राष्ट्रसंघको महासभामा नेपालले युक्रेनको पक्षमा मतदान गर्‍यो, भारत र चीन तटस्थ « Khabarhub

राष्ट्रसंघको महासभामा नेपालले युक्रेनको पक्षमा मतदान गर्‍यो, भारत र चीन तटस्थ


१९ फाल्गुन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – संयुक्त राष्ट्रसंघको महासभामा नेपालले रुसविरुद्ध मतदान गरेको छ ।

रुस-युक्रेन युद्ध जारी रहेका बेला बुधबार राति महासभामा भएको मतदानमा प्रस्तावको पक्षमा नेपालसहित १४१ मुलुकले भोट दिए । विपक्षमा पाँच देशले मतदान गर्दा भारत, चीनसहित ३४ मुलुक तटस्थ बसेका छन् ।

युक्रेनमाथि रुसी हस्तक्षेप तत्काल बन्द गरेर युद्ध रोक्न तथा सेना फिर्ता गर्ने सम्बन्धी पक्ष र विपक्षमा मतदान भएको हो ।

राष्ट्रसंघमा कुल १ सय ९३ सदस्य राष्ट्र छन् । यसअघि राष्ट्रसंघीय मानवअधिकार परिषद्‍मा पनि नेपालले युक्रेनको पक्षमा मतदान गरेको थियो । परिषद्‍मा ४७ देश सदस्य छन् ।

यसअघि राष्ट्रसंघको सुरक्षा परिषद्‍मा पनि भारत र चीन तटस्थ बसेका थिए । तर, सुरक्षा परिषद्‍मा नेपाल छैन । सुरक्षा परिषद्‍मा १५ सदस्य राष्ट्र छन् ।

राष्ट्रसंघमा रहेका १ सय ९३ सदस्य मुलुकले यसअघि युक्रेनमाथि भएको आक्रमणबारे आफ्नो धारणा राखेका थिए । त्यसअघि महासभा आयोजनाको विपक्षमा रुसले मतदान गरे पनि बैठक आव्हान गर्ने निर्णयलाई रोक्न सकेन । शान्तिका निम्ति भन्ने धारणा सहित विशेष सभाको आयोजना गरिएको थियो ।

प्रकाशित मिति : १९ फाल्गुन २०७८, बिहीबार  ९ : ०३ बजे

एक महिनामा ८८ हजार विदेशी पर्यटक भित्रिए

काठमाडौं– सन् २०२६ को सेप्टेम्बर महिनामा ८८ हजार २४८ विदेशी

भैरहवामा दुई करोड ५१ लाख मूल्यका दुई किलोभन्दा बढी सुनका गरगहना बरामद

रूपन्देही– सिद्धार्थनगर नगरपालिका–१ शान्तिगेटस्थित जाँचकक्षबाट सशस्त्र प्रहरीले दुई करोड ५१

पोखराको फिर्के खोला किनारमा फेरि चल्यो डोजर, ५६ संरचना भत्काइँदै (तस्बिरहरू)

 पोखरा– फिर्के खोलामा बनेका संरचना भत्काउन पोखरा महानगरपालिकाले यसअघि थालेको अभियानलाई

‘पार्टीभित्र कुनै अन्तर्विरोध छैन, वर्तमान सरकार ५ वर्षसम्म चल्छ, असफल हुने छुट छैन’

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा. अमरेश कुमार

प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूतको भेट, नेपाल–अष्ट्रेलिया सहकार्यमा जोड

काठमाडौं –प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि अष्ट्रेलियाका राजदूत साइमन अन्स्र्टले भेट गरेका