एफए कप : चेल्सी र लिभरपुल क्वाटरफाइनलमा « Khabarhub

एफए कप : चेल्सी र लिभरपुल क्वाटरफाइनलमा


१९ फाल्गुन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – इंग्लिस महारथी क्लबद्वय चेल्सी र लिभरपुल एफए कपको क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

स्ट्राइकर रोमेलु लुकाकुको निर्णायक गोलमा चेल्सीले बुधबार लुटन टाउनमाथि ३-२ को जितसहित अन्तिम आठ पक्का गरेको हो ।

खेलअघि मात्र चेल्सीका मालिक रोमन अब्रामोबिचले क्लब बिक्री गर्न लागेको जनाएका थिए । अब्रामोचिले क्लबलाई राम्रो हुने भन्दै बिक्री गर्न लागेको जनाएका थिए ।

दोस्रो मिनेटमै रिस ब्रुकको गोलमा लुटनले अग्रता लिएको थियो । २७औं मिनेटमा साउल निग्वेजले चेल्सीलाई खेलमा फर्काए ।

पहिलो हाफ सकिन पाँच मिनेट बाँकी रहँदा ह्यारी कोर्निकले गरेको गोलमा लुटनले पुनः अग्रता लियो । ६८औं मिनेटमा टिमो वार्नेरले पुनः चेल्सीलाई खेलमा फर्काए ।

त्यसको १० मिनेटपछि लुकाकुले बललाई जाली चुमाउँदा चेल्सीले अन्तिम आठमा स्थान पक्का गरेको हो ।

यस जितपछि थोमस टचेलको टोलीले यस सिजन घरेलु प्रतियोगिता जित्ने सम्भावना जीवित राखेको छ ।

आइतबार लिभरपुलसँग पेनाल्टी सुटआउटमा ११-१० ले पराजित भएपछि चेल्सी इङ्लिस लिग कपको उपविजेतामा सीमित भएको थियो ।

क्रिस्टल प्यालेसविरुद्धको खेलमा खराब प्रदर्शन गरेको भन्दै लुकाकुले लिल र लिभरपुलविरुद्धको खेलमा भने टोलीमा अवसर पाएका थिएनन् । चेल्सीले शनिबार इङ्लिस प्रिमियर लिगमा बनर्लीको सामना गर्नेछ ।

त्यस्तै नर्विच सिटीमाथि २-१ को जितसहित लिभरपुल पनि एफए कपको क्वार्टरफाइनलमा स्थान बनाएको छ । २७औं मिनेटमा ताकुमी मिनामिनोले गरेको गोलमा लिभरपुलले अग्रता लिएको थियो । ३९औं मिनेटमा मिनामिनोले लिभरपुलको अग्रता दोब्बर पारेका थिए ।

७६औं मिनेटमा लुकास रुपको गोलमा नर्विचले खेलमा फर्कने संकेत गरे पनि त्यो पर्याप्त भएन । साउथहमटनले भने प्रतियोगिताको अन्तिम आठमा स्थान सुरक्षित गर्ने क्रममा वेस्ट हमलाई ३-१ ले हरायो ।

प्रकाशित मिति : १९ फाल्गुन २०७८, बिहीबार  ८ : ०० बजे

फुङलिङमा भालुको आतंक, नियन्त्रणमा लिन खोर निर्माण

ताप्लेजुङ– ताप्लेजुङको फुङलिङ नगरपालिका–९ हाङ्देवामा जङ्गली भालुको आतङ्क बढेपछि नियन्त्रणका

काँकरभिट्टाबाट पाँच महिनामा करिब ८ अर्बको पेट्रोलियम पदार्थ आयात

झापा– चालु आर्थिक वर्ष (आव) २०८२–८३ को मङ्सिर मसान्तसम्ममा पूर्वीनाका

चिसोमा न्यानो पार्ने उपकरणको गलत प्रयोग : अकालमा जान्छ ज्यान

काठमाडौं– अहिले हामी पुस महिनाको सुरुवाती अवस्थामा छौं। देशभर दिनप्रतिदिन

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै, महाधिवेशनको कार्यतालिका हेरफेर हुन सक्ने

काठमाडौं– नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ ।

कोरला नाका जोड्ने घमी खोला पुल निर्माण अन्तिम चरणमा

मुस्ताङ– नेपाल–चीनको सीमानाका कोरलानाका जोड्ने माथिल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका–२