरिप्रसाद मैनाली कार्यभार सम्हालेर सरुवा भइसकेका छन् । यिनीहरूमध्ये राजेश्वरमान सिंह र दीपक सुवेदी मात्रै एक वर्ष मुख्यमन्त्री कार्यालयमा बसे । बाँकी सचिव ६ देखि ७ महिनामै सरुवा भएका थिए ।

त्यसैगरी, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमा पनि अहिलेसम्म ६ सचिवको सरुवा भइसकेको छ भने ७ औँ सचिव डा.नम्रता सिंह अहिले कार्यरत रहेकी छन् । स्थापना भएदेखि अहिलेसम्म विजयचन्द्र झा, डा. वंंशी शर्मा, विजयचन्द्र झा, डा. गोविन्द्रप्रसाद शर्मा, डा. बिमलकुमार निर्मल, डा. सम्झनाकुमारी काफ्ले पाण्डेयको सरुवा भइसकेको छ । यीमध्ये सचिव पाण्डेय मात्र एक वर्ष बसेकी थिइन् ।

समाजिक विकास मन्त्रालय, भौतिक पूर्वाधार मन्त्रालय, आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयहरूको पनि यस्तै अवस्था छ । यी मन्त्रालयहरूमा पनि पछिल्लो ४ वर्षमा ६ वटा सचिवको सरुवा भइसकेको छ । यसरी मधेस प्रदेशमा एउटा सचिव औसतमा बढीमा ६ देखि ७ महिनासम्म मात्र मन्त्रालयमा बस्ने गरेको देखिएको छ ।

संघले प्रदेश सरकारलाई असफल बनाउन लाग्योः मन्त्री साह
मुख्यमन्त्री कार्यालय प्रमुख सचिवविहीन हुँदा प्रदेश सरकारका थुपै महत्वपूर्ण कार्यक्रम प्रभावित भएको सरकारका प्रवक्तासमेत रहेका अर्थ मन्त्री शैलेन्द्र साहले गुनासो गरेका छन् । उनले समयमै कर्मचारी व्यवस्थापन नगरी संघीय सरकारले प्रदेशलाई असफल बनाउन लागेको आरोपसमेत लगाएका छन् ।

प्रकाशित मिति : २० माघ २०७८, बिहीबार  ८ : १६ बजे

फूलपातीदेखि चितवन निकुञ्जभित्र जिप सफारी

चितवन– चितवन राष्ट्रिय निकुञ्जभित्र वर्षातका कारण रोकिएको जिप सफारी बिहीबार

इयूले युक्रेनलाई ३५ अर्ब युरो ऋण दिने

किएभ– युरोपेली सङ्घ (इयू) ले  युक्रेनलाई यस वर्षको अन्त्यसम्ममा ३५

श्रीमतीको हत्या अभियोगमा पक्राउ

उदयपुर– आफ्नै श्रीमती २८ वर्षीया प्रमिला लामाको हत्या गरेको अभियोगमा

बालेनको टिप्पणी- देश त मारवाडी सेवा समाजजस्ता संस्थाले पो चलाएका रहेछन् 

काठमाडौं– काठमाडौँ महानगरका मेयर बालेन शाहले देश मारवाडी सेवा समाज

रौतहटमा सुनचाँदी व्यवसायीमाथि साङ्घातिक हमला, घटनास्थलबाट पेस्तोल र खुकुरी बरामद

रौतहट – रौतहटस्थित अज्ञात हतियारधारी समूहले एकजना सुन चाँदी ब्यवसायीमाथि