एफए कप : चेल्सी र लिभरपुल क्वाटरफाइनलमा « Khabarhub

एफए कप : चेल्सी र लिभरपुल क्वाटरफाइनलमा


१९ फाल्गुन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – इंग्लिस महारथी क्लबद्वय चेल्सी र लिभरपुल एफए कपको क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

स्ट्राइकर रोमेलु लुकाकुको निर्णायक गोलमा चेल्सीले बुधबार लुटन टाउनमाथि ३-२ को जितसहित अन्तिम आठ पक्का गरेको हो ।

खेलअघि मात्र चेल्सीका मालिक रोमन अब्रामोबिचले क्लब बिक्री गर्न लागेको जनाएका थिए । अब्रामोचिले क्लबलाई राम्रो हुने भन्दै बिक्री गर्न लागेको जनाएका थिए ।

दोस्रो मिनेटमै रिस ब्रुकको गोलमा लुटनले अग्रता लिएको थियो । २७औं मिनेटमा साउल निग्वेजले चेल्सीलाई खेलमा फर्काए ।

पहिलो हाफ सकिन पाँच मिनेट बाँकी रहँदा ह्यारी कोर्निकले गरेको गोलमा लुटनले पुनः अग्रता लियो । ६८औं मिनेटमा टिमो वार्नेरले पुनः चेल्सीलाई खेलमा फर्काए ।

त्यसको १० मिनेटपछि लुकाकुले बललाई जाली चुमाउँदा चेल्सीले अन्तिम आठमा स्थान पक्का गरेको हो ।

यस जितपछि थोमस टचेलको टोलीले यस सिजन घरेलु प्रतियोगिता जित्ने सम्भावना जीवित राखेको छ ।

आइतबार लिभरपुलसँग पेनाल्टी सुटआउटमा ११-१० ले पराजित भएपछि चेल्सी इङ्लिस लिग कपको उपविजेतामा सीमित भएको थियो ।

क्रिस्टल प्यालेसविरुद्धको खेलमा खराब प्रदर्शन गरेको भन्दै लुकाकुले लिल र लिभरपुलविरुद्धको खेलमा भने टोलीमा अवसर पाएका थिएनन् । चेल्सीले शनिबार इङ्लिस प्रिमियर लिगमा बनर्लीको सामना गर्नेछ ।

त्यस्तै नर्विच सिटीमाथि २-१ को जितसहित लिभरपुल पनि एफए कपको क्वार्टरफाइनलमा स्थान बनाएको छ । २७औं मिनेटमा ताकुमी मिनामिनोले गरेको गोलमा लिभरपुलले अग्रता लिएको थियो । ३९औं मिनेटमा मिनामिनोले लिभरपुलको अग्रता दोब्बर पारेका थिए ।

७६औं मिनेटमा लुकास रुपको गोलमा नर्विचले खेलमा फर्कने संकेत गरे पनि त्यो पर्याप्त भएन । साउथहमटनले भने प्रतियोगिताको अन्तिम आठमा स्थान सुरक्षित गर्ने क्रममा वेस्ट हमलाई ३-१ ले हरायो ।

प्रकाशित मिति : १९ फाल्गुन २०७८, बिहीबार  ८ : ०० बजे

मौद्रिक नीतिले ब्याजदरभन्दा संरचनात्मक सुधारमा जोड दिनुपर्छ : बैंकिङ विज्ञ भट्टराई

काठमाडौं– बैंकिङ प्रणालीमा पर्याप्त तरलता, न्यून ब्याजदर र ऋण प्रवाह

वीर अस्पताल र ट्रमा सेन्टरमा सुलभ फार्मेसी सञ्चालन

काठमाडौं- स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताको निर्देशनपछि वीर अस्पताल

कीर्तिपुर होल्डिङ सेन्टरमा प्रहरीको कडा निगरानी : आक्रोश पोख्ने सुकुम्वासी अझै हिरासतमै

काठमाडौं- सुकुम्वासी समस्या समाधान नभए ‘खुकुरी लिएर सिंहदरबार छिर्छु’ भन्दै

सरकारको कामभन्दा प्रोपागाण्डा र स्टन्टबाजी बढी देखियो : कांग्रेस महामन्त्री घिमिरे

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गुरु घिमिरेले सरकारको सय दिने कार्यकाल

राष्ट्र बैंकले ३५ अर्ब रुपैयाँको ऋणपत्र जारी गर्दै बोलकबोल आह्वान

काठमाडौं- नेपाल राष्ट्र बैंकले मौद्रिक व्यवस्थापनका लागि ३५ अर्ब रुपैयाँ बराबरको